धरान÷ मुन्धुमविद् भरत तुङ्घङ् र उनकी श्रीमति टीकादेवी सुहाङ्को सोमबार विहान सडक दुर्घट्नामा परी मृत्यु भएको छ ।
पारिवारिक कामले धरानबाट इटहरीतर्फ मोटरसाइकलमा गइरहेको बेला पछाडिबाट आएका को १ ज २७१४ नम्बरको बोलेरोले तीनकुने नजिकैको शनि मन्दिर दक्षिण ओभरटेक गर्दा तुङ्घङ दम्पतिको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रत्यक्षदर्शीहरुका अनुसार धरानबाट तुङ्घङ दम्पती चढेको को ४ प ६३१६ नम्बरको मोटरसाइकल र बोलेरो पिकअप अघिपछि भएर इटहरी तर्फ गइरहेको बेला विपरित दिशाबाट यात्रुवाहक बस आउदा बोलेरोले मोटरसाइकललाई ओभरटेक गर्दा एक्कासी दुर्घट्ना भएको थियो ।
जिल्ला टूाफिक प्रहरी कार्यालयका ट्राफिक हवल्दार राजन श्रेष्ठले ओभरटेक गर्ने बोलेरो चालक धनकुटा नगरपालिका– १ बस्ने २७ बर्षीय हीरालाल मगरलाई प्रहरीले नियन्त्रणमा लिएको बताए । मृतक तुङ्घङ दम्पतीको मोटरसाइकललाई ओभर टेक गरी सवारी दुर्घट्ना गराउने बोलेरो बराह ज्वेलरी इण्डष्ट्रिज प्रा. लि. को रहेको प्रहरीले जनाएको छ ।
धरानस्थित नेपाल खानेपानी संस्थानमा नायव सुव्वाको रुपमा कार्यरत ५५ बर्षीय तुङ्घङ किरात लिम्बुको इतिहास, पुरातत्व र मुन्धुमसम्बन्धी जानकार थिए ।

