प्रशासनद्वारा निर्वाचन क्षेत्रको अनुगमन

धरान÷ आसन्न निर्वाचनको
सुरक्षालाई मध्यनजर गर्दै सुनसरीका सुरक्षा निकायहरुले संयुक्त अनुगमन थालेका छन् ।
मंसिर २१ गतेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा आइपर्न सक्ने सम्भावित सुरक्षा चुनौतिलाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी सहितको टोलीले संयुक्त अनुगमन थालेको हो ।
सुनसरीमा विप्लव माओवादी समूहलाई सम्भावित चुनावी थ्रेटका रुपमा हेरिएको छ ।
खासगरी जिल्लाको उत्तरी पहाडी भेग सहितका क्षेत्रमा विप्लव कार्यकर्ताहरुको उपस्थिती र गतिविधीलाई प्रहरी प्रशासनले प्रमुख चुनौतिका रुपमा लिएर सुरक्षा बन्दोवस्ती मिलाएको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले बताउनु भयो ।
सुनसरीको धरान सहित बराहक्षेत्र, भरौल, बकलौरी, हाँसपोसा, महेन्द्रनगर सहित आसपासका क्षेत्रलाई विप्लव कार्यकर्ताको प्रभाव क्षेत्रका रुपमा लिने गरिन्छ ।
मंसिर २१ गतेको निर्वाचनकालागि तोकिएका मतदान स्थलको सुरक्षा, भोगोलिक अवस्थासँगै उम्मेदवार र मतदाताको सुरक्षा लगायतका बारेमा
सुरक्षा निकायको टोलीले संयुक्त अनुगमन र निगरानी थालेको हो ।
आवश्यक्ता अनुसारको सुरक्षा बन्दोवस्ती र जनशक्ति परिचालन गरी मंसिर २१ को चुनाव शान्तिपूर्ण
गराउन सबै सुरक्षा निकायलाई
परिचालन गराइने प्रजिअ पराजुलीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया