नेपाल विजयी, चीन ५० रनले पराजित

थाइल्यान्डमा जारी आइसीसी महिला ट्वान्टी ट्वान्टी विश्वकप एशिया क्षेत्रको छनोटको अन्तिम खेलमा नेपालले चीनलाई ५० रनले पराजित गरेको छ । जितपछि पनि नेपाल विश्वकप छनोटबाट बाहिरिएको छ ।
चीनले १८.२ ओभरमा ५२ रन बनाउँदै अल आउट भयो। चीनका लिउ जियाउनन ३, फेङफेङ सङ १ तथा झाङ चान सुन्य रनमा आउट भएका थिए । नेपालकी सबनम राईले र रुविना क्षेत्रीले ३÷३ विकेट लिन सफल भए । त्यस्तै, सीता राना मगरले दुई तथा करुणा भण्डारीले एक विकेट लिएकी छिन् ।
ट्रेडथाइ क्रिकेट ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय दुई रन बनायो । समूहको अन्तिम खेलमा राम्रो सुरूवात गर्न नसकेको नेपालले १४ रन हुँदा पहिलो विकेट गुमाएको थियो ।
त्यसपछि २० रनमा दोस्रो विकेट गुमाएको नेपालले ५१ रन हुँदा चार विकेट खेर फालिसकेको थियो । एकपछि अर्को विकेट गुमाउँदै गएको नेपालले ८३
रनमा आठौं विकेट गुमायो । नेपालका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक १८ रन बनाउँदा काजल श्रेष्ठले १६
रन बनाइन् । नेरी थापाले ११ रन बनाउँदा बाँकी खेलाडीले दोहोरो
रन जोड्न सकेनन् ।

तपाईको प्रतिक्रिया