धरान÷ सुनसरी उद्योग वाणिज्य संघ र नेपाल सरकार वाणिज्य मन्त्रालय अन्तर्गत पर्ने व्यापार तथा निकासी प्रवद्धन केन्द्रबीच शुक्रबार एमओयु सम्झौता भएको छ ।
सुनसरी उद्योग वाणिज्य संघको हलमा आयोजना भएको भएको सम्झौतामा सुनसरीमा रहेका कृषकलाई विउविजनका तथा बासबाट निर्माण हुने विभिन्न सामाग्रीको तालिम साथै धरानका विभिन्न वडाका ५ ठाउमा खुकुरी निमार्णका लागि आरन निर्माण गरिदिने भएको हो ।
यसै अनुरुप संघको कार्यालयमा वाणिज्य मन्त्रालय व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका नायव कार्यकारी निर्देशक विमल कुमार नेपाल र सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र साहबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।
सम्झौता अनुसार सुनसरी उद्योग वाणिज्य संघको मातहतमा विभागले आर्थिक बर्ष ०७४÷०७५ का लागि बार्षिक कार्यक्रम अन्तर्गत कृषक तथा व्यवसायीलाई आत्मनिर्भर बनाउनका लागि ५ वटा कार्यक्रम अगाडि ल्याएको हो । जस अनुसार बराह नगरपालिकाका २, ४ र ५ तथा रामधुनी नगरपालिकाका ६ र ७ नं वडाका ५ सय कृषकलाई मुसरीको विउ प्रदान गर्ने,रुद्राक्षमा कृषकहरुको पहुच पु¥याउनका लागि धरान १४ लाई प्रशोधन केन्द्र बनाउदै सुनसरीमा १२ हजार रुद्राक्षको विरुवा वितरण गर्ने कार्यक्रम तय गरिएको हो । यसैरी विष्णुपादुका तथा बराह नगरपालिकाका ४० जनालाई एक महिने बासका सामाग्री बनाउने तालिम प्रदान गर्ने र धरान उपमहानगरपालिकाको ५, ६, ८ , १५ र १६ वडामा खुकुरी उद्योग अन्तर्गत पर्ने आरन ५ वटा खोल्ने सहमति गरिएको छ ।
सो अवसरमा केन्द्रका कार्यकारी निर्देशक विमलकुमार नेपालले मन्त्रालयले कृषकहरुलाई सहयोग गरे पनि यसको सम्पूर्ण व्यवस्थापन सुनसरी उद्योेग वाणिज्य संघले हेर्ने बताउनुभयो । उहाले यसको अनुगमन भने मन्त्रालयले नै गर्ने जानकारी समेत दिनुभयो ।

