लेखेर राख्नुस् हामी हाम्रो जीतमा ढुक्क छौं, सुनिश्चित छौं

प्रदीप भण्डारी । यही मंसिर २१ गते हुने सुनसरी क्षेत्र नं. १ प्रदेशसभा (क) बाट बाम गठबन्धनबाट एमालेबाट प्रत्यासी बन्नु भएका वौद्धिक व्यक्तित्व प्रदीप भण्डारी प्रभावशाली नेताका रुपमा सुपरिचित हुनुहुन्छ । जीवनको झण्डै चार दशक अर्थात ३७ बर्ष शिक्षण पेशामा आवद्ध भण्डारी विद्यार्थी जीवन २०२७ सालदेखि वामपन्थी आन्दोलनका एक सारथीको रुपमा सक्रिय रहँदै आउनु भएको छ ।
वि.ं २०३६ सालको शिक्षक आन्दोलनमा पूर्वाञ्चलमै एक अग्रणी भूमिका निर्वाह गर्नुभएका भण्डारी वि.सं. २०३६ को जनमत संग्रहमा बहुदलको पक्षमा कमिटीगत रुपमा सक्रिय रहनु भएको थियो । वि.सं. २०४२ सालको स्थानीय निर्वाचनमा जनपक्षीय उमेद्वारलाई निर्वाचित गराउन होस् या २०४६ सालको आन्दोलन होस् आफ्नो शिक्षण पेशालाई दाउमा राखेर आन्दोलनमा होमिनु भयो । पार्टी एकीकरण पश्चात एरिया कमिटी नगर कमिटी सदस्य, उप सचिव हुँदै तीन पटक सचिव, तीनपटक जिल्ला कार्य समितिको सदस्य भएर काम गर्नुभयो ।
धरान नगर समितिको इन्चार्ज समेत रहनु भएका भण्डारी पार्टी संगठनमा कुशल संगठनकर्ताको रुपमा समेत चिनिनुहुन्छ भने दर्जनभन्दा बढी सामाजिक संघ संस्थामा समेत सक्रिय रहनु भएको छ। नेपाल रेडक्रस सोसाइटीको आजीवन सदस्य, सररस्वती बाल अनाथाश्रमको आजीवन सदस्य, अमर सेवा समाजको आजीवन सदस्य, परिवार नियोजन संघको सदस्य लगायतमा उहाँ आवद्ध हुनुहुन्छ । ३७ बर्षे शिक्षण पेशाको दर्वियानमा भण्डारीले आफूलाई पार्टीले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेकै कारण हाल उहाँको उच्च मुख्यांकन गरी प्रदेश सभाको उमेद्वार बनाएको हो । स्पष्ट भिजन भएका पार्टीको प्रदेश र केन्द्रीय घोषणापत्रलाई आत्मसात गरी आगामी निर्वाचनमा निर्वाचित भएपछि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु हुने सरल, प्रष्ट वक्ता
भण्डारीसँग यपटक धरान साप्ताहिकले निर्वाचन केन्द्रित भएर वार्ता गरेको छ । प्रस्तुत छन् वार्ताका सारसंक्षेप ः–

द्दतपाईले आगामी मंसिर २१ गते हुने सुनसरी क्षेत्र नं. १ को क बाट प्रदेश सभा सदस्यमा उमेद्वारी दिनु भएको
छ । वाम गठबन्धनको तर्फबाट एमालेबाट उमेद्वार हुनु भएको तपाईले चुनावी एजेन्डा के के लिएर आउनु भएको छ ?
–म धरानबाट प्रदेशसभा (क) बाट उमेद्वार भएको छु । साझा उमेद्वार हुँ म । वाम गठबन्धनको साझा उमेद्वार भएकोले स्थानीय तह र माथिल्लो लेवलको वा राष्ट्रिय तहका मुद्दा हामीसँग छन् । हाम्रा मुद्धाहरुमा मुख्यतः जनताका आवाजलाई लिएर जाने मुद्धाहरु नै हुन् । यहाँका समस्या खास गरेर सुकुम्बासीको व्यवस्थापन, यहाँका खोला नालाहरुको नियन्त्रण,
खहरेको नियन्त्रण, खोल्सा खोल्सीहरुको नियन्त्रण, बाटो घाटो, पुल पुलेसा,
धरान नगरलाई सुन्दर बनाउने, बस स्टेशनको दीर्घकालीन व्यवस्थापन खानेपानीको दीर्घकालीन समया समाधान, यातायातको व्यवस्थापन, ट्राफिक समस्या समाधान, पर्यटकहरुलाई आकर्षित बनाउन दिगो गुरुयोजना र कार्यान्यवन, यी सम्पूर्ण कुराहरुलाई हामीले स्थानीय तहको
सरकार बनाउँदा गरेका वाचाहरुलाई समेत मनन गर्दे हामी यी सबै काम गर्न केन्द्रित हुनेछौ । त्यसैको लागि पार्टीको तहबाट म उमेद्वार बनेको हुँ ।
द्दयी यावत मुद्धाहरु तपाईहरुले विगतमा पनि उठाउने गर्नुभएकोे थियो। तपाईहरुले बारम्बार यहाँबाट स्थानीयदेखि केन्द्रीय स्तरसम्मका चुनाव पनि जित्दै आउनु भएको छ । तर यी समस्याहरु अहिलेसम्म किन पूरा भएनन् त ?
–हामीले यस ठाउँबाट जित्दै आएका हौं । हामीले जित्दै आउँदा
गरेका कामहरु हेर्नुपर्ने हुन्छ । हामीले हाम्रो पहलमा के गरेका छैनौं ? हामीले स्थानीय तहदेखि माथिल्लो तहमा जित्दा वहुजातीय संग्राहालयको निर्माण गर्न कसले शुरु गरेको हो ? हामीले नै शुरु गरेका हौं । भीम आचार्य पर्यटन मन्त्री हुँदा ५० लाख रुपैयाँ विनियोजन गर्ने पहिलो हामी नै हौ । त्यसपछि हालसम्म निरन्तर काम भइरहेको छ । खेलकुद अर्थात धरान रंगशालाका लागि हामीले पहल गरिरहेका छौं । एयर पोर्टका लागि हामीले पहल गरिरहेका छौं अन्य साना तिना पुलपुलेसा मात्र हैन ठूला ठूला नदीनालामा पुल बनाउनका लागि हामीले पहल गरिरहेका छौं । धरानको सिंगो विकासमा हामी अहोरात्र लागि
परेका छौं । तर यहाँका केही मानिसहरुलाई के परेको छ भने यी धरानका कुना कुनामा सडकमा पिच बनेका छन् त्यो अरुले गरेको होला भन्ने छ । तर यो कामको थालनी एमालेले नै गरेको हो । जनसहभागिता जुटाएर धरानको समग्र विकास आज एमालेकै पहल र पालामा भएको हो । तर लामो समयसम्म निर्वाचन नभएको कारणले गर्दा स्थानीय तहमा जनप्रतिनिधि नभएकोले त्यो बीचमा भनेजस्तो काम हुन सकेनन् । त्यसकारण त्यस्ता गुनासा कतै आएको होलान् । तर हामीले इमान्दारीतापूर्वक राम्रो काम गरेका छौं । मालपोत र नापीकै कुरा गर्ने हो भने एमालेकै पहलमा दुवै कार्यालय धरानमा आएको हो । जसका कारण आज हजारौ धराने जनताहरु इनरुवा पुग्नु पर्ने बाध्यतबाट मुक्ति पाएका छन् ।
द्दतपाइहरुले आफूहरुले
गरेका काम जनतालाई बुझाउन नसक्नु भएको हो कि ?
–जनतालाई हामीले गरेको काम भलिभाँति थाहा छ । हामी निर्वाचनको दौरानमा घर दैलोमा जाँदा उहाँहरुले जुन मायाँ देखाउनु भएको छ त्यो त्यसैको परिणाम हो । एमालेले इमान्दारितापूर्वक यहाँ राम्रो काम
नगरेको भए एमालेलाई पटक पटक स्थानीय तहको निर्वाचनदेखि केन्द्रीय स्तरको निर्वाचनमा अत्याधिक वहुमतले विजय गराएर पठाउनु हुने थिएन । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकामा दुई तिहाई प्रतिनिधि पठाएका छन् एमालेका । एमालेले काम नगरेको भए धराने जनताले नगरपालिकामा दुई तिहाई प्रतिनिधि पठाउने थिएनन् । त्यसकारण हामी उपर एमालेले काम गरेन भन्ने आरोप विक्षीहरुले लगाउने एउटा आरोप हो, उहाँहरुको प्रोपोगण्डामात्र हो । धराने जनताले एमालेले गरेका कामको उच्च मुल्यांकन गर्नु भएको छ ।
द्दएमालेले पटक पटक
धरानबाट जितेर जाँदा पनि धरानका लागि कुनै ठोस काम गरेनन् भन्ने अन्य दलका नेता कार्यकर्ताको तपाईहरुमाथि गम्भीर आरोप छ । यसमा तपाई के भन्नुहुन्छ ?
–यो विपक्षीहरुले आफ्नो धर्मनिर्वाह गरेको मात्र हो । यो विपक्षीले लगाएको आरोपका लागि आरोप मात्र हो । अन्य राजनैतिक दलहरुले बहुमतको सरकार बनाएका छन् । उनीहरुले बहुमतको सरकार बनाउँदा पनि यहाँ के गरेका छन् ? वास्तविकता भन्दा बाहिर गएर
आरोप लगाएर मात्र हुँदैन । आज
राजधानीको कुरा जोड तोडले उठिरहेको छ । धरानलाई प्रदेशको राजधानी तोक्न सरकारमा बसेको काँग्रेसलाई कस्ले रोकेको छ ? सरकार उसैको छ । अरुलाई भन्न र आरोप लगाउन सजिलो छ, काम गरेर पनि देखाउनु प¥यो नि । एमालेले अहिलेसम्म केन्द्रीय स्तरमा वहुमत ल्याएर एक्लौटी
सरकार बनाएकै छैन । तर जसले वहुमतको सरकार बनाएको छ त्यसका साथहीहरुले के गरेका छन् यहाँ ? कामको मुल्यांकन धराने जनताले
गरेका छन् ।
द्दतपाई सुनसरी क्षेत्र नं. १ प्रदेशसभा (क) बाट निर्वाचन लड्दै हुनुहुन्छ । तपाईलाई आफ्नो जितप्रति कत्तिको विस्वस्त वा सुनिश्चित हुनुहुन्छ ?
–म मेरो जितप्रति सुनिश्चित छु, ढुक्क छु ।
द्दके मानेमा ढुक्क र सुनिश्चित हुनुहुन्छ ?
–मेरो आफ्नो कुरा होइन । प्रदीप भण्डारी एक्लो केही होइन । हाम्रो संगठन छ । हाम्रो संगठन मजबुत छ । मेरो चुनाव जित्ने आधार भनेको एउटा महत्वपूर्ण पाटो संगठन हो । त्यसमाथि पनि अहिले वाम गठबन्धन भएको छ । वाम गठबन्धनको म यहाँको साझा उमेद्वार हुँ । एमालेको यहाँ रामो संगठन छ । त्यसमाथि माओवादी केन्द्रको संगठन पनि थपिएको छ । पहिलो जित्ने आधार संगठन नै हो । दोसो आधार भनेको म लामो समयसम्म शिक्षण पेशामा आवद्ध थिएँ । मैले धेरै विद्यार्थीहरुलाई शिक्षा दिएको छु धेरेै विद्यार्थीहरुसँग मेरो सामिप्यता छ, उनीहरु अहिले मसँग हातेमालो गरेर हिडेका छन् । ती विद्यार्थीका अभिभावकसँग मेरो राम्रो सम्बन्ध र सम्पर्क छ । उहाँहरुले मलाई आर्शिवाद सहित तपाईको साथमा हामी छौं भन्नुभएको छ । यातायात क्षेत्रमा पनि मैले काम गरेको छु । यातायात क्षेत्रका सम्पूर्ण साथीहरु मेरो सहयोगका लागि लागिरहनु भएको छ । मजदुर क्षेत्रका साथीहरु मेरो पक्षमा लागि रहनु भएको छ । उद्योगी व्यवसायीहरुको दुःख सुखमा म सहभागी बनेको छु । ती साथीहरु सबैले मलाई निर्वाचित गराउन होस्टेमा हैसे गर्नुभएको छ । श्रमिकहरु, साना साना उद्योगी व्यवसायीहरु वौद्धिक वर्ग, सामाजिक संघ संस्थाका
आदरणीय महानुभावहरु सम्पूर्णले मलाई उत्साह दिइरहनु भएको छ । यो साथ रउत्साहले गर्दा म यहाँबाट निक्कै भारी मतले चुनाव जित्ने कुरामा विश्वस्त छु ।
द्दअरु दलले पार्टीको घोषाणापत्र सँगसँगै आफ्नो व्यक्तिगत एजेन्डा पनि बनाएर चुनावमा मतदाता समक्ष पुगि मत माग्दै गरेको अवस्था छ । तपाइको चाहिँ आफनो व्यक्तिगत एजेन्डाहरुचाहिँ के के छन् त ?
–अहिले सबैभन्दा उपयुक्त व्यक्तिगत एजेन्डा भनेको धरानलाई प्रादेशिक राजधानी बनाउने हो । मेरो सबैभन्दा पहिलो पहल पनि यसैमा रहन्छ । अरु पनि धेरै कुराहरु छन् ।
द्दधरानमा खानेपानी, औद्योगिक क्षेत्र, जमिनको अभाव छ । यस्तो ठाउँमा धरानलाई प्रदेशको राजधानी बनाउन कुन मानेमा उपयुक्त हुन्छ ?
–जमिनको कमी धरानमा छ भन्ने कुरा त मान्दिनँ । धरानमा धेरै जमिन
छ । यही धरान बजार भन्दा उत्तरपट्टी बेस क्याम्पसमा पहिले इरकान बसेको जिमिन छ, धरान १७ स्थित थुप्रै जमिन छ, धरान ८ मा पनि प्रसस्त जग्गा छ, पिण्डेश्वर हात्तीसार क्याम्पस सेरोफेरोमा धेरै जग्गा छ, अहिले पानमारा पनि
धरानमा गाभिएकोले त्यहाँ पनि प्रसस्त जग्गा छ । यस हिसाबले भोलि प्रदेशको राजधानी बनाउँदा मन्त्रालय छरेर राख्न सकिन्छ । यी ठाउँहरुलाई हामीले पूर्वाधार निर्माणका लागि तयार गर्न सकिन्छ । त्यसकारण यहाँ जग्गा छैन भन्ने कुरा हुँदै होइन । दोस्रो कुरा यहाँ वातावरणीय हिसाबले, पर्यटकीय हिसाबले, कहिल्यै डुबान नहुने ठाउँ हो । हामीले निर्णय पेश गर्नुपर्छ । खानेपननीको समस्या पनि कसरी समाधान हुन्छ त्यसतर्फ दीर्घकालीन योजना ल्याउनुपर्छ । सदैव यत्तिकै भनेर त हुँदैन । त्यसकारण धरान पहाड र तराईको एउटा संगमस्थल पनि भएकोले यो ठाउँ हरेक दृष्टिले प्रदेशको
राजधानी बनाउन उपयुक्त छ भन्ने मलाई लाग्छ ।
द्दएयरपोर्टको कुरा तपाईहरुले धेरै अगाडिदेखि उठाउँदै आउनु भएको छ । तर अहिलेसम्म कुनै प्रगति, ठोस काम हुन सकेको छैन । यसमा तपाई के भन्नुहुन्छ ?
–वास्तवमा एयरपोर्ट बनाउनका लागि राजनीतिक दलहरुबीच निर्वाचन हुनु भन्दा अगाडि सहमति हुन सकेन । शुरुमा एयरपोर्ट बनाउनका लागि बुट सिस्टमबाट सरकारले निर्णय गरेपछि हामीले पहल गरेका हौं । पटक पटक यो कुरा चलिलरह्यो । तर त्यहाँ एयर पोर्ट बनाउने कुरा अहिलेसम्म सम्भव भएन । पहिला त्यहाँ सानो जहाजको लागि सानो एयरपोर्ट बनाउने भन्ने कुरा थियो । पछि सरकार पटक पटक परिवर्तन हुँदै जादा भीम आचार्यको पालामा आइपुग्दा उहाँले ६ करोड रुपैयाँ बिनियोजन गरिदिनुभयो । उहाँले भन्नुभयो तपाईहरु व्यवस्थापन गर्नुस् हामी बनाइदिन्छौं सम्म भन्नुभयो । तर सरकार परिवर्तन भइरहने, परिवर्तन भएर नयाँँ मन्त्री आउँदा कस्तो खालको एयरपोर्ट बनाउने भन्ने जनमत समेत पार्टीहरुबीच
जुटेन । अहिले हुँदै हुँदै पहिला सात विघा जग्गा, त्यसपछि १३ विघा जग्गा, अहिले ४६ विघा जग्गा र अहिले फेरि ९२÷९३ विघा जग्गा चाहिन्छ भन्ने हिसाबले त्यहाँ कुराकानी भइरहेको छ त्यही हिसाबले गर्दा एयरपोर्ट बन्न सकेको छैन । त्यहाँ पहिला १३ विगाहा जग्गा चाहिन्छ भन्दा ७ विघा जग्गा नगरपालिकाले एयर पोर्टका लागि दिने भन्ने सहमति भएको थियो । यति एयरलाइन्सले लिएको जग्गाबाट ६ विघा जग्गा पनि यतै दिने कुरा भएको थियो । १३ विगाहामा हुन्छ भनेको अहिले यसले पनि हुदैन भनेर अर्को इस्टिमेट भएको छ भन्ने कुरा आएको छ । तर त्यस्तो होइन धरानमा एयरपोर्ट आवश्यक छ । २४ औं घण्टा यहाँबाट उडान हुन सक्छ । त्यहाँ भएका केही मानवीय वस्तीहरुको व्यवस्थान गरेर एयरपोर्ट निर्माण गर्नका लागि अगाडि बढ्नुपर्छ । यो बन्नुपर्छ भन्ने मान्यता मेरो छ ।
द्दयस्तो लिंगरिङ्गले त एयरपोर्ट नै नबन्ला जस्तो भयो त हैन र ?
–मैले भनिसकेँ अब यसका लागि केन्द्रमा विगतको जस्तो धाइरहनु पर्दैन । यो प्रदेशले नै पछि निर्णय गरेर बनाउँदा हुन्छ । त्यसकारण एयरपोर्ट बन्नुपर्छ र बन्छ ।
द्दत्यसो भए भोलिका दिनमा प्रदेशले निर्णय गर्दा एयरपोर्ट बन्छ ?
– प्रदेशले यसका लागि आगामी दिनमा आवश्यक कार्यहरु अगाडि बढाउँछ ।
द्दयस बाहेक पृथक एजेन्डा ?
–यिनै समसामयिक एजेन्डा हुन् । पृथक रुपमा मैले भन्ने कुरा भएन । हाम्रो घोषणापत्र छ केन्द्रदेखिकै प्रतिबद्धतापत्र छ । वाम गठबन्धनका तर्फबाट प्रतिवद्धता पत्र पनि छ । तिनै प्रतिवद्धतापत्र र घोषणापत्रको आधारमा टेकेर जनताको आवश्यकक्ता अनुसारका कामहरु, जनताका दुःख सुखका कुरामा जे गर्नु पर्ने छ तिनै कुरा बोकेर मैले कम गर्नुपर्छ भोलिका दिनमा ।
द्दअहिले विपक्षीहरुले एउटा मुद्दा जोडतोडले उठाएका छन् त्यो के भने यसपटक वमपन्थी गढ तोडेर छाड्छौं । यस सम्बन्धमा तपाई के भन्नुहुन्छ ?
–भन्नेले त के के भन्छन् भन्छन् । भन्नु स्वभाविक हो । निर्वाचनमा जाँदाखेरि म जित्छु, हामी तोड्छौं भनिहाल्छन् नि । त्यो त परिणामले देखाउँछ । भोलिका परिणामले छर्लङ्ग बनाइ हाल्छ नि ।
द्दतपाईहरुलाई यहाँका जनताले पहिलादेखि अहिलेसम्म यति साह्रो विश्वास किन गरेका होलान् ?
–हामी पहिला त झुट कुरा गर्दैनौं, ढाँट कुरा गर्दैनौं । हामी जनताको दुःख सुखमा सदैव २४ औं घण्टा पुगेका छौ । हुन सक्छ अझै हामीले उहाँहरुलाई चाहे जति गर्न सकेका छैनौं होला, विकासका काम पूरा भएको छैन होला । तर हामी सदैव जनताको दुःख सुखमा साथ छौं । हामी बोलेको कुरा पूरा गछौं । हामीले स्थानीय तहको निर्वाचनमा पनि सुकुम्बासी समस्या समाधान गर्नका लागि सुकुम्बासीलाई करको दायरामा ल्याएर उनीहरुलाई अपनत्व दिलाउन हामीले घर नम्बरिङ्गको प्रथा शुरु गर्र्छौ भनेका थियौं त्यो हामीले गरिरहेका छौं । हामीले काम गरेर देखाइसकेका छौं सम्पूर्ण सुकुम्बासीहरु यतिबेला खुशी हुनुभएको छ । त्यसैगरी अन्य क्षेत्र जस्तै बाटोघाटो देखि लिएर अरु कुरा जुन घोषणापत्रमा जे उल्लेख गरिएको थियो त्यो कुराहरुलाई कार्यान्वयन तर्फ लगिसकेका छौं । हामी एकपटकमात्र चुनाव जितेर जनतालाई ढाँटेर जानु छैन । सदैव जनतासँग यही राजनीति गर्नुपर्ने हुनाले र यही बस्नुपर्ने भएकोले हामी जनताको दुःखसुखमा सहभागी हुन्छौं । सही कुरा गर्छौ, भनेको कुरा पु¥याउँछौं । नहुने कुरा बोल्दैनौं । त्यसकारण आज सम्म हामीलाई यहाँका जनताले विश्वास गर्नु भएको छ, भोलि पनि विश्वास गर्नुहुन्छ भन्ने पूर्ण विश्वास छ र हामीलाई त्यो मायाँ सदभाव, आदर जे दिनुपर्ने त्यो जनताले दिइरहनु भएको छ ।
द्दतपाई चुनाव लड्दै हुनुहुन्छ । तपाईसँगै प्रदेशसभा (ख) बाट पूर्व पर्यटनमन्त्री एवम् एमाले केन्द्रीय सचिव भीम आचार्य र केन्द्रका लागि युवा उमेद्वार जयकुमार राई उमेद्वार बन्नुभएको छ । तपाईले आफ्नो मात्र जीत सुनिश्चिाचत देख्नु भएको हो कि अरुको पनि सुनिश्चित देख्नु भएको छ ?
–सुनसरी क्षेत्र नं. १ को कुरा गर्नुहुन्छ भने यहाँ प्रतिनिधिसभाका सूर्यध्वजा बाहक उमेदवार जो वाम गठबन्धनका साझा उमेदवार हुनुभएको छ कमरेड जयकुमार राई उहाँ अत्याधिक मतले विजयी हुनुहुने छ । तपाई लेखेर राख्नुस् मैले अहिले बोलेको कुरा । अहिले भीम आचार्य जो हाम्रो सँस्कृति तथा पर्यटन मन्त्री हुनुहुन्थ्यो । पार्टीको केन्द्रीय सचिव हुनुहुन्छ, एमालेको प्रदेशको प्रमुख हुनुहुन्छ उहाँले पनि अत्याधिक मतले विजयी हाँसिल गर्नुहुन्छ । अथवा म लगायत हाम्रो सिंगो टिमले क्षेत्र नं. १ मा अत्याधिक मतले हामी विजयी हुनेछौं । यसमा कसैले शंका नगरे पनि हुन्छ ।
द्दभीम आचार्यलाई केन्द्रमा छोडेर प्रदेशमा किन उमेद्वार बनाइयो ? यसमा के छ ?
–उहाँ भोलिका दिनमा मुख्यमन्त्रीको दाबेदार पनि हो । त्यसकारण उहाँलाई यहाँबाट प्रत्यासी बनाइएको हो ।
द्दतपाई यहाँका समग्र मतदातालाई के भन्न चाहनुहुन्छ ?
–म आदरणीय मतदाताहरुलाई के भन्न चाहन्छु भने चुनावको बेला विभिन्न राजनैतिक दलहरु घर दैलोमा आउने, कुरा गर्ने, भन्ने , अनुरोध गर्ने काम गर्नुहुन्छ । म यति भन्छु धरानमा यो निर्वाचन क्षेत्रमा नेकपा एमालेले जति काम गरेको छ त्यही हिसाबले तपार्इीहरुले विश्वास गर्नुभएको छ । त्यो विश्वासलाई कायम राख्दै अब पनि कसैको भुलभुलैयामा नलागी वाम गठबन्धनका सूर्य ध्वजाबाहक उमेद्वारलाई विजयी गराएर स्थानीय तहको सरकार बनाएझै केन्द्र र प्रदेशको सरकार बनाउन ऊर्जा प्रदान गर्न र धरानको मुहार फेर्नलाई, धरानको विकास र समृद्धिलाई अगाडि बढाउन सूर्यमा छाप लगाएर विजयी गराउन आग्रह गर्दछु ।

तपाईको प्रतिक्रिया