आधुनिक शहरीकरणसंगै पछिल्लो समय पूर्वका धेरै स्थानमा जग्गा प्लटिङ्गका नाममा खेतीयोग्य जमिन मासिदै गएका छन् ।
अधुनिक शहरीकरणको नाममा बर्षौदेखि खेति गर्दै आएका जग्गा प्लटिङ्ग गर्दै महगोमा जग्गा खरिद विक्री हुन थालेपछि खेतियोग्य जमिन घडेरीमा
परिणत हुन थालेका हुन् ।
साविकको पाँचकन्या गाविस तथा अहिले धरान उपमहानगरपालिका वडा नं. ४, ५ र ६ विगतमा धरानको कृषि पकेट क्षेत्रमा लिने गरिएको थियो । उब्जनी हुने धान तथा सागसब्जी उब्जनीको हिसाबले पाचकन्याले सुनसरीको चार भागमध्ये एक भाग ओगट्न गरेको थियो अर्थात ५३ हजार ५ सय खेतीयोग्य जमिनमध्ये पाचकन्यामा ६ हेक्टरमा खेती हुने गरेको जिल्ला कृषि कार्यालय सुनसरीले जनाएको छ । जिल्लाभर ८७ हजार ५ सय ५० टन धान उत्पादन हुने गरेको थियो भने पाचकन्यामाात्र ८ देखि ९ हजार क्विन्टल धान उत्पादन हुने गर्ेको कृषि कार्यालयको तथ्यांकमा उल्लेख छ । तर पछिल्लो समय १५ प्रतिशत भन्दा बढी खेतियोग्य जमिन घडेरीमा परिणत भएको स्थानीयहरु नै बताउछन् ।
पाँचबर्ष अगाडिसम्म पाँचकन्यामा लहलह धान खेती, तरकारी खेती उब्जाउने उर्वरभूमि भएको भए अहिले त्यस्तो हुनै छाडेको धरान उपमहानगरपालिका वडा नं. ६ का स्थानीय रेशम राई बताउनुहुन्छ । खेतियोग्य जमिन धमाधम प्लििटङ्ग हुने क्रमले तिब्रता पाएकै कारण विगतको तुलनामा धेरै घटेको उहाको भनाई छ ।
त्यस्तो त उब्जनी खेती बाझो
रहनुमा युवाहरु वैदेशिक रोजगारमा जानु र बसाई सराई पनि प्रमुख कारण भएको स्थानीय विश्वराज कार्की बताउनुहुन्छ । प्लटिङ्गका साथै खेती गर्ने युवावर्ग सबै विदेशिने र बसाई सराई गरी आउनेले खेतीयोग्य जग्गा घडेरीको रुपमा
खरिद विक्री गर्ने गरेका कारण पनि खेतीयोग्य जमिन मासिदै गएको उहाको भनाई छ ।
धरानमा खेतीयोग्य जमिन प्लटिङ्गमा विक्री हुन थालेपछि धरान उपमहानगरपालिकाले यसलाई रोक्न चासो देखाएको छ । केही समय अगाडि सर्दु जलाधार क्षेत्रको जग्गा समेत धमाधम प्लटिङ्ग भएपछि उपमहानगरपालिकाले धरानमा जग्गा प्लटिङ्गमा रोक लगाए पनि त्यो सम्भव हुन सकेको छैन । खेतीयोग्य जमिनलाई जोगाउन उपमहानगरपालिकाले नया योजना ल्याउन लागेको धरान उपमहानगरपालिका वडा नंं ६ पाचकन्याका वडाअध्यक्ष भुवनसिंह बस्नेत बनाउनुहुन्छ ।
सरकारले विना पूर्वाधार गाविसलाई गाउपालिका, नगरपालिका तथा नगरपालिकालाई उपमहानगरपालिका, महानगरपालिका बनाएपछि जग्गाको मूल्य ह्वात्तै बढेसंगै कृषकहरुले आफूले उब्जाउदै आएको जग्गा घडेरीमा विक्री वितरण गर्न थालेका हुन् । विगतमा यहाका खेतीबाट उत्पादन भएको धान तथा
तरकारी खेती नेपालमा खपत भएर पनि विदेश निर्यात हुने अवस्था रहेको थियो तर अहिले यी ८० प्रतिशत भन्दा बढी धान तथा चामल छिमेकी मुलुक
भारतबाट आयात गर्नुपर्ने अवस्था आइसकेको छ । सरकारले यसतर्फ बेलैमा नसोचे कृषि प्रधान देश नेपाल नारामा मात्र सीमित नहोला भन्न सकिन्न । यस तर्फ सम्बन्धित निकाय गम्भीर भएर लाग्न जरुरी छ ।

