सुनसरी क्षेत्र नं. १ मा बाम गठबन्धनको विजय सुनिश्चित छ

जयकुमार राई । वाम गठबन्धनकातर्फबाट सुनसरी क्षेत्र नं. १ का प्रतिनिधि सभाका उमेद्वार । वि.सं. २०२५ साल भाद्र १२ गते भोजपुर जिल्लाको वालंखा गाविस वडा नं. ३ हालको आम्चोक गाउँ पालिकामा जन्मनु भएका राई कानुनमा स्नातक हुनुहुन्छ ।
विं.सं. २०३५÷०३६ को विद्यार्थी आन्दोलनबाट राजनीतिमा पदार्पण गनुभएका राई वि.सं. २०३८ सालमा शिक्षा ज्योति निमावि भोजपुरको अनेरास्ववियु प्रारम्भिक कमिटीको सदस्य हुँदै सचिवको जिम्मेवारी सम्हाल्नु भएका राईले २०४० सालमा धरान १५ स्थित शिक्षा सदन माविको अनेराविविु प्रारम्भिक कमिटीको सदस्य, २०४३ सालमा हिमायति जन साँस्कृतिक मञ्चमा आवद्ध, २०४६ सालको जनआन्दोलनमा सरिक भएवापत १० दिन प्रहरी हिरासतमा समेत बस्नुभयो ।
वि.सं. २०४८ सालमा जन साँस्कृतिक महासंघ सुनसरीको सदस्य, सोही बषर््ा हिमायति जनसाँस्कृतिक मञ्च विभाजन भई गठन भएको उत्षर्ग जनसाँस्कृतिक मञ्चको सचिव, २०६४ सालमा सोही संस्थाको अध्यक्ष, २०५० सालमा अनेरास्ववियु धरान नगर कमिटीको अधयक्ष, २०५५ सालमा अनेरास्ववियु जिल्ला कमिटी सुनसरीको सह संयोजक, २०५२ सालमा अनेराश्ववियु जिल्ला कमिटीको उपाध्यक्ष, २०५४ सालमा नेकपा माले अनेरास्ववियु कोशी अञ्चल कमिटी संयोजक, रापस हुँदै केन्द्रीय सदस्य, नेकपा माले नगर कमिटी सदस्य, २०५९ सालमा एमाले धरान नगर कमिटी सदस्य, उपसचिव हुँदै नगर उपाध्यक्ष समेतको जिम्मेवरी सम्हाल्नु भयो । हाल नेकपा एमाले जिल्ला कमिटी सदस्य एवम् धरान नगर इन्चाजर्, नेपाल लोकान्त्रिक किराँत राई संघको केन्द्रीय उपाध्यक्ष समेत रहनु भएका राई दर्जनौ सामाजिक संघ संस्थामा समेत सक्रिय रहनु भएको छ ।
उहाँ किरात राई यायोख्खाको आजीवन सदस्य, यायोख्खाको नगर कमिटी सदस्य, सरस्वती बाल अनाथाश्रमको आजीवन सदस्य, किराँत राई वान्तवा भाषा तथा सँस्कृति उत्थान प्रतिष्ठानको आजीवन सदस्य, नेपाल रेडक्रस सोसाइटी सुनसरीको आजीवन सदस्य, घण्टाघर व्यवस्थापन समिति धरानको सदस्य, भोजपुर सुनसरी समाजको आजीवन सदस्य, नेपाल शान्ति तथा ऐक्यवद्धता परिषद्को सदस्य, युनाइटेड गोर्खा एकेडेमी धरान १५का संस्थापक सदस्य, शिव मन्दिर व्यवस्थापन समिति धरान १४ को सल्लाहकार समेत रहनु भएको छ। अत्यन्तै सालीन भद्र, सबै तह र तप्काका मानिसहरुँगको सामिप्यतामा बस्न रुचाउने सुनसरी क्षेत्र नं. १ का प्रतिनिधि सभा उमेद्वार राईससँग यसपटक धरान साप्ताहिकले निर्वाचन र आगामी दिनका कार्ययोजनामा केन्द्रित भएर वार्ता गरेको छ । प्रस्तुत छन् वार्ताका सारसंक्षेप ः

तमंसिर २१ गने हुने निर्वाचनमा सुनसरी क्षेत्र नं. १ बाट प्रतिनिधिसभाको वाम गठबन्धनका तर्फबाट निर्वाचन लड्दै हुनुहुन्छ । अहिले कस्तो महसुस गर्दै हुनुहुन्छ ?
–मंसिर २१ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा म वाम गठबन्धनको साझा उमेद्वार हुँ । म नेकपा एमालेको सूर्य ध्वाजावाहक उमेद्वारको रुपमा मैले घर दैलो, कोणसभामा सरिक भएर प्रत्येक स्थानमा पुगिरहेको छु । यहाँका मतदाता, हाम्रो कार्यकर्ताहरु उत्साहित भएको मैले पाएँ । नेपालमा वाम गठबन्धनबाट साझा उमेद्वार भएर तपाई आउनु भएको छ भनेर अग्रिम बधाई, धन्यवाद शुभकामना दिइरहनु भएको छ । हाम्रो अभियान अत्यन्तै तिब्र गतिमा अगाडि बढेको छ । हामी उत्साहित भएका छौै, हाम्रो विजय सुनिश्चित छ ।
तविजय सुनिश्चित छ भनेर अहिल्यै कसरी भन्न सकिएला त ? अहिले त मतदाताहरुको हातमा मत छ हैन र ?
–विजय यस अर्थमा सुनिश्चित छ कि नेकपा एमाले र नेकपा माओवादीले विगतमा नेपाली काँग्रेसले सविधान जारी गर्दखेरि जुन भूमिका खेले, विगतमा वामपन्थीहरुले सरकार सञ्चालन गर्दा जनताका बीचमा अत्यन्तै लोकप्रिय कार्यक्रमहरु ल्याएका थिए । एमालेले २०५१ सालमा स्व. मनमोहन अधिकारी नेतृत्वको सरकारले आफ्नो गाउँ आफै बनाउँ जस्ता लोकप्रिय कार्यक्रम ल्यायो । बृद्धभत्ता, विद्यवा भत्ता,एकल महिला भत्ता, अपांग भत्ता, दलितहरुको सामाजिक सुरक्षा भत्ता लगायत थुप्रै थुप्रै लोकप्रिय कार्यक्रमहरु एमालेले ल्याएको कसैले बिर्सिएको छैन । यसैगरी वामपन्थीहरु अर्थात माओवादीकै सरकारमा पनि बढी भन्दा बढी राजस्व संकलन, युवा स्वरोजगार कार्यक्रम जस्ता महत्वपूर्ण कार्यक्रम ल्यायो । लोडसेडिङ्ग अन्तको काम समेत वामपन्थी सरकारले गरेको हो । यो हामीले नयाँ संविधान निर्माण गर्दा भारतले असहमति जनाउँदै लामो नाकाबन्दी ग¥यो । त्यो नाकाबन्दीको विरुद्धमा सिगो उभिने पार्टी भनेको नेकपा एमाले नै हो । एमालेका त्यसबेलाका प्रधानमन्त्री केपी ओली नै हुन् । यो देशका वापन्थीहरु लगायत हामीले नाकाबन्दीको विरोध ग¥यौं । जुन बेला भारतले नाकाबन्दी लगाएको बेला थियो विपक्षी पार्टीहरु अर्थात नेपाली काँगेस, संघीय समाजवादी फोरमका नेताहरुले समर्थन गरे । नेपाली काँग्रेसका नेताहरुले यो देशमा भारतको नाकाबन्दी नै छैन भने । संघीय समाजवादी फोरमका नेताहरुले के सम्म भने भने नकाबन्दी कम भयो त्यसलाई बढाएर एक बर्ष पु¥याउनुपर्छ सम्म भने । देश र जनताको हित विरुद्ध अभिव्यक्ति नेपाली जनताले भुलेका छैनन् । त्यसबेला एमालेले नाकाबन्दीको खुलेर विरोध ग¥यो, जनताको पक्षमा वकालत ग¥यौं, अडान लियौ यस अर्थमा के हो भने सबै भन्दा बढी जनताको बीचमा काम गर्ने पार्टी भनेको वामपन्थीहरु नै हुन भन्ने सबैलाई परेको छ । अर्को
कुरा यो क्षेत्र वामपन्थीहरुको गड हो ।
धरान उपमहानगरपालिकामा विगतमा ५÷६ हजार बढी मतले हामीले विजय हासिल गरेका थियौं । त्यसबेला सिगो पार्टीमात्र लडेको थियो । अहिले मेरो निर्वाचन क्षेत्र साविक बकलौरी, भरौल, बराहक्षेत्र पनि नेकपा एमालेको पकड क्षेत्र हो । अहिले झन नेकपा माओवादीसँग हाम्रो गठबन्धन भएको हुनाले अब हाम्रो विजयलाई कुनै शक्तिले रोक्न सक्दैन । यसका अलावा हाम्रो सगठन यहाँ मजबुत र बलियो छ । त्यसैले यहाँ हाम्रो प्रतिनिधिसभा र प्रदेशसभामा विजय सुनिश्चित छ भन्न खोजेको मैले ।
तबाम गठबन्धनको तपाई एउटा सशक्त र लोकप्रिैय उमेद्वार पनि हुनुहुन्छ । तपाईले यहाँबाट विजयी हासिल गरेर गएपछि गर्नुपर्ने कामको योजना के के छन् त ?
–यस क्षेत्रका लागि हामीले केन्द्रीय घोषणा पत्रमा उल्लेख गरेका कुराहरु थुप्रै छन् । हामीले स्थानीय घोषणापत्रमा उल्लेख गरेका कुराहरु पनि थुप्रै छन् । तथापि तपाईलाई यी सबै भन्दा लामो हुन सक्छ ।
ततपाईका आफ्नो व्यक्तिगत ?
–आफ्नो व्यक्तिगत भन्दा पनि हामीले घोषणापत्रमा उल्लेख गरेका कुराहरु यो सुनसरी क्षेत्र नं. १ धरान उपमहानगरपालिका प्रदेश नं. १ को महत्वपूर्ण ठाउँ हो । यहाँ पर्यटनका लागि प्रचुर सम्भावना रहेको छ । यसका लागि हामीले पर्यटन पूर्वाधारलाई अगाडी बढाउँछौं , यो काम मैले मात्र हैन हाम्रो वाम गठबन्धनले अगाडि बढाउने छौं । त्यसैगरी हेटौडादेखि धरान सडकलाई चाँडो भन्दा चाँडो सम्पन्न गर्ने, यो सडकलाई यहाँसम्म मात्र हैन विस्तार गरेर धरानदेखि
केराबारी, लेटाङ, मधुमल हुँदै झापाको बाहुनडाँगीसम्म पु¥याउने कुरालाई हामीले प्राथमिकताका साथ अगाडि बढाउनुपर्छ भनेर घोषणापत्रमा उल्लेख गरेका छौं । धरान अर्थात सुनसरी क्षेत्र नं. १ सुकुम्बासीहरुको अत्यन्तै अव्यवस्थित बसोबास छ । समस्याग्रस्त क्षेत्र हो यो । सुकुम्बासीहरुको समस्यालाई सम्बोधन गर्नका लागि पनि हामीले अगाडि बढ्ने घोषणा पत्रमा उल्लेख गरेका छौं । हाम्रो केन्द्रीय घोषणापत्रमा के उल्लेख छ भने पाँच बर्षभित्रमा अव्यवस्थित सुकुम्बासीहरुलाई घरवारको व्यवस्थापन गर्ने भन्ने छ । तथापि यो धरान उपमहानगरपालिका वा यो क्षेत्रमा हामीले जितिसकेपछि कार्य पनि प्रारम्भ गरिसकेका छौं । धरान उपमहानगरपालिकाले सुकुम्बासीहरुको लागि घर नम्बरिङ्ग, लगत संकलन गरेर काम अगाडि बढाएको छ । अब विस्तारै प्रदेशको पनि कानुन बन्छ । यस सम्बन्धी नीति, नियमहरु बन्छन् । धरान उपमहानगरपालिकाले पनि आफ्नै कानुन बनाएर धनीपूर्जा वितरणको काम अगाडि बढाउँछ । त्यसैगरी बसपार्कको थाँति रहेको कामलाई पनि हामीले अगाडि बढाउने, प्राथमिकतामा राख्ने काम गरेका छौं । धरान उपमहानगरपालिकाले हाल यो कामलाई अगाडि बढाइसकेको छ । हामी निर्वाचित भइसकेपछि, म निर्वाचित भइसकेपछि यस काममा म समन्वयकारी भूमिका खेलेर चाँडो भन्दा चाँडो सुन्दर बस्ती आयोजनालाई सम्पन्न गर्न पहल कदमी लिने छु । त्यसैगरी धेरेै अगाडिदेखि नै धराने जनताको चाहना, सुनसरीक्षेत्र न. १ का जनताको चाहना धरानमा एउटा एयरपोर्ट हुनुपर्छ भन्ने रही आएको छ । यसका हाम्रो पार्टीले पहल कदमी लिएका छौं । यसमा अरु पार्टीले पनि साथ दिएका छन् । सबै राजनैतिक दलको यसमा सहमति नै थियो र अगाडि बढाएका थियौं । हाल त्यो काम पनि अगाडि बढ्न सकेको छैन ।
ततर अहिले यो काम त रोकिएको छ हैन ?
–रोकिएको छ अब त्यो कामलाई स्थानीय
सरकार हाम्रो बनिसकेको छ अब प्रदेशको पनि बन्छ, वाम गठबन्धनकै सरकार बन्छ । केन्द्रमा पनि वाम गठबन्धन वर्चस्व सहितको स्थायी सरकार बन्छ । त्यसलाई हामी निर्वाचित भइसकेपछि विमानस्थलको कामलाई अगाडि बढाउँछौं । यसका अलावा विजयपुर स्थित निर्माणाधीन वहुजातीय सग्राहालयलाई हाम्रै पार्टीका सचिव विगतमा ६ नं क्षेत्रका हाल प्रदेशसभा ख का ससक्त प्रत्यासी भीम आचार्य मन्त्री हुँदा ५०÷५० लाख बजेट विनियोजित गर्दैै आएको छ । तर त्यो कामलाई अगाडि बढाउन त्यति बजेट प्रर्याप्त भएन । त्यो संग्राहालयलाई पनि चाँडो भन्दा चाँडो सम्पन्न गर्न मेरो पहल कदमी रहनेछ । त्यसैगरी किमाथांका जोगबनी सडक जुन केपी ओली सरकारको पालामा बजेट विनियोजित भएको छ त्यो कामलाई पनि चाडो भन्दा चाडो सुचारु गर्ने, सम्पन्न गर्ने हामीले प्राथमिकतामा राखेका छौं । यो धरान खेलकुदको सहर पनि हो । यहाँ रंगशाला निर्माण गर्नुपर्नेछ, कभर्ड हल निर्माण गर्नुपर्नै छ, यहाँ थुपै दुव्र्यसनी युवाहरु छन् उनीहरुलाई त्यस्तो कुलतबाट मुक्त गराउन युवालक्षित कार्यक्रमहरु गर्नुपर्ने छ । युवा परिषद्लाई केन्द्र, क्षेत्र हुँदै स्थानीय
सरकारसम्म ल्याउन त्यो संरचनालाई भन्ने छ । त्यो लागू पदार्थका दुव्र्यसनीबाट मुक्त गराउन युवा लक्षित कार्यक्रम र वैदेशिक रोजगारमा
धेरै युवाहरु जाने हुनाले कमसेकम त्यसलाई न्यूनिकरण गर्ने र स्वदेशमै युवाहरुलाई रोजगार दिने लक्षित कार्यक्रम ल्याउँछौं । यसैगरी महिलाहरुको क्षेत्रमा महिलाहरुको सशक्तीकरणका लागि के के कार्यक्रमहरु गर्न सकिन्छ थुप्रै हामी गर्ने छौं र अहिले पनि गरिरहेका छौं । यो धरान एउटा पुरानो व्यापारिक सहर पनि हो । तथापि सडक विस्तारले गर्दा पहाडी जिल्लाहरुमा बजार विस्तार हुदै गयो । अहिले यो धरान यहाँ बसोबास गर्नेहरुले मात्र किनमेल गरेर खाने थलोको रुपमा विकिसित भएको छ । फेरि यो पुरानो साखलाई पुनताजगी गर्नका निम्ति हामी अगाडि बढ्छौं ।
तत्यसका लागि योजना तपाईहरुसँग के छ ?
–त्यसका लागि यहाँका व्यापारीहरुलाई शान्ति सुरक्षाको प्रत्याभूति गराउने, बढी भन्दा बढी धरान उपमहानरपालिकालाई साना ठूला खोलाहरुले जुन विच्छेद गरेको छ त्यसको पूर्वाधारमा लाग्नुपर्छ । साविकको भरौल, बकलौरी, बराहक्षेत्र, चकरघट्टी, याङ्गशिला लगायतका क्षेत्रहरुबाट यहाँसम्म किनमेल गर्न आउनका लागि सडकको स्तरोन्नति गर्नु जरुरी छ । खोलाहरुमा पुल बनाउनुपर्ने छ । यी कुराहरुलाई पनि हामीले प्राथमिकतामा राखेर ती क्षेत्रका मान्छेलाई व्यापार व्यवसाय गर्नका निम्ति, स्वास्थ्य शिक्षा अर्थात अध्ययन गर्न आउनेहरुका लागि अकार्षित गर्नुपर्छ । धरानमा अन्तर्राष्ट्रिय स्तरको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान छ । त्यहाँ उपचार गर्न आउनका लागि यो धरान उपमहानगरापलिका यो निर्वाचनक्षेत्रसँग जोडिएका विभिन्न सहर गाउँसँग लिंकेज गर्नका लागि सडक पुल बनाउनुपर्छ । विष्णुपादुका अत्यन्तै महत्वपूर्ण धार्मिक स्थल छ त्यहाँको सुर्दु खोलामा पुल बनाउनु पर्ने लगायतका थुप्रै कार्यक्रम हामीले अगाडि सारेका छौं । यी कामहरु नै हामीले प्राथमिकताका साथ राखेर अगाडि बढ्ने सोच बनाएका छौं ।
तयत्रो योजनाहरु अहिले तपाईले अगाडि सार्नुभयो । यहाँ विगतमा पनि एमाले वा वामपन्थीहरुले जित्दै आएका हुन. । तर कुनै पनि काम तपाईहरुले किन पूरा गर्न सक्नु भएन ?
–हो हिजो पनि वर्चस्व हामीले जमाएका हो । हामीले यहाँ थुप्रै काम गरेका छौं । पहिला
धरान उपमहानगरपालिकामा एमालेले दुई दुई पटक जितिसकेपछि हामीले धरानलाई नेपालकै सुन्दर नगरीको रुपमा सडक, ड्रेन, सहितको पूर्वाधार बनाएका हौं । त्यो भन्दा अगाडि धरानमा व्यवस्थित सडक ड्रेन थिएन । पूर्वकै चर्चित मात्र नभएर नेपालकै चर्चित सफा सरहरको रुपमा हाम्रै नेतृत्वमा धरान बनेको हो । उदाहरणको रुपमा एमलेकै नेतृत्वमा धरान सभागृह निर्माण भयो, कृषि बजार निर्माण भयो, चिनिया चौकको सपिङ्ग कम्प्लेक्स निर्माण भयो । घण्टाघर हाम्रै पहल र नेतृत्वमा निर्माण भएको हो । यद्यपि, त्यहाँ धेरै धरानेबासी, विदेशमा रहनु भएका
(हङ्गकङ्ग, यके) हरुको पनि सहयोग छ । एमालेले मात्र बनाएको त हैन तर अभियान त एमालेले चलाएको हो । तर सबै
धरानेहरुको, धरानलाई मायाँ गर्ने नेपालीहरुले सहयोग गरेर हामीले घण्टाघर निर्माण ग¥यौं । बसर्पाकको आयोजना हामीले नै शुरु गरेका छौं खानेपानीको आयोजना सम्पन्न गर्नुपर्छ । खानेपानीको कुरा त्यतिबेलै हामीले स्थानीय निकायमा जितेपछि अगाडि बढाएको हौ । अनि कसरी काम गरेन भन्न सक्नुहुन्छ ? विभिन्न सुकुम्बासीहरुको कुराहरुलाई पनि एमालेले नै अगाडि बढाएको हो । विगतमा एमालेले ६० हजार सुकुम्बासीलाइ धनीपूर्जा वितरण गरेको थियो । अन्य कामहरु पनि हामीले शुरु गरेको थुप्रै उदाहरण छ । जनताको पक्षमा काम गरेका छौं । अनि नेकपा एमालेले काम नगरेको छ र यो क्षेत्रमा ?
ततपाईहरु विपक्षी पार्टीहरुले एउटा आरोप लगाउने गरेका छन् । अहिले आएर यहाँका सुकुम्बसाीहरुलाई घर नम्बर दिएर भ्रममा पारेर भोट तान्ने योजना मात्र हो एमाले भन्छन् । यसमा तपाई के भन्नुहुन्छ ?
–यसलाई भ्रम कसरी भन्न सकिन्छ ? धरान उपमहानगरपालिका त स्थानीय सरकार हो नि । त्यो कुनै एमालेको खल्तिबाट निकालेर नक्कली चिटमा लेखेर दिएको कछ हैन । धरानमा स्थानीय सरकार भएको हुनाले नगरपालिकाले दियो । सुकुम्बासीहरुले आन्दोलनबाट माग गरेका थिए । घर नम्बरिङ्ग हामीलाई चाहियो । लगत संकलन पहिला हुनुप¥यो । त्यसपछि हामीलाई धनीपूर्जा चाहियो भनेको हुनाले अहिलेको घर नम्बरिङ्ग हाम्रो कामको शुरुवात हो । यस्तो कुरा जुन साथीहरुले भनिरहनु भएको छ उहाँहरुले फर्जी कुरा गरिरहनु भएको छ । उहाँहरु गलत प्रचारमा हुनुहुन्छ । त्यो गलत प्रचारम कुनै मानिस लाग्दैनन् । धराने जनता, धरानका सुकुुम्बासी, सुनसरीका सम्पूर्ण सुकुम्बासीहरु अत्यन्तै बुभ्रmुक हुनुहुन्छ, चेतनशील हुुनुहुन्छ । एमालेले के काम गर्छ भन्ने कुरा उहाँहरुले बुझ्नु भएको छ । त्यो विपक्षीहरुले नेकपा एमालेप्रतिको भ्रम, वाम गठबन्धनप्रतिको भ्रम हो । त्यो गलत छ भनेर सबैले बुझेका छन् ।
तएउटा मुद्दा राष्ट्रिय स्तरबाटै अहिले जोडतोडले उठ्ने गरेको छ । त्यो के भने यदि भालिका दिनमा वाम गठबन्धनले जित्यो भने अधिनायकवाद आउँछ । त्यसैले लोकतन्त्रको रक्षा गर्न लोकतान्त्रिक गठबन्धनले जित्नु आवश्यक छ भनिन्छ । यस सम्बन्धमा तपाई के भन्नुहुन्छ ?
–यो झुट र असान्दर्भिक कुरा हो । लोकतन्त्रको निम्ति, गणतन्त्रको निम्ति कम्युनिस्ट पार्टीहरु सदैव लडेका छन् । यो लोकतन्त्र अरु पार्टीहरुले मात्र ल्याएका हुन् ? वामपन्थीहरुको लोकतन्त्र प्राप्तिका लागि भूमिका छैन ? यो सविधान निर्माणमा सबैभन्दा अहम् भूमिका कस्को थियो ? यदि नेकपा एमालेले सविधान निर्माणमा अहम् भूमिका नखेलेको भए संविधान नै जारी हुँदैन थियो । लोकतान्त्रिक गणतन्त्र संस्थागत गनका लागि हुुनुपर्ने निर्वाचन नै हुदैन थियो । यो नयाँ संविधान जारी हुँदा संविधान मान्दैनौ भनेर चलाउने शक्तिहरुले त्यसो भनेका हुन् । त्यसबेला चोक चोकमा संविधान जलाएकोे हो कि होइन ? कुनैले त संविधान जारी भएको १५ दिनमै संसोधन गर्नुपर्छ भनेर संसदमा संसोधन हालेको होइन ? यो संविधान निर्माणमा अहम् भूमिका खेलेको नेकपा एमाले र वाम गठबन्धनलाई मत दियो भने लोकतन्त्र समप्त हुन्छ, अधिनायकवाद लागू हुन्छ भनेर चिच्याउनु निराधार गलत प्रचार मात्र हो । यो लोकतन्त्रवादीहरुमा आएको छटपटाहट मात्र हो । वाम गठबन्धनको आगामी दिनमा वर्चस्व कायम हुन्छ, सरकार निर्माण गर्छ, हामी पत्तासाफ हुन्छां भनेर आएको एउटा छटपटाहट मात्र हो ।
तत्यसरी भ्रम फैल्याउनेहरुलाई तपाई के भन्न चाहनुहुन्छ ?
–त्यसरी भ्रम फैल्याउने जुन जुन दलहरु छन् उहाँहरुलाई म के भन्छु भने त्यस्तो गलत प्रचारमा अब नलाग्नुस्् । म यसका लागि उहाँहरुलाई अनुरोध गर्दछु अब तपाईहरुको गलत प्रचारमा नेपाली मतदाता, नेपाली जनता लाग्दैनन् भन्ने कुरा बुझिदिन अनुरोध गर्दछु ।
ततपाई धरानबाट वा यस क्षेत्रबाट निर्वाचित भएर गएपछि तत्काल गर्नुपर्ने काम के देख्नु भएको छ यहाँ ?
–तत्कालै गर्नुपर्ने काम भनेको धरान उपमहानगरपालिकासँग समन्वय गरेर
धरानलाई सफा सुग्घर बनाउनु नै हुनेछ । धरानलाई हाल सफा सुग्घर, सुविधा सम्पन्न सहरको रुपमा जसरी प्रचार गरिरहेका छौं तर त्यस्तो अहिले छैन । फोहोर, मैला जताततै रेलिङ्ग भत्केको हामीले देखिरहेका छौं । त्यसलाई हामी तीनजना निर्वाचित भइसकेपछि धरान उपमहानगरपालिकासँग समन्वय गरेर यी कामहरुलाई सुन्दर, सफा, व्यवस्थित बनाउने काम गर्नुपर्छ । अन्य कुराहरु त विस्तारै गर्दै जानुपर्छ ।
तअहिले तपाईहरुले चुनावी मुद्दा अर्को पनि बनाउनु भएको छ । त्यो के भने सर्दु खोलामा पुल बनाउने । तपाईहरुको राष्ट्रिय घोषणापत्रमा त छैन हैन ?
–सेउतीमा त हामीले तीनवटा पुल बनाइसकेका छौं । अँधेरी खोलामा, महादेव चौकदेखि तल पानबारी जाने बाटोमा पुल बन्दैछ । अरु दुईवटा खोला पनि बन्दै छ । सर्दुमा पुल बनाउने भनेको मंगलबारेबाट विष्णुपादुका जाने पुल, सडकको स्तरोन्नति, सर्भे डिजाइन भइसकेको छ । बगुवा, पट्नाली खोलामा पनि धरानदेखि हेटौडासम्मको आयोजनाले त्यो बनाउँछ । त्यो काम चाडो भन्दा चाडो बन्नुपर्छ भनेर हामीले स्थानीय घोषणापत्रमा उल्लेख छ । केन्द्रको घोषणपत्रमा त छँदैछ । त्यसैगरी नडाहाबाट धरान जोड्ेने भलुवा
चौरी हुँदै कुम्यिाल ल्याउने । धरानबाट इनरुवा चाँडो भन्दा चाडो जान बकलौरीसँग जोड्ने बाटो बनाउने हामो योजना छ ।
तप्रदेशको राजधानीका सम्बन्धमा यहाँको धारणा के छ ?
–प्रदेशको राजधानीका सम्बन्धमा हामीले स्थानीय घोषणापत्रमा उल्लेख गरिसकेका छौं । १ नं. प्रदेशको राजधानी बनाउने कुरामा सबैभन्दा उपयुक्त ठाउँ नै धरान हो । हावापानीको दृष्टिकोणले होस् या शिक्षा र स्वास्थ्यको दृष्टिले होस् । किमाथांकाका शेर्पा समुदाय पनि धरानमा आएर आफनो कार्य सम्पादन गर्न सक्छन्, विराटनगरको बोर्डरमा बस्ने पनि यहाँ आएर कार्य सम्पादन गर्न सहज मान्छन् । अर्कोै कुरा धरानमा धार्मिक सहिष्णुता पनि छ । मुस्लिम धर्म मान्नेहरु यहाँ आउँदा मस्जिद पनि छ । सेर्पा समुदायका लागि गुम्बा छन् । क्रिश्चियनका लागि चर्चहरु छन् । हिन्दुहरुका लागि त पवित्र धार्मीक स्थजहरु दन्तकाली, पिण्डेश्वर, पञ्चकन्या, विष्णुपादुका, बुढासुब्बा छन् । दर्शन पनि गर्छन् आफनो कार्य सम्पादन पनि गर्छन् । सडक सञ्जालले पनि यो केन्द्र भागमा रहेको छ । अहिले धरान आउन पहाडी लोकमार्गबाट पाँचथर, ताप्लेजुङ्गबाट आउन पनि सहज भएको छ । त्यसैले धरान प्रदेश राजधानीका लागि उपयुक्त छ । यसलाई राजधानी बनाउन हाम्रो पहल रहने छ । घोषणापत्रमा पनि उल्लेख गरेका छौं ।
तनिर्वाचन नजिकै आइसक्यो । अन्तमा आफन मतदाताहरुलाई केही भन्न चाहनुहुन्छ कि ?
–निर्वाचन आइसकेको छ । ढोकैमा आइसकेको छ । तपाईहरु यो निर्वाचनमा शान्तिपूर्ण ढंगले ढुक्क भएर निर्वाचनमा सहभागी हुनुहोस्.् । कुनै कसैको डर, धाक, छलकपटमा नपर्न पनि म अनुरोध गर्दछु । स्थानीय निर्वाचनमा नेकपा एमालेले जितेको छ अब साझा बाम गठबन्धनले यो प्रदेश नं. १ को सुनसरी जितेमा आगामी दिनमा काम गर्न सहज हुन्छ । हुन त हामी आगामी निर्वाचनमा सातवटै प्रदेशमा प्रचण्ड वहुमतका साथ जित्छौं । तसथ अहिले उल्ललेख गरेका कुराहरुलाई कार्यान्वयन गर्नका लागि यो क्षेत्रमा विकास गर्नका लागि साझा वाम गठबन्धनका उमेद्वारहरुलाई सुनसरी क्षेत्र नं. १ का आम मतदताले अत्याधिक वहुमत दिएर जिताइदिनु हुन हार्दिक अनुरोध गर्दछु । हामीलाई पाँच बर्षमा यो सुनसरी क्षेत्र न. १ लाई शिक्षा, स्वास्थ्य, पयटन, व्यापारिक पूर्वाधारयुक्त सहर बनाउन सहयोग पु¥याइदिनु हुन हार्दिक अनुरोध गर्दछु ।

तपाईको प्रतिक्रिया