इटहरी÷नेपाल विद्यार्थी संघबाट नटेपालको राजनीतिमा ३७ बर्ष अगाडि यात्रा शुरु गर्नुभएका नेपाली काँग्रेसका प्रभावशाली व्यक्तित्व, उपप्रधान, सघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारको सुनसरी क्षेत्र नं. ३ मा अन्य दलका उमेद्वार फिक्का देखिएका छन् ।
वि.सं. २०४८ सालदेखि
निरन्तर निर्वाचित हुँदै दर्जन पटक मन्त्री र संविधान सभाबाट संविधान निर्माणमा सबैभन्दा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका गच्छदार जिताऔ अभियानमा निर्वाचनको मुखैमा सुनसरी क्षेत्र नं. ३ का अन्य दलका नेता कार्यकर्तााहरु समेत ठूलो संख्यामा नेपाली काँग्रेस प्रवेश गर्नेहरुको यतिबेला लहरै चलेको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन अब मात्र २३ दिन बाँकी रहँदा आइतबार इटहरीबाट संघीय समाजवादी फोरम इटहरी उपमहानगर समितिका अध्यक्ष
राजकुमार गुरुङ्ग, एमालेका क्षेत्रीय सदस्य कालबहादुर लिम्बु, माओवादी केन्द्रका नगर सदस्य जुनु गुरुङ्ग लगायत २०७ जना नेता तथा कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कुमार सुनुवारको संयोजकत्वमा इटहरी १० शिवनारायण टोलमा भएको वृहत कार्यक्रममा नव प्रवेशीहरुलाई मन्त्री गच्छदारले भन्नुभयो नेपाली कँग्रेस लोकतन्त्रको पर्याय मात्र होइन एउटा इतिहास पनि हो । मुलुकमा भएका ठूला ठूला राजनैतिक परिवर्तनहरु चाहे
त्यो राणाको विरुद्धमा भएको आन्दोलन् होस्, चाहे पञ्चायतका विरुद्धमा भएको आन्दोलन होस्, चाहे २०६२÷०६३ को आन्दोलन होस् या राजा हटाउने निर्णय होस् सबैको नेतृत्व नेपाली काँग्रेसले नै गरेको हो ।
मन्त्री गच्छारले आफ्नो विगत कोट्याउदै भन्नुभयो वि.सं. २०२७ सालमा पहिलो पटक जेल बस्दा सँगै राम–लक्ष्मण, ठगीराज दहाल, गोकर्ण दाहाल हुनुहुन्थ्यो । उहाँहरु २०३१ सालको टिम्बुरबोटे काण्डमा शहीद हुनुभयो । म कसरी बाँचे ? सायद मैले अरु धेरै काम गर्न बाँकी होला । उहाँले केही भावुक हुँदै भन्नुभयो अझै मेरो १०–१५ बर्ष सक्रिय जीवन बाँकी छ । सुनसरी क्षेत्र नं. ३ मा मात्र नभएर जिल्ला र समग्र मुलुकको विकास निर्माणमा आफूले योगदान दिएको उहाँले प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो २०५६ साल पछि म नियमित रुपमा इटहरी आउन सकिन, म मधेशको नेता भइसकेको थिएँ । इटहरीको विकासमा मैले धेरै योगदन दिएको छु,
शेरा खोलाको तटबन्ध, स्यालमात्र
कराउने गैसार जाने सडक, फुसका छाना भएका विद्यालयहरुलाई जस्ता पाता, पुल पुलेसा, क्षेत्रीय रंगशालाका लागि जग्गा उपलब्ध गराएँ । बाटो अभावले साइकल काँधमा रोखेर हिड्नुपर्ने ठाउँमा आज सडक बनाएँ तर एमालेहरु विजय गच्छदारले के ग¥यो भनेर मतदातालाई उकास्छन् । आज उहाँहरु सर्रर्र मोटरमा गाउँ गाउँ पुग्नुहुन्छ, एक लाखमा विक्री नहुने जग्गा ४० लाखमा बेच्नु हुन्छ तर पनि प्रश्न गर्नुहुन्छ ।
उहाँले भन्नुभयो अहिले जनतामा जागरण आएको छ । अब एउटा परिवारले शासन गर्ने अवस्था छैन । दलित, आदिवासी, मुस्लिम, जनजाति, पिछडा वर्ग सबैलाई संविधानले समान अधिकार प्रदान गरेको छ । पहाड, हिमाल र मधेशका जनताले समान अधिकार पाएका छन् । उहाँले भन्नुभयो १० बर्ष अगाडि मैले नेपाली काँग्रेस छोड्दा रुहेको थिएँ । जुन ठाउँबाट मैले पार्टी छाड्दा रुहेको थिए त्यही ठाउँमा २०७४ असोज ३० गते फेरि एकीकरण भएको छ । संविधान निर्माणमा तीन दलका नेता तीनतिर फर्केको अवस्थामा १६ बुँदे सहमति गराएर संविधान जारी गराएको स्मरण गर्दै गच्छदारले भन्नुभयो लोकतन्त्रको विरोधमा कसैले आवाज उठाए म सहन सक्दिनँ । आज वाम गठबन्धन दुई तिहाई वहुमत ल्याएरजनवादी संविधान ल्याउने कुरा गर्छन् । लोकतन्त्रमा कही कतैबाट खतरा आएमा विजय गच्छदारले त्यसका विरुद्धमा नेतृत्व लिन्छ, उहाँले भन्नुभयो । उहाँले भन्नुभयो नेपाली काँग्रेस कहिल्यै सिद्धिदैन । जनताको अधिकार रक्षाका लागि काँग्रेस सदैव लडिरहन्छ । उहाँले भन्नुभयो १० बर्ष आफू काँग्रेसबाट अलग रहँदा पनि लोकतन्त्र स्थायित्वकालागि लडेको, सविधान बनाउन भूमिका निर्वाह गरेको काँग्रेसलाई कहिल्यै कमजोर बनाउने काम नगरेको प्रष्ट्याउनु भयो ।
मन्त्री गच्छदारले भन्नुभयो नेपाली काँग्रेसले केही गरेन भनेर आरोप लगाउनेहरुले बुझ्नु पर्छ यो देशमा नेपाली काँग्रेसले जति अरु कसैले काम गरेका छैनन् । नेपाली काँग्रेसका तीन जना प्रधानमन्त्री भए भने एमालेका पनि तीन जना प्रधानमन्त्री भए उनीहरुले के गरे ? आज मलुकमा गाउँ गाउँमा विजुली, खानेपानी, पुलपुलेसा बनेका छन्, स्वास्थ्य कार्यालय बनेका छन्, सिँचाइको समुचित व्यवस्था काँग्रेसले नै गरेको हो । मेची नदिको पुल तीन जना प्रधानमन्त्रीले शिलान्यास गर्दा पनि बनेन । उजाड भएको भद्रपुरलाई जोगाइदिन त्यहाँका स्थानीय बासिन्दाले मलाई आग्रह गर्नुभयो मैले ६ महिना भित्रमा शुरु गर्छुु भने आज त्यो बन्दै छ । कोशी नदीको चतरा उत्तरको पुल मेरै पहलमा बनेको हो । उहाँले भन्नुभयो नेपाली कँग्रेसले विकास निर्माणलाई उच्च प्राथमिकतामा राखेको छ । सिन्धुली बद्रिबास बनेपा, हुलाकी लोकमार्ग कस्ले बनाएको हो ? विकासका लागि मेरा अझै धेरै सपना छन् ।
इटहरीलाई प्रदेशको राजधानी बनाउने अभियानको नेतृत्व मै लिन्छु । चुनाव जितेर गएपछि शेरा खेलामा पुल बनाउँछु । आज एमालेहरु सपना मात्र बाँडेर हिड्छन् केही गर्दैनन् । पहिला जमिन, घर बाँड्ने सपना बाँडे आज त्यसै गर्दैछन् तर नेपाली काँग्रेस हुन नसक्ने कुरा बोल्दैन, बोलेको कुरा पूरा गरेरै छाड्छ ।
यसैगरी क्षेत्र नं. ३ प्रदेशसभा क का प्रत्यासी कुमार जंग थापाले भन्नुभयो मेरो प्रत्यासी यहाँ निःशुल्क शिक्षा, स्वस्थ्य र रोजगारका लागि नै हो । म तपाईहरुका लागि यहाँ नविन हुन सक्छु तर नेपाली काँग्रेसका लागि मैले पनि योगदान गरेको छु । हामी लोकतन्त्र संरक्षणका लागि प्रतिबद्ध छौं । यसका लागि आगामी दिनमा जस्तोसुकै योगदान गर्न तयार छु ।

