गुन लगाए रे
माउवादी केन्द्र भताभुंग बनाएर झालेमालेतिर लहसिएका प्रचण्डाउले भन्या काँग्रेसलाई गुन लगाए रे । प्रचण्डाउले काँँग्रेसलाई कताबाट गुन लगाए कुन्नि ? बरु काँग्रेसले मलाई गुन लगाएको छ भन्या भा’ पत्याउनु हुन्थ्यो । आÏना काजेकर्ताहरुलाई जोर लात बजारेर झालेमालेको बुई चढ्न पुग्या प्रचण्डाउको हावादारी गफ गर्ने शैलीचाहिँ परिवर्तन भा’ रैनछ । कुत्तीको पुच्छर बाह« बर्ष सम्म ढुंग्रामा हालेर सोझ्याउन खोज्दा पनि लाष्टाँ उही कुंगु्रङ्ग भन्थे हो रै’छ । हुन प्रचण्डाउ पहिला पनि सद्धे गफ गर्ने त कहाँ हुन र ? ढाँटको खेति गर्दै आ’थे । झन यसपाली त महा चुट्किला मास्टर खप्रेओ संगत प¥या छ । घ्यु बेचुवा र तरवार सटुवा एकै ठाममा भेला भएसी’ बातै खलास । कि कसो हौ ?
गजब्बै गरेछन्
नेप्लिज लाँग्रेसका वाल्वाटारे काजीले यसपालि भने सबैको वाहवाही लुटेका छन् । उनान्सय गल्ति गरेका काजीलाई यसपटक के सनक चल्यो कुन्नि ? नेपालीलाई जबरजस्ती धर्म परिवर्तन गराए ५ बर्षको जेल सजाय, विदेशीलाई भए देशै निकाला गर्ने निर्णय गराएछन् । विदेशीको पोइसो खाएर, खुवाएर क्रिस्चियन बनेकाहरु काजीको त्यस प्रकारको निर्नयले डल्लिनु सम्म डल्लिएका छन् । काजीलाइ के सनक चढ्यो कुुन्नि ? कस्ले उचालेछ कुन्नि ? युरोपियन युनियनको माल झर्न छोडेर जंग चलेर यसो ग¥या हुन कि ? खै केही बुझ्न सकिएन । काजीले आÏनै बुद्धिले यो काम त पक्कै ग¥या हैनन् । उदारै बुद्धिले गरेको भए नि काजीको बद्धिचाहिँ यसपटक मान्नै पर्छ बा †
नानीभन्दा आची ठूलो
हाम्रा गामघरतिर एउटा उखान साह«ै चर्चित छ नानीभन्दा आची ठूलो । यतिबेला यो उखान नाममात्रका नयाँ शक्ति बाउराम भट्टराईको चरित्रसँग हुवहु मिल्न पुगेको छ । स्थानीय निर्वाचनमा उपिन्द्र जादवको चुनाउ चिन्ह सापटी लिएर चुनाव लडेका बाउराम पाहा पछारिएजस्तो पछारिए । माने उन्को नयाँ शक्ति कही उदाउन सकेन ।
विरक्तिएका बाजे बाम गठबन्धनमा दौडिएर पुगे । तर प्रचण्डाउले बाटैमा छिर्के लगाएपछि काँग्रेसका अगाडि गएर लम्पासार परे । शरणमा गएकाका लागि मरण दिनु हुँदैन भनेर गोरखाबाट काँग्रेसको आर्शीवादमा चुनाउ लड्न लाग्या बाउरामले आÏनै घोषनापत्र निनकालेछन् । आफनै जितको टुंगो लाग्या छैन । फुइøयाँको घोषना पत्र ? घोषनापत्र पनि क्या हावादारी निकालेछन् भने झालेमालेका खप्रओ नै फेल खाने खालको । बाउरामको घोषनापत्रमा समेटिएको हावादारी कुरा देख्दा खप्रओ चकित परे रे । पूर्वपश्चिम
रेलमाग बनाउने, उत्तरदक्षिण जोड्ने
रेलमार्ग निर्माण गर्ने, भारतदेखि जनकपुरसम्म स्वयम्बर रेलमार्ग निर्माण गर्ने, काठमण्डौदेखि सगरमाथासम्म केवल कार चलाउने लगायतका के के हो के के ? यसैलाई भन्छन् हगाई भन्दा पदाई ठूलो । आफ्नै जितको टुंगंो छैन फुइøयाँको घोषना पत्र ?
स्खलित भएछन्
सत्ता भनेसी’ आँचीमाथिको ढ्याक समेत उठाउने राप्रपाका कमलाउले अस्तिका दिन नेप्लिज काँग्रेसका वाल्वाटारे मुखियासँग अचम्मैको प्रस्ताव ते¥स्राएछन् । हिजोसम्म काँग्रेसलाई धारे हात लगाएर सक्तो सराफ गर्ने कमलाउले मुखियासँग भनेछन् राप्रपा र कँग्रेस एकीकरण गरम् । कमलाउको कुरा सुनेर मुखिया वा झसँग भएछन् । खुब टाइटाइ र टुईटुई गर्थे कमलाउ अबचाहिँ स्वलित भएछन् ।
राजतन्त्र र हिन्दु धर्मको नारा उरालेर प्रत्यक्षतर्फ हावा खाँदै समानुपातिकतर्फ गोडा २६ सेक सिट हात पा¥या थे । त्यसबाट पनि गोडा १२ रेक जना पशुपतिले चुँडेर लगेपछि कलमाउ बढो चिन्तामा थिए । यतिमात्र नभएर साँझमा बाख्रा खोरमा छिरेझै आफ्ना कार्जेकर्ता, नेताहरु गुरुरु गुरुरु काँग्रेसमा प्रवेश गरेसी’ कमलाउको सातो गयो । लिंठिङ्ग भोलि एक्लै भइएला भन्ने चिन्ताले उन्ले मुखिया वासँग त्यस्तो प्रस्ताव राख्या रै’छन् ।
गरिखान गठबन्धन
झालेमालेसँग पारापाचुके गरेर उपिन्द्र जादवसँगको लगनगाँठोमा बाँधिएका संघीय समाजवादी फोरमका बरिष्ठ उपाध्यक्षे अशोक राईले अस्तिका दिन इलामतिर पुगेर भनेछन् झलेमाले र माउवादी केन्दबीचको गठबन्धन कमाइ गरिखान भा’ हो रे । अकोशाउले त्यस्तो भित्री गृह्य कुरो कसरी थाहा पाएछन् कुन्नि ? हुन त त्यही पौडी खोलेर पारंगत भएर निस्किएका हुन क्यारे अशोकाउ । बाम गठबन्धनका उखान तुक्के खप्रओ भन्थे मुलुकको समृद्धि स्थायित्व र विकासका लागि हो । हैन हौ ढाँट्न पनि कतिसम्म सक्या हौ । हाम्रो गठबधन गरिखान, कमाई गर्न भनेर सिधै भन्दियाँ भए भैहाल्थ्यो नि ? धन्न अशोकाउले भित्री कुरा खोल्दिए ।
झण्डा देखाउ“दा क¥याप्प
बाल्वाटारे मुखिया माने शेरबहादुर काजी लोकतन्त्रमा विरोध गर्न, नाराबाजी गर्न, बोल्न छुट हुन्छ भनेर गुड्डी हाक्थे । तर फुइøया हुनु ? अस्तिका दिन पश्चिमतिरको खै के जति ठाम हो कुन्नि मुखिया वालाई दुई जना झोलमालेले विरोध गदैै कालो झण्डा देखाइदिएछन् । कालो झण्डा देखाउने दुुवैलाई तुरुन्तै पुलिसले क¥याप्पै बनाएछ । पुलिसले विचाराहरुलाई किन क¥याप्प्पै बनाएको होला ? विचाराहरुले कालो झण्डा त मुखिया बालाई पो देखाएका थिए । हिजो राजालाई त कालो झण्डा देखाउथे । मुखिया बालाई देखाउँदा चाहिँ क¥याप्पै पार्नु पर्ने ? त्यसरी कालो झण्डा देृखाउदा
नहेरिदिनु पनि † लण्ठै साफ ।
बुझाउ“दै बुझाएनन्
खानेबेलामा कुकुरहरु बडो झगडा गर्छन् तर अरु बेला मिल्छन् । हाम्रो देशका नेता, पूर्व साँसद, मन्त्रीहरु खाने बेलामा मिल्छन् तर अरुबेला ङयार्र–ङुर्रर्र गर्छन् । अब हेरौ न व्यवस्थापिका सांसदको विघटन भएको पनि गोडा पन्द्रक दिन पुगिसक्या छ र तर पूर्व सांसदहरुले संसद नरहेपछि आपूmले पाएका कुटनतिक राहादानी
(रातो पासपोर्ट) सात दिनभित्रमा बुझाउनुपर्नेमा अझसम्म खल्तिमा बोकेर हिडेका छन् । राज्यले उपलब्ध गराएको गाडी समेत छोडेका छैनन् । पदमै हुँदा त रातो पार्सर्पो बेचेर खल्ति भर्नेहरुले अब पदमा नभएपछि बेच्लान् भन्ने तराई भैसक्या छ । गाडी
राज्येले खोस्देला भनेर रातभरि आफै चोैकीदारी गछर्नन् रे । यस मामलामा लोकतन्त्रवादी न साम्यवादी सबैको एक मत देखिएको छ । क्या गजब छ वा †
अन्तेमा
माउवादी केन्द्रका अध्येक्षे प्रचण्डाउलाई मान्नै पर्छ वा † छोराले गोडाचारेक बुहारी ल्याउँदा नि भिœयाएकै छन्, लात्ताले हानेर भकुन्ड्याउँदा पनि स्विकारेकै छन् । उनी खुट्टालाई महत्व दिन्छन् जुत्तालाई होइन । खुट्टा भए नाथे जुत्ता त कति हो कति । अब अहिले आएर उन्ले अनौठो काम गरेका छन् । आÏनो
परिवारलाई नै राजनीतिमा स्थापित गराउने । पहिला काँग्रेसको बुई चढेर छोरीलाई स्थापत रे । अहिले झलेमालेका बुई चढेर बुहारी, ज्वाई, श्रीमति, छोरीलाई स्थापित गराउने ध्याउन्नमा लाग्या छन् । यो हो नि तरिका अरुले यस्तो गर्नै सकदैनन् ।
