घण्टाघरबाट हेर्दा

वामदेवको गर्जन
झालेमालेका नेता वामदेउ गौतमले भन्या पर्धानमन्तरी बन्न आफू जतिको बलियो उमेद्वार बाम गठबन्धनभित्रै छैन रे । आमाले
छोरालाई खुट्टी हेर्दै थाहा पाए भनेझै वामदेउलाई बलियो छस् भनेर कुनचाहिँ स्वाँठले उचल्या हो कुन्नि † अब हेरौ न झालेमाले र माउवादीबीचमा निर्वाचनको घोषना भएसी’लगन गाँठो कस्सियो । लगनगाँठो कस्सिएसी अध्येक्षे खप्रओका भुईमा टाङ्ग नै छैनन् । जहाँ गएर भाषन ठोक्दा नि एउटा खुट्टो उचालेर भन्दिहाल्छन् आगामी पर्धानमन्तनरी म नै हुन्छु । अब खप्रओ वाले घोषना गरिसकेसी बामदेउवले छिर्किनी लगाउन खोज्नु छ भएन नि । खपओ वाको दिमाग चल्यो भने वामदेउवा कहाँको जुठे कहाँकी जुठेकी आमा होला नि † बरु समयमै थुतुनो बन्द गरेकै जाति । हुन त वामदेउ वालाई घण्टाघरको एएटा सुझाउ मात्र हो । माने तिम्रै भलाई नमाने घण्टाघरलाई लुतो न कन्याई ।
नेपाल चिनाएका रे
बाँची र बचिरहे यी टोड्काले के के देख्नुपर्छ दूलो प¥या कानले के के सुन्नु पर्छ भन्थे बुढापाकाहरु हो कि क्या हो ? अब हेरौ न माउवादी केन्द्रका अध्यक्षे प्रचण्डाउले अस्तिका दिन चितौनमा भन्या मलाई निर्वाचनमा कसैले हराउन सक्दैन । उन्ले भन्या मैले नेपाललाई विश्वभरि नै चिनाएको छु । क्या काइदाको गफ हान्देछन् । हुन त गफै हान्न त प्रचण्डाउलई कुनै माइकालालले भेट्दैनन् । हुन त उन्ले नेपाललाई विश्वसामू चिनाएकै हुन् । पशुपतिको देश, गौतम बुद्धको जन्मथलो, पृथ्वीनाराण साहको सिंगो देश बनाउने योगदान, गोर्खा सैनिकहरुले सन्सार हल्लाएको घट्नाभन्दा प्रचण्डाउले महान जनयुद्धमा ठूलो काम गरेर देखाइदिए । विश्वसामू मैले नेपाल चिनाएको हुँ भनेर प्रचण्डाउले त्यसै गफ हान्देका हुन् र ? उन्ले ग¥या छन् अनि न गफ हान्दे ।
विकासको जिम्मा मेरो
नेप्लीज काँग्रेसका वाल्वाटारे काजी पनि कहिले काही त फुई लगाउँछन् । आखिरी काजी न परे । फुई लगाउनु उन्को खान्दानी सौख हो । अब हेरौ न अस्तिका दिन खै कताको हो कुन्नि आम सभामा पुगेछन् । अहिल वाक्लै भीडभाड पनि देखेछन् । यसपटकको निर्वाचनमा उन्ले त्यतिको भीडभाड देख्या नै थेनन् रे । जेहोस उनको भाषन सुनेर रमाइलो गर्नु फुर्सदिला मतदाताहरु ओइरिएकै हुन् । भीड देखेसी काजी हौसी गएछन् । विचरा किन नहौसिनु ? त्यतिका मान्छे उन्ले यसपाला देख्या नै थिएनन् । काजीले प्वाक्क भन्दिहालेछन् मलाई जिताएर पर्धानमन्तरी बनाउनुस् विकासको ठेक्का म लिन्छु । विचरा मतदताहरु वाल्ल
परेछन् । अहिलेसम्म जिताएरै पर्धानमन्तरी बनाएका थिए ।
कडा सुरक्षे व्यवस्था
हैन हौ ढाँट्न पनि कतिसम्म सकेको होला त्यो घरेलु मन्त्रालयले ? मुलुकाँ सुरक्षे व्यवस्था कडा पारिएको छ भनेर घरेलु मन्त्रालयका भातमारा फुक्याफुक्यै छन् । तर मुलुकैभरि ड्याम ड्याम्म बम पड्एिको पड्किएकै छ । चुनाउमा खडा भएका उमेद्वार आधा मासु भएर घरदैलो कोणसभा, सभामा दाया बाया पल्याकपुलुक हेर्दै हिड्छन् । घरेलुका भातमाराहरु विप्लव माउवादीले विस्फोट गराएको भन्दै उस्का काजेकर्ता प्रक्राउ गरिरहेको छ । तर पनि वम विस्फोटमा कमी आउनु भएको सट्टा झन झन
बढिरहेको छ । यतिबेला घरेलुका भातमाराहरुले आफू पन्छिन र चोखिन राम्रै जुक्ति लगाका रै’छन् । अहिले भएको वम विस्फोट विप्लवले भाडाका मान्छे लगाएर ड्याम ड्याम पड्काएको रे । मान्नुपर्छ भातमाराका खुराफाती दिमागलाई ।
टिएपी माने टाप
माउवादीका अध्येक्षे प्रचण्डाउ अस्तिका दिन थर्थर काप्दै रातो अनुहार बनाएर मृग उफ्रिएझैँ उफ्रिएर टिएपी टाप कसेछन् । प्रचण्डाउ किन त्यसरी टिएपी भए भनेर बुझ्न कसैलाई गाह«ो भएन । भएकोचाहिँ के रै’छ भने आÏनो दलको उमेद्वारलाई भोट माग्न
नवलपरासी पुगेका पचण्डाउ भाषन थाल्ने वित्तिकै मञ्चबाट बुर्कुसी मारेर उफ्रेर चल्दिएछन । उन्ले भाषन थाल्या मात्र के थिए नजिकै ड्याम्म बम पड्एिछ । नेपालाँँ बम बनाउने, बम बनाउन सिकाउने पहिलो महापुरुष प्रचण्डाउ आफै बम पड्किएसी धाइफल ठोकेपछि भाषन सुन्न आएकाहरुले भनेछन् ज्यानको माया सबैलाई हुँदो रै’छ ।
लामा चैट
जम्बो मन्त्री मण्डलबाट स्वाट्टै एकजना घटेछन् । माने मन्त्री मण्डलको संख्या ६४ थ्यो कयारे अहिले एकजना घटेर ६३ जनामा झरेको छ । राप्रपा प्रजातान्त्रिकबाट उद्योग राज्येमन्त्री पड्काएर नि विपक्षीसँग साँठगाँठ गरेसी उन्लाई जम्बो मन्त्री मण्लका मुखिया वाल्वाटारे काजीले चैट बनाइद्या रा’न् । अहिलेको मन्त्री मण्डलको आयु अब लगभग साता दिनको होला । जतिसुकै फट्याई ग¥या भा भे’नि उद्योग राज्यमेन्त्री लामालाइ राख्द्या भे भैहाल्थ्यो नि । अन्तेमा आएर त्यसरी विल्लीवाठ त बनाउनु हुन्थेन नि । नामै रेशम लामा ।
वेहोरा नि रेशम फिलिली जस्तै नै
रै’छ । यतिबेला वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको देशैभरि कुस्ती प्रतियोगिता चल्या छ लोकतान्त्रिक गठबन्धनबाट मन्त्री पड्काइएका लामा खप्रओसँगै चुनावी दौडमा बुर्कुसी मार्न थालेसी’ उहिताकी बुहारी भट्मास खाएकी जस्तो देउवाको कन्सिरी नरन्किने कुरै भेन । त्यसैले लामालाई देछन् किक ।
पाण्डेले पछार्ने
प्रचण्डाउलाई चितौनका विक्रम पाण्डेले यसपटक उत्तानोचित बनाउने भएका् छन् । पाण्डेले भन्या म प्रचण्डाउलाई पछारेरै छाड्छु । पाण्डेले पछार्लान जस्तो भएसी प्रचण्डाउ यतिबेला तिल्मिलाउन थाल्या छन् । कहिले उनी के भन्छन्, कहिले के भन्छन् । आफैले गाउँलेलाई सिध्याएको माडीलाई मणि बनाउँछु भनेर कुर्लन्छन् , कहिले के भन्छन्, कहिले उनी रोल्पा त कहिले काठमाण्डौ त कहिले सिराहाबाट चुनाउ लडे । अहिले उनी चितौनबाट उठ्या छन् ।
छोरीलाई जिताउन उन्ले आफ्ना कार्जेकर्तालाइ मत च्यात्न तालिम देका थिए । यसपटक चपाउन तालिम द्या होलान् । हुन त विक्रम पाण्डे पनि काम्ताका छैनन् । प्रचण्डाउलाई अत्याधिक वहुमतले हराउँछु भनेर कुर्लि रा’छन् । हेरौ पाण्डे र प्रचण्डाउ मध्ये को चाहिँ लाप्पा खेल्दा कस्ले कस्लाई पछार्छन ।
अन्तेमा
हैन हौ लालबाबु पण्डितलाई सबैले सोझो सोझो इमान्दार, कसैसँग माल साल नखाने भनेर खुबै चर्चा गर्थे । सबैको कुरा सुनेसी
घण्टाघरलाई नि हो कि क्या हो जस्तो लाग्या थ्यो । तर फुइøयाँ हुन्थ्यो । भेट्टाएसम्म पण्डित बाजे पनि डकार्दा रै’छन् । च्याउँसी, माया लाग्दो भएर साइकलमा दौडिएर पुहाँतु शैलीमा मत माग्दै हिड्या पण्डित बाजेको भित्री कुरा थाहा पाएसी मोरङ्ग ६ नं. क्षेत्रका मतदाता यतिबेला जिब्रो टोक्न थाल्या छन् । उन्ले आफू मन्त्री छँदा सिन्धुपाल्चोक तिरका एकजना
तस्करबाट ७५ लाख रुपैयाँ दह«ैसँग बजाएका छन् । खै यो जमानामा कस्को भर पर्नुपर्ने ?

तपाईको प्रतिक्रिया