धरान÷ धरानमा ‘पूर्वाञ्चल स्तरीय ओपन फुटसल टुनामेन्ट’ प्रतियोगिता मंसिरको दोस्रो सातादेखि हुने भएको छ । आयोजक अल स्टार क्लव धरानले शुक्रबार पत्रकार सम्मेलन गर्दै मंसिर ९ देखि ११ गतेसम्म धरानको विग फुट फुटसलको खेल मैदानमा प्रतियोगिता हुने भएको जनाएको हो । प्रतियोगितामा पूर्वभरीका करिव ४० वटा टिमहरु सहभागी हुने अध्यक्ष संजिव तामाङले बताउनुभयो । प्रतियोगितामा विजेताले १ लाख ७ हजार रुपैयासहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छ भने उपविजेताले नगद ५५ हजार रुपैयासहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । त्यस्तै उत्कृष्ट खेलाडीले नगद ३ हजार बराबरको फुटसल जुत्ता, अनुशासित टिमले नगद ५ हजार रुपैया र म्यान अफ दि फाइनलले नगद ५ हजार रुपैया प्राप्त गर्ने छन् । प्रतियोगिताबाट संकलित रकम मध्ये केही सामाजिक कार्यक्रम अन्तर्गत धनकुटाको मुलघाटस्थित विश्रान्ती आश्रममा सहयोग गरिने बताइएको छ । त्यस्तै पूर्वका
राष्ट्रिय खेलाडीहरुलाईसमेत सम्मान
गरिने भएको छ ।

