रौतहट ÷ ठेकेदारसँग घूस मागेको भन्दै जिल्ला अस्पताल गौरका इमरजेन्सी प्रविण कुमार झालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाले पक्राउ
गरेको छ । अख्तियारको क्षेत्रीय कार्यालय हेटौडाको टोलीले झालाई एक लाख रुपैयाँ नगदसहित पक्राउ गरेको हो ।
जिल्ला अस्पताल गौरमा मरम्मत तथा रंङ्गरोगनको ठेक्का लिएका एक ठेकेदारसँग झाले रकम लिएका थिए । जापनीज सँस्था कोइकाले समेत लगानी गर्दै गरेको जिल्ला अस्पतालको स्तरोन्न्तीको कामको जिम्मा समेत उनै ठेकेदारले लिएका
थिए ।
काम गर्ने क्रममा इन्चार्ज झाले पटकपटक रकम मागेर हैरान बनाएको भन्दै ठेकेदारले अख्तियारमा उजुरी गरेका थिए । त्यसपश्चात् अख्तियारको टोलीले कार्यकक्षमै झालाई नगदसहित नियन्त्रणमा लिएको हो ।
तर, झाले भने आफूले ठेकेदारसँग सापटी रकम मागेको बताएका छन् । आफू जिल्ला अस्पतालको लेखा वा कार्यालय प्रमुख नभएकोले ठेकेदारले आफूलाई घूस दिनुपर्ने कुनै आवश्यक्ता नै नरहेको उनको भनाइ छ । ठेकेदारले आफूलाई फसाएको झाले बताएका
छन् ।
पक्राउ परेका झालाई
अख्तियारको टोलीले आवश्यक अनुसन्धानको लागि क्षेत्रीय कार्यालय हेटौडा लगेको छ ।

