अधिनायकवादीहरुले नेपाली काँग्रेसलाई पराजित गर्ने सपना नदेखे हुन्छ राजनैतिक स्थायित्व, लोकतन्त्रको संरक्षण, समृद्धि, प्रेस स्वतन्त्रताका लागि नै का“ग्रेसलाई भोट

इनरुवा÷आगामी मंसिर १० र २१ गते हुने एकै चरणको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा नेपालका सम्पूर्ण वामपन्थी शक्तिहरु एक ठाउँमा उभिए पनि नेपाली काँग्रेसलाई
परास्त गर्न सक्ने क्षमता उनीहरुमा नरहेको सोमबार यहाँ आयोजित कार्यक्रममा काँग्रेसका प्रभावशाली नेता तथा स्थानीय कार्यकर्ताहरुले बताएका छन् ।
स्थापना कालदेखि नै लोकतन्त्र प्राप्तिका लागि आन्दोलन गरेको, मुलुकको समृद्धि, वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रता काँग्रेसको आदर्श भएकोले अधिनायकवादी शक्तिहरुलाई जनतो आगमी निर्वाचनमा नङ्ग्याइदिने उनीहरुको कथन थियो ।
नेपाली काँग्रेस जिल्ला कार्यसमिति सुनसरीद्वारा पार्टी कार्यालय परिषरमा आयोजित शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रमका आकर्षक व्यक्तित्व उपप्रधान, संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले अधिनायकवादीहरुले नेपाली काँग्रेसलाई परास्त गर्छु भनेर दिवास्वप्न नदेख्न चुनौति दिनुभयो । केही दिन अगाडि लोकतान्त्रिक
फोरम र नेपाली काँग्रेसबीचमा एकीकरण भएपछि पहिलो पटक नेपाली काँग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित प्रभावशाली व्यक्तित्व गच्छदारको स्वागतमा जिल्लाका ठूलो संख्यामा नेपाली काँग्रेसका कार्यकर्ताहरु उपस्थित भएका थिए ।
सो अवसरमा बोल्र्दै उपप्रधान, संघीय मामिला तथा स्थानीय विकास मन्त्री गच्छदारले भन्नुभयो, अधिनायकवादीहरु एक ठाउँमा उभिए पछि लोकतन्त्र कमजोर हुने चिन्ताले आफू नेपाली कँग्रेसमा फर्किएको हुँ । समयको माग अनुसार नै आफू काँग्रेसमा फर्किएको बताउदै गच्छदारले भन्नुभयो राजनैतिक अस्थिरता र मुलुकको आवश्यकतालाई मैले महसुस गरेको छु । यतिबेला अर्थात नेपाली काँग्रेस कमजोर हुँदा नेपालमा लोकतन्त्र समेत धरापमा पर्ने भएकोले लोकतन्त्रको रक्षा, मुलुकको समृद्धि आÏनो पहिलो प्राथमिकता भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो लोकतान्त्रिक फोरम र नेपाली काँग्रेको एकताले बाम गठबन्धन धरापमा परिसकेको छ ।
नेपाली काँग्रेसका अर्का प्रभावशाली व्यक्तित्व, केन्द्रीय सदस्य तथा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भन्नुभयो विजय गच्छदारको भूमिका हिजो भन्दा आज झन बढेर गएको छ । दश बर्षपछि उहाँ जस्तो व्यक्तित्वलाई नेपाली काँग्रेसले पाउँदा आम काँग्रेसका कार्यकर्तामा उत्साह छाएको छ, नयाँ रक्तसञ्चार भएको छ । अब पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म नेपाली काँगेसलाई कुनै शक्तिले हराउन सक्दैन । सुनसरीका चार क्षेत्रमा अब आगामी मंसिर २१ गते नेपाली काँग्रेसको झण्डा फहराउनेमा पनि कार्कीको विश्वास थियो । अर्थमन्त्री कार्कीले भन्नुभयो राजनीति समाज परिवर्तनका लागि हो । हिजो आफूहरु जेलमा बस्दा, यातना भोग्दा ठूला ठूला पदमा पुगौला भन्ने सोच थिएन, अहिले पनि छैन । नेपाली काँग्रेस नेपाल र नेपालीको भविष्य बोकेको पार्टी हो । आगामी निर्वाचनमा नेपाली काँग्रेसले जितेमात्र नेपाल र नेपालीको भविष्य सुरक्षित हुन्छ । उहाँले भन्नुभयो नदीलाई व्यवस्थित गर्दा त्यसबाट ऊर्जा, खानेपानी, सिँचाई प्राप्त हुन्छ व्यवस्थित गर्न सकिएन भने बाढीले तहसनहस बनाउँछ । उहाँको कथन थियो प्रदेश नं. १ देशकै समृद्ध प्रदेश बन्न सक्छ । यहाँ धेरै नदी नाला छन् । अरुण थर्ड जस्तो चर्चित नदी यही छ । जसले नेपालको अर्थतन्त्रमा ठूलो परिवर्तन ल्याउन
सक्छ । अब अरुण थर्ड अगाडि बढ्छ । यही नेपाली काँग्रेसको सरकारले अगाडि बढाउँछ । अरुण थर्डमा लाख हैन,
करोड हैन, अरबमा हैन खरबमा लगानी हुन्छ जसले प्रदेश नं. १ लाई कायापलट गरिदिन्छ ।
केन्द्रीय सदस्य कार्कीले भन्नुभयो म भोजपुरको मान्छे अब सुनसरीलाई कर्मथलो बनाएर यहाँहरुको सेवा र समृद्धिमा लगाउँछु । यो जिल्लालाई नमूना जिल्ला बनाउन अब आÏनो योगदान रहने छ । आगामी मंसिर २१ गते हुने निर्वाचनमा यस जिल्लाका चारै क्षेत्रबाट नेपाली काँग्रेसलाई जिताउन उहाँले कार्यकर्तालाई एक ढिक्का भएर अगाडि बढ्न आग्रह गर्दै भन्नुभयो नेपाली काँग्रेसलाई देशबाट अब कसैले हराउन सक्दैन । हालको वाम गठबन्धन देशलाई एक दलीय अधिनायकतर्फ लैजाने ग्रायन डिजायन भएकोले लोकतन्त्रवादीहरु सचेत हुनुपर्नेमा पनि उहाँको आग्रह थियो ।
यसैगरी वाणिज्य मन्त्री मिनबहादुर विश्वकर्माले मुलुकमा लोकतन्त्रको स्थायित्व, समृद्धिका लागि नेपाली काँग्रेसको विकल्प नभएकोले साम्यवादी अर्थात वाम गठबन्धनको झुठा कुरामा नअल्मलिन सबैलाई आग्रह गर्नुभयो ।
नेपाली काँग्रेस सुनसरीका सभापति राजीव कोइरालाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा फोरम लोकतान्त्रिकका महामन्त्री चन्देश्वर खत्वे, नेविससंघका पूर्व केन्द्रीय सभापति एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरे, पूर्व राज्यमन्त्री सीताराम मेहता, पूर्व गृह राज्यमन्त्री हरि सापकोटा, दुहवी नगरपालिकाका प्रमुख वेद गच्छदार, इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, नेपाली काँग्रेस इटहरी उपमहानगर समितिका सभापति हेमकर्ण पौड्याल, सुनसरी क्षेत्र नं. १ का सभापति सुरेश मान श्रेष्ठ, केही दिन अगाडि नेपाली काँग्रेसमा प्रवेश गर्नुभएका राप्रपाका महामन्त्री तथा पूर्व अञ्चलाधीश नरेन्द्र चौधरी,नगेश चन्द राई, विजया कटुवाल, नेपाल तरुण दल सुनसरीका सभापति सिजन गुरुङ्ग, नेविसंघ प्रदेश नं. १ का संयोजक विकास केसी, फोरम लोकतान्त्रिको विद्यार्थी मञ्चका केन्द्रीय सभापति कपिलेश्वर यादव, राजीव ढुंगाना, जमिल आजाद, मेहदी हुसैन, हरि भण्डारी, फोरम लोकतान्त्रिकका जिल्ला सभापति प्रदीप चौधरी, सुमित्रा विश्वास लगायतले लोकतन्त्र रक्षाकालागि नेपाली काँग्रेसलाई आगामी निर्वाचनमा विजय गराउन आग्रह गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया