छानी छानी भकुर्ने रे
नेपालाँ गणतन्त्र नि गजबै आ’
रैछ । गनतन्त्र आएसी’ आकासबाट फुरौला बर्सेला र कुपुकुपु खाउला भनेर बसेका नेप्लिजहरु आसेपासे सर्वनाशे भा’छन् । अब हेरम न गनतन्त्रमा बोल्न विरोध गर्न पाइन्छ भन्थे अब त्यो नि नपाइने जस्तो भइसक्यो । मंसिर ८ गते नेत्रविक्रम काजीले नेपाल बन्दको घोषणा ग¥या छन् । माउवादीका पूर्व लडाकूहरुको व्यानरमा आयोजना गर्न लाग्या नेपाल बन्द यसभन्दा अघिका भन्दा निकै कडा हुने छाँटकाँट देखिएको छ । अरु बेला भएका बन्दमा गाडी घोडा, बजार, पसल, शिक्षण संस्था, उद्योग धन्दाहरु मात्र बन्द हुन्थे । यसपाला त मान्छे बन्द रे । माने ८ गते मान्छे पनि घरबाट निस्केर हिडडुल गर्न नपाइने रे । वाफ रे † यति साह«ो कडा नियम ? जसले बन्दको नियम पालना गर्देैन त्यसको करङ्गका हड्डीले दुःख पाउँछ रे । बूढापाका भन्थे बाँची बचि रहनुपर्छ यी दुईवटा टोड्काले के के देख्छ देख्छ ।
सात पटक प्रम हुने रे
माउवादीलाई नयाँ दुलहीको रुपमा भिœयाएसी झालेमालेका अध्येक्षे खप्रओको भुइँमा खुट्टा छैनन् । निर्वाचन पछि त आफू पर्धानमन्तरी बन्छु भनेर उन्ले कति ठाममा गफ लडाए लडाए । काँग्रेस शेरबहादुर देउवालाई पन्द्रदिने पर्धानमन्तरी भनेर होच्याउनु सम्म होच्याए । देउवा काजी आन्तरिक पर्धानमन्तरी हुन भनेर भन्न सम्म
भ्याए । खप्रओकोको गफ एक कान दोकान मैदान हुँदै डँडेलधुरे काजीका कानसम्म नपुग्ने कुरै भएन । सुन्नासाथ काजी पडकिहाले । उन्ले प्वाक्क भन्दिए ज्योतिषीले भन्या म सातपटक पर्धानमन्री बन्छु । काजीको चिना हेर्ने ज्योतिषी कम्ता जाज्वल्यमान छैनन् । प्याक्क बोल्यो ठ्याक्क पुग्छ । आखिरी घर–घर ज्योतिषी न ठहरे । जस्ता तस्ताको उनी चिना हेर्दै हेदैनन् । हेरि सकेसी’ ट्याक्क ट्याक्क कुरा पुग्दा यतिबेला खप्रओलाई कम्ता खट्पटी चल्या छैन । फेरि देउवै प्रधानमन्त्री भए भने फाउमा पाएको जीवनको के सार भयो र ? कि कसो हौ खप्रओ वा ?
दिन्छन् गफ
आफै खुइलिएका त्यसमाथि आÏनै जात भाइहरुले तातो पानीमा चोबली चोबली खुइल्याएका बाउराम भट्टराईले अस्तिका दिन राम्रै गफ जोतेछन् । प्रचण्डाउले बाउरामलाई काँग्रेससँग मिलेको अवसरवादी भनेसी’ विचरा बाजेको कन्सिरीबाट धुँवा नउठ्ने कुरै भएन । उन्ले नि प्रचण्डाउलाई मज्जाले दनक दिएछन् । प्रचण्डाउ मैले काँग्रेससँग निर्वाचनमा सहकार्य गर्दा अवसरवादी चरित्र हो भने चितौनमा छोरी जिताउन काँग्रेसको पाउ धुएको चाहिँ के हो ? मतपत्र च्यात्न तालिम दिने, अदालतलाई प्रभावमा पार्ने, महान्यायाधिवक्तालाई प्रयोग गर्ने काँग्र्रेसँग मिलेर कस्ले ग¥यो ?
बाउरामको जवाफ सुनेसी’ प्रचण्डाउको अपान वायु नै बन्द भएछ कि क्या हो ? चालचुल छैन । त्यसैले बोल्न पाए भन्दैमा प्याच्च नबोल्नु, खान पाए भन्दैमा भकाभक नघिच्नु ।
मुख सम्हाल्न चेताउनी
अस्तिका दिन राप्रपाका अध्येक्षे कमलाउले झालेमालेका अध्येक्षे खप्रओको राम्रो चेतावनी पाएछन् । जस्तो आँगन त्यस्तै नाच्न खप्पिस कमलाउ त्यही झालेमालेको सरकाराँ विदेशमन्तरी छँदा कँग्रेसको कम्ता खेदो खनेनन् । अहिले कँग्रेसमा मन्त्री भएसी झालेमालेलाई
सरापेर गतिलै लोकतन्त्रवादी बन्या छन् । छेपाराले झै क्षणक्षणमा रंग फेने कमलाउ बूढी गण्डकीको सम्झौता चिनियाँ कम्पनी गेजुवाबाट भंग गर्दैछन । उत्तरतिर मात्र देख्ने झालेमालेलाई भाउन्न हुनु स्वभाविक हो । के खोज्छस् काना आँखो भनेझै कमलाउले झलेमालेलाई स्वार्थमा धक्का लागेर बर्बराउँदैछन भन्देसी’ बातै
खलास । त्यसपछि त खप्रओले कमलाउलाई मुख सम्हालेर बोल्न चेताउनी नै दिएछन् ।
टुक्के र गफाडी
झालेमालेका उखान टुक्के र माउवादी केन्द्रका गफाडीको समिश्रण भएसी यतिबेला नेपालको राजनीति फ्युजन वडा गजबके भएको छ । अब हेरौ न अस्तिका दिन प्रचण्डाउलाइ के सनक चलेछ कुन्नि अब काँगेसले नेपालमा तीस बर्ष कम्युनिष्टके शासन हेर्नुपर्छ भनेर कुम हल्लाई हल्लाई चिच्याएछन् । प्रचण्डाउको कुरा सुनेसी’ घण्टाघरलाई पनि दया लागेर आयो । सबैतिरबाट उखेलिएर मासिएको कम्युनिस्टको जरा यहाँ मौलाउने सपना देख्या रै’छन् प्रचण्डाउले । हुन उही सपना देख्ने त हो । सपना देख्न सबैलाई छुट हुन्छ । प्रचण्डाउले नि त्यसैगरी झालेमालेको बुइँ चढेर सपना देखेछन् । प्रचण्डाउलाई बधाई छ ।
चप्पल प्रहार
विदेशतिर खुबै सुनिन्थ्यो फलानो नेतालाई चप्पल प्रहार भयो, चिलानो विदेशी राष्ट्रपतिलाई चप्पल हानियो
भनेर । अब त हुँदा हुँदा नेपालमा पनि नेताहरुमाथि चप्पल प्रहार हुन थालेको
छ । नेपालमा सबै जस्तो कुरा विदेशबाटै भित्रन्छन् । भ्यालेन्टाइन डे, क्रिसमस सबै बाहिरैबाट भित्रिएका हुन् । अब चप्पल प्रहारका कुरा पनि विदेशबाटै नक्कल
गरिएको भन्नुप¥यो । अस्तिका दिन पहिलाका विजुली मन्तरी त्यसपछिका घरेलु मन्तरी अनि अहिलेका हावादारी माने विना विभागीय मन्त्री जनार्जन शर्मालाई आÏनै जिल्लामा चप्पल प्रहार गरिएछ । भोट माग्न हिडेका शर्माले चप्पल उपहार पाएछन् । हैन हौ
प्रहारै गर्नु थियो भने अलि ठूलै कुराले झट्टी हान्नु पथ्र्याे नि । जाबो चप्प्लले के हानी रा“ होला । द्वन्द्वकालमा कत्रा कत्रा कुरा प्रहार गरेर पोख्त भएका शर्मालाई जाबो चप्पल प्रहारले फुइøयाँ हुन्छ ?
जताततै ड्याम
नेपालमा चुनाउ आयो कि एउटा कुराले साह«ै टेन्सिन हुन थाल्या छ । २० बषदेखि चुनाउ नहुँदा क्या हाइसञ्चो थियो । उही कर्मचारी, कुण्डले मुण्डले भाते नेताहरुको पेट मात्र अफवाफ भएर बढ्या थ्यो । अर्थोकचाहिँ केही भएको थिएन । अहिले त उत्पातै हुन लाग्या छ । अब हेरौ न प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनले पिकअप लिन लाग्दा जताततै ड्याम–ड्याम माने वम पड्कन थाल्या छ । वम पनि चानचुने होइन । आँखा भएको वम । उमेद्वार भएको देख्यो क पड्किहाल्ने । अघि हिड्न नै छोड्या छन रे । उमेद्वारहरु चुनाउ प्रचारमा जान भनेसी बहुलाहा कुकुरले पानी देख्दा दश हात परैबाट टाप कसेझै गर्न थाल्या छन् । बरु दलले भागबण्डा गरेर सिट सख्या बाँडबाफाड ग¥या भए लण्ठै साफ हुने थियो । कि कसो हौ ?
अन्तेमा
झालेमालेको बुई चढ्न पाएसी माउवादीका नेताहरुलाई यतिबोल कम्ता अमत्याइ लाग्या छैन । झालेमालेका अध्येक्षे खप्रओलाई समेत माथ खुवाउने गरी रसिला गफ चुट्न थाल्या छन् । अब हेरौ न अस्तिका दिन त्यो कृष्णबहादुर महराले भन्या एमाले र माउवादीको लभ प¥या छ रे । चुनाव सिधिने वित्तिकै विहे गरेर एउटै घरमा बस्ने रे । एउटै गोत्र, थर भएका बीचमा लभ पर्दा किन फुई लगाएको होला ? गोत्र थरै नमिल्ने बीचमा त लभ परेर, विहे गरेर एउटै घरमा बस्छन् । हैन हौ गफ जोत्न पाए भन्दैमा थुतुनोमा आएसम्म त फलाक्नु भएन नि † लभ प¥या छ, विहे गर्छम्, एउटै घरमा बस्छम् भनेर सुनाउनु पर्छ र ? कोही भिलेन भएर पसीदिन्छन् अनि थाहा हुन्छ ।
