दुबईमा पहिलोपटक खुल्ला लोकदोहोरी प्रतियोगिता

रोजगारीका लागि युएईमा रहेका नेपाली लोकगीतका पारखीहरुबीच खुल्ला लोकदोहोरी प्रतियोगिता सम्पन्न भएको छ । सामाजिक सञ्जालबाट विकसित हुँदै आएको यस्तो लोकदोहोरी प्रतियोगिता दुबईको मञ्चमा पहिलो पटक आयोजना भएको हो ।
करीब २ सय जना लोक गायक तथा गायिकाको सहभागिताबाट करीब तीन महिना अघिबाट सञ्चालित प्रतियोगिताको फाइनल राउण्ड गत १७ नोभेम्बर बरदुबईको एभरेस्ट इन्टरनेसनल होटलमा सफलतापूर्वक सम्पन्न भएको हो ।
२ सयभन्दा बढी प्रतिस्पर्धीलाई पछि पार्दैै विभिन्न चरणहरु पार गर्दै उक्त प्रतियोगितामा लोकपारखी सीता स्मृति राई प्रथम भएकी छिन् । उनले कमलको बुद्ध समूहबाट लोकदोहोरी प्रतियोतामा भाग लिएकी थिइन् । त्यसरी नै सरोजको लालीगुराँस समूहबाट टीका कँडेलले दोश्रो स्थान हासिल गरेकी छिन् । त्यस्तै कमलको बुद्ध समूहबाटै सन्ध्या थापाले तेस्रो स्थान हासिल गर्न सफल भएकी छिन् । चौथो पुरस्कार भने डाँफे समूहका लक्ष्मण सुनुवार भने बाबुरामकै डाँफे समूहवाट तारा परियारले पाँचौं स्थान हासिल गरेको आयोजक संस्था नेपाल कला संस्कृति मञ्च युएईका अध्यक्ष ड्यान परियारले बताए । युएईमा आयोजना भएको लोक दोहोरी प्रतियोगिताको अध्यक्षता लोक दोहोरी प्रतिभा खोज २०१७ का संयोजक नारायण बोहोराले गरेका थिए । प्रतियोगिताको प्रमुख अतिथिमा युएईको नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक नन्दु राई उपस्थित भएर वातावरणलाई पूर्ण रुपमा सांगीतिक बनाएका थिए ।
प्रतियोगितामा विशेष अतिथिका रुपमा एनआरएन युएईका प्रतिनिधि समिर खाँड, नेपाली समाज युएईका भुतपुर्व महासचिव तथा समाजसेवी मणि भुर्तेल, झापाली समाज युएईबाट एकराज बस्नेत लगायतका व्यक्तित्व उपस्थित थिए ।
उक्त कार्यक्रममा लोकदोहोरी गायक सुदिप गैरे, सुरेन्द्र लामा, बिक्रम राई, कृष्ण भट्टराई बाबुराम बिक, सूर्यमान राई, जमुना न्यौपाने, बिष्णु महत, हरि डुम्रे, रीता लामा, कमल परियार, दिपक बिक उपस्थिति
रहेको थियो ।
प्रतियोगितामा स्वागत मन्तब्य इन्द्र सेन्चुरीले राखेका थिए भने शुभकामना मन्तब्य समाजसेवी मणि भुर्तेल र गायक नन्दु राईले कार्यक्रमको सफलताको लागि शुभकामना प्रकट गरेका थिए ।
लोकसंगीत क्षेत्रमा रुचि राख्ने नेपाली कलाकारहरुलाई विशेष ध्यानमा राखी नेपाल कला सांस्कृतिक मञ्च युएईले दोहोरी गीत प्रतियोगिता सञ्चालन
गरेको थियो ।
उक्त प्रतियोगितामा चार समूहका प्रतिस्पर्धीहरुले आफ्नो कला प्रदर्शन
गरेका थिए । प्रतियोगिताको निर्णायक मण्डलहरुमा हरि डुम्रे, रिता लामा, कमल परियार, दिपक विश्वकर्मा र सुदिप गैरे रहेका थिए । सबै निर्णायकहरु युएईको नेपाली लोक संगीतको क्षेत्रमा क्रियाशील व्यक्तित्व हुन् । आयोजक संस्था नेपाल कला संस्कृति मञ्चका अध्यक्ष दान परियारले लोक संगीतको उत्थान तथा लोक प्रतिभाको प्रोत्साहनका लागि यस्ता प्रतियोगिताहरु आगामी वर्षहरुमा पनि आयोजना गरिने बताए ।
उक्त प्रतियोगितामा विजेता भएकाहरुलाई आकर्षक पुरुस्कारको साथमा प्रमाण पत्र र टफी प्रदान
गरिएको थियो ।
उल्लेख्य लोकपारखीहरुको उपस्थितिमा आयोजना गरिएको उक्त कार्यक्रमको सञ्चालन सन्ध्या सुस्केरा, सरोज परियार , कृष्ण कुमार र सुनीलकुमार बोहोराले गरेका थिए ।

तपाईको प्रतिक्रिया