घरबाट हतियार सहित २५ थान मोबाइल बरामद

इटहरी । सुनसरीको इटहरी ४ का मनोज चौधरीको घरबाट प्रहरीले २ थान बुलेट सहित विभिन्न खाले हतियार
वरामद गरेको छ । केही दिन पहिले इटहरीकै सुजन नेपाललाई गोली प्रहार गरि फरार
रहेका चौधरीको घरबाट बुलेट सहित
तरवार ३ थान , नट कटुवा १ थान, चक्कु १ थान, लामो एयर गन १ थान , पेस्तोल ३ थान प्लाष्टिकको खेलौना बन्दुकहरु १६ थान हाते घडी ७६ थान ल्यापटप १ थान र विभिन्न कम्पनीका २५ थान मोवाइल वरामद गरेको इटहरी प्रहरीले जनाएको हो ।
इलाका प्रहरी कार्यालय इटहरीले पत्रकार सम्मेलन गरी चौधरीका घरबाट बरामद गरिएको हतियार सहितका सामाग्रीहरु सार्वजनिक गरेको हो । नेपालसंग विवाद हुँदा चौधरी गत विहिबार गोली प्रहार गरी फरार रहेका थिए ।
चौधरीले प्रहार गरेको गोली छल्न सफल भएपछि नेपाल बचेका थिए ।
गोली प्रहार गरी फरार रहेका चौधरी र सोही घटनामा संलग्न विसे चौधरीको खोजी कार्य भई रहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरिक्षक सञ्जय राउतले जानकारी
दिए । फरार चौधरीद्धय ज्यान मार्ने उद्योग र केही सार्वजनिक मुद्धामा पटकपटक पक्राउ परि सकेको समेत प्रहरी नायव उपरिक्षक राउतले पत्रकार सम्मेलनमा जानकारी दिएका थिए ।

तपाईको प्रतिक्रिया