इटहरी स्थित यातायात कार्यालयका लेखापाल सुरेश अधिकारी पक्राउ

इटहरी ÷ यातायात कार्यालय कोसीका लेखापाल सुरेश अधिकारी करोडौं रुपैयाँ अनियमितता गरेको आरोपमा पक्राउ परेका छन् । उनी आइतबार काठमाडौंको रानीबारीबाट पक्राउ परेका हुन् । इटहरीस्थित यातायात कार्यालयमा २०६७ फागुनदेखि काम गर्दै आएका उनले विभिन्न शीर्षकमा जम्मा हुनुपर्ने
राजस्व रकम कम्प्युटरमा गलत डाटा इन्ट्री गरेर हिनामिना गरेको
अख्तियारको भनाइ छ । उनीविरुद्ध गत असार ४ मा भ्रष्टाचार मुद्दा दायर भएको थियो ।
अधिकारीमाथि ६१ करोड रुपैयाँको भ्रष्टाचार मुद्दा दायर भएको थियो । २०७०–७२ को अवधिमा राजस्व दाखिला नगरेको आरोपमा अख्तियारले तीन उपसचिव, दुई अधिकृत र तीन लेखापाल गरी ८ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । छानबिनका क्रममा अधिकारीसहित केही कर्मचारी निलम्बनमा परेका थिए । विभाग स्रोतका अनुसार, राजस्व दुरुपयोग प्रकरणका मुख्य योजनाकार अधिकारी थिए ।

तपाईको प्रतिक्रिया