सुनसरी क्षेत्र नं. ३ मा प्रतिनिधिसभा र प्रदेशसभामा नेपाली काँगेसलाई अत्याधिक वहुमतले जिताउन विकास निर्माण, लोकतन्त्र स्थापना र जनताको अधिकार प्रप्तिका लागि आजीवन संघर्ष गरे–मन्त्री गच्छदार मतदाता आतुर

दुहवी (पूर्व कुशाहा)÷सुनसरी क्षेत्र नं. ३ प्रतिनिधिसभाका सशक्त प्रत्यासी, नेपाली काँग्रेसका प्रभावशाली नेता उपप्रधानमन्त्री, संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले विकास निर्माण, लोकतन्त्र स्थापना र जनताको अधिकार प्राप्तिका लागि आजीवन संघर्ष गरेको बताउनु भएको छ ।
आसन्न प्रतिनिधिसभाको निर्वाचनको चुनावी दौडाहामा सिमरिया, पूर्व कुशाहा, सोनापुर लगायतका स्थानमा भएका चुनावी सभालाई सम्बोधन गर्दै मन्त्री गच्छदारले उक्त कुरा बताउनु भएको हो । उहाँले भन्नुभयो विकास निर्माण, लोकतन्त्र स्थापना र जनताको अधिकार प्राप्तिका लागि सात बर्ष जेल र सात बर्ष प्रवासमा बसें ।
गणतन्त्र स्थापना पश्चात नेपालको संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका मन्त्री गच्छदारले भावुक हुँदै भन्नुभयो, २०२७ सालमा मसँगै जेल बस्नु भएका राम लक्ष्मण, गोकर्ण दाहाल, ठगिराज दाहाल ओखलढुंगाको टिम्बुरबोटे काण्डमा २०३१ सालमा सहीद हुनुभयो । म बाँचेको छु सायद मैले नेपालको समृद्धि, विकास र लोकतन्त्र रक्षाका लागि अझ धेरै काम गर्नुपरेको
छ । उहाँले भन्नुभयो २०४८ सालको पहिलो आम निर्वाचनमा मैले इटहरी, हाँसपोसादेखि घरदैलो गरेँ । त्यसबेला बाटोघाटो, पुल पुलेसा थिएनन् । स्कुलहरु खरका छाना थिए । युवा जोश र जाँगर थियो । त्यसपछि निरन्तर तपाईहरुले जिताएर पठाउनु भयो । विकास निर्माणमा म केन्द्रित भएँ । आज यहाँका स्कुलहरु पक्का बनेका छन् । हरेक खोल्सा खोल्सी र खोलामा पुल बनेका छन्, विजुली पुगेको
छ । उहाँले भन्नुभयो मैले सदैव विकास निर्माणलाइ नै प्राथमिकता दिएँ ।
मन्त्री गच्छदारले भन्नुभयो आज प्रतिपक्षीहरु विजय गच्छदारले के ग¥यो भनेर मतदाताहरुलाई भड्काउदै हिड्छन् । हिजो साइकल काँधमा राखेर हिड्नुपर्ने ठाउँमा एमाले लगायतका नेताहरु आज सर्रर्र मोटरमा कुद्दैछन् । के यहाँका बाटो घाटो पुलपुलेसा उनीहरुले बनाएका हुन्, उहाँको प्रश्न थियो । उहाँले भन्नुभयो एमालेकी उमेद्वार भगवती चौधरीलाई १५ बर्ष अगाडि समाज कल्याण मन्त्रालयमा र्मैले नै जागिर लगाइदिएको थिएँ । मन्त्रालयमा काम गर्दा एनजिओ आइएनजिओमा उनको सम्पर्क बढ्यो । तिनीहरुबाटै रकम असुल्ने, विभिन्न बैंकहरुबाट एक दुई प्रतिशत व्याजमा ऋण लिएर यहाँका गरिब परिवारलाई २५ प्रतिशत सम्ममा ऋण प्रवाह गर्छिन् । नत्र उनी १५ बर्षमै खरबौको मालिक कसरी भइन् । आज उनको चर्कोै व्याजका कारण यहाँका गरिबहरुको अवस्था झन झन दयनीय बन्दै गएको छ । हामी सबैलाई समान बनाउँछौं भन्ने कम्युनिष्टहरुले बुझ्नुपर्छ आÏनै हातका पाँचवटा औँला पनि बराबर हुँदैनन् । आज एमालेकी प्रत्यासी भगवती चौधरीले
गरिबहरुलाइ शोषण गरेर दुहवी,
विराटनगरमा करोडौको १० औं तले भवन बनाउँदै छिन् । उनले साँच्चै गरिबको उत्थान गर्ने हो भने ती भवनका एक एक कोठा गरिबका नाममा गरिदिनु प¥यो नि ।
उहाँले भन्नुभयो, प्रजातन्त्र र लोकतन्त्रको बारेमा अब धेरै ब्याख्या गर्नु उपयुक्त हुदैन । लोकतन्त्रमा जनताको राज हुन्छ । जनता अधिकार सम्पन्न भइसकेका छन् । हिजोको जस्तो राजाको छोरो राजा हुने अवस्था अब छैन । लोकतन्त्रमा जनताको
राज हुन्छ । कुन पार्टीलाई जिताउने भन्ने कुरा जनताको हो । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा लोकतन्त्र संरक्षण, विकास र समृद्धिका लागि ठीक व्यक्ति, ठीक पार्टीलाई विवेकसम्मत ढंगे मतदान गर्नुहोला । यसका लागि नेपाली काँगेसको रुख चुनाव चिन्ह नभुल्न पनि उहाँले आग्रह गर्नुभयो । उहाँले आफ्ना लागि मात्र नभएर क्षेत्र नं. ३ को प्रदेशसभा (ख) का नेपाली काँगेसका प्रत्यासी अगमलाल चौधरी र प्रदेशसभा (क) का प्रत्यासी कुमारजंग थापालाई समेत मत दिएर विजयी गराउन मतदाताहरु समक्ष आग्रह गुर्नभएको थियो ।
पूर्वी कुसाहा हाल दुहवी नगरपालिका वडा नं. १२ मा आयोजित चुनावी सभा कार्यक्रममा स्थानीय निकायको निर्वाचनमा माओवादी केन्द्रबाट वडा अध्यक्षका प्रत्यासी दिपेन्द्र पासवानको नेतृत्वमा सैयौ कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । माओवादीका वीरेन्द पासवान,
सीताराम पासवान, ओम पासवान,
सुरेश पासवान, दिपक पासवान, सुवर्ण पासवान, अरुण पासवान, नागेश्वर पासवान, रोहित पासवान, सहदेव पासवान, दिलिप पासवान, कुलेश्वर पासवान, कोकाइ पासवान, दिलिप पासवान, अदिस मिया, कुशेश्वर पासवान, बलिराम पासवान, शंकर दाश, नारायण पासवान, सुशिल पासवान, विन्देश्वर पासवान, वेचन पासवान, बासुदेव उराउ, चन्द्र देव उराउ, राजपाका गाउँ इकाई संयोजक महेन्द्र मण्डल, राप्रपाका
रामप्रसाद पासपान, संघीय समाजवादी फोरमका आशिष मण्डल लगायत सैयौ नेपाली काँग्रेसमा प्रवेश गिगरेका थिए । यसैगरी सिमरिया, सोनापुरमा समेत माओवादी र एमाले परित्याग गरी सैयौ कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका थिए । नव प्रवेशी सबैलाई मन्त्री गच्छदारले टिका र माला लगाई स्वागत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया