धरान÷धरान उपमहानगरपालिकाले धरान क्षेत्रमा रहेका सुकुम्बासीलाई व्यवस्थित गर्दै अन्य नागरिक सरह जीवनयापन गर्न सहज होस् भन्ने उद्देश्यले धरान १३ का राई टोलका ७ घर परिवारलाई शनिवार घर नम्बर प्लेट प्रदान गरेको छ ।
३२ घर घुरी रहेको राई टोलमा पहिलो चरणमा सनमान श्रेष्ठ, मनबहादृुर राई, ढाकबहादुर राई, जगबहादृुर राई, राजकुमार राइ(क),
राजुकुमार राई (ख) र पञ्चबहादुर राईलाई पहिलो चरणमा घर नम्बर प्रदान गरिएको छ । घर नम्बर प्राप्त गर्ने सुकुम्बासीले आफूहरु पनि अब नेपालको नागरिक भएको महसुस भएको बताएका थिए ।
नेपाल बसोबास बस्ती संरक्षण समाजका अध्यक्ष कुमार कार्कीले विगतमा नागरिकले विजुली, पानी र स्थायी बसोबासका लागि आन्दोलन गरेको स्मरण गर्दै विगतमा राजनीतिक दलहरुले सुकुम्बासीको समस्याका विषयमा चुनावी नारा बनाए पनि उनीहरुबाट सधै झुठो आश्वासनबाहेक केही पाउन नसकेको अवस्थामा स्थानीय सरकारले घर नम्बर दिएर बसोबास सुरक्षित गर्ने बाटो खुलाइदिएकोमा स्थानीय सरकारलाई धन्यवाद समेत दिनुभयो ।
सुकुम्बासीको समस्या समाधानका लागि आफू निर्वाचित भएदेखि नै गम्भीर भएर लागेको धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाले बताउनुभयो । सुकुम्बासी समस्याको दीर्घकालीन समस्याका लागि केही समय अगाडि हिरादेवी राईको संयोजकत्वमा सात सदस्यीय सुकु्म्बासी व्यवस्थापन समिति निर्माण गरेको काम थालेको र यही समितिले तयार गरेको तथ्यांकका आधारमा धरानमा सकुम्बासीलाई घर नम्बर दिएको बताउनुभयो । उहाले अब सुकुम्बासीले धरान उपमहानगरपालिकामा दोस्रो दर्जाको नागरिक भनेर सोच्न नपर्ने बताउभयो । यो नेपालमै पहिलो पटक धरान उपमहानगरपालिकाले सुकुम्बासीलाई घर नम्बर प्रदान गरेको बताउदै अब सुकुम्बासीको समस्या क्रमिक रुपमा सुधार लाने भएकोले ढुक्क भएर बस्न उनीहरुलाई आग्रह समेत गर्नुभयो ।

