धरान÷धरानलाई प्रदेशको राजधानी बनाउने प्रतिबद्धता सहित सुनसरी क्षेत्र नम्बर १ का बाम गठबन्धनका
उम्मेदवारहरुले संयुक्त घोषणापत्र सार्वजनिक गरेका छन् ।
राजधानी वनाउने प्रतिबद्धता सहित प्रस्तावित एयरपोर्ट निर्माण, धरान वसपार्कको व्यवस्थापन र सुकुम्वासीलाई जग्गा धनी पुर्जा वितरण गर्ने जस्ता महत्वकाक्षी योजना सहितको साझा घोषणा पत्र सार्वजनिक गरेका हुन् ।
सोमबार धरानमा आयोजना
गरिएको साझा घोषणापत्रमा सवै दृष्टिकोणबाट पुर्वाधार सम्पन्न, भौगोलिक अनुकलता भएको धरान क्षेत्रलाई प्रदेश १ को राजधानी वनाउन बाम गठवन्धनका प्रदेश सभा, प्रतिनिधी सभाका उम्मेद्धवार सहित समानुपातिक उम्मेद्धवारहरुले पहल गरिने उम्मेदवारहरुले प्रतिबद्धता जनाएका छन् ।
२१ बुँदे घोषणापत्रमा पहिलो प्राथमिकतामा पर्यटन, कृषि र उद्योग व्यवासायलाई समावेश गरिएको छ । त्यसैगरी यातायातको सहज पहुँच, दलित, आदिवासी, जनजाती, मधेसीहरुको विकाश गरिने प्रतिबद्धता जनाएको छ ।
प्रदेश सभा र केन्द्र सरकारमा समेत बाम गठवन्धनले मंशीर २१ गते वहुमत ल्याउने दाबी गर्दै आगामी ५ वर्ष भित्र सुनसरी क्षेत्र नम्वर १ अन्तर्गतका गाउ तथा वस्तीमा सडक विस्तार र सर्दु, सेहरा, खहरे लगायतमा पुल निर्माण सहित कोशी नहरमा झुलेङ्गे पुल बनाउने जस्ता योजनाहरु अघि सारेका छन् ।
त्र
