बिहिबारदेखि ललितपुरको यालमाया केन्द्रमा ५ दर्जन बढी वृत्तचित्र प्रदर्शन गरिने भएको छ । यलमायामा दक्षिण एसियाकै रोज्जा वृत्तचित्र प्रदर्शन हुँदैछ । चार दिन सम्म चल्ने मेलामा ५ दर्जन भन्दा बढी वृत्तचित्र प्रदर्शन गरिनेछ । फिल्म साउथ एसियाको यो एघारौ
संकरण हो । हरेक दुई बर्षको
अन्तरालमा यो कार्यक्रम आयोजना
गरिन्छ ।
यसपटकको कार्यक्रममा ‘वृत्तचित्रः एक साक्षी’ नारा दिइएको छ । प्रदर्शनको तयारीमा रहेका ६३ मध्ये ४५ वटा वृत्तचित्रले पाँचवटा पुरस्कारका लागि प्रतिस्पर्धा गर्नेछन् । उत्कृष्टले २ हजार अमेरिकी डलर पुरस्कार जित्नेछन् ।
त्यस्तै निर्देशकको पहिलो वृत्तचित्रमध्ये उत्कृष्टले एक हजार
अमेरिकी डलरको तारेक मसूद पुरस्कार, बालबालिकाको बिषय केन्द्रित उत्कृष्ट बृत्तचित्रले एक हजार अमेरिकी डलरको युतिसेफ पुरस्कार र विद्यार्थीहरुले निर्माण गरेकामध्येको उत्कृष्ट वृत्तचित्रले ५ सय अमेरिकी डलर पुरस्कार पाउनेछन् ।
पत्रकार कुन्द दीक्षित संयोजक र पाकिस्तानी सिनेकर्मी फरजाद नावी एवं भारतिय पत्रकार राजश्री दासगुप्ता सदस्य रहेको निर्णयक टोलीले उत्कृष्ट वृत्तचित्र छनौट गर्नेछन् ।
उक्त समितिले छानेका पुरस्कृत र अन्य प्रतिनिधि वृत्तचित्रलाई २०१८ मा ट्राभलिङ फिल्म साउथ एसियाको नामबाट दक्षिण एसिया र विश्वका अन्य भागमा प्रदर्शन गरिने जनाइएको छ ।

