धरान÷ नेपालीहरुको महान पर्व बडादशैको अवसरमा इजिराइडर्स विजनेस ग्रुप प्रा.लिले दशै शुभकामना साझको आयोजना गर्ने भएको छ ।
आयोजक इजिराइडर्सले आइतबार धरानमा पत्रकार सम्मेलनको आयोजना गरी ७ गते देखि १२ गते सम्म धरानमा दशै साझको आयोजना गर्ने भएको हो । सम्मेलनमा जानकारी दिए अनुसार धरान १५ बाझगरास्थित होटल इजि राइर्डसको प्राङ्गणमा ६ दिनसम्म हुने दशैं शुभकामना सांझमा नेपालका अधिकांस गायक कलाकार, अभिनेत्री, हास्यकलाकारहरु देखि भारतको कोलकताका चर्चित व्याण्डको पनि प्रस्तुती रहने छ ।
धरानमा आइतबार पत्रकार सम्मेलन गर्दै इजि राइर्डस विजनेस गु्रप प्रालिका अध्यक्ष लोक खापुङ्ले भने, ‘दशैंको अवसरमा लामो विदा हुन्छ । कतिपय धरान घुम्न आउनेहरु हुन्छन् । उनीहरु र स्थानीयलाई मनोरन्जन दिन ६ दिनसम्म मनोरन्जनात्मक कार्यक्रम गर्ने निर्णय भएको हो ।’ असोज ७ गते पहिलो दिन चर्चित कलाकार आस्था राउतको प्रस्तुतिवाट सुरु हुने छ ।
होटल इजि राइर्डसका निर्देशक मणिराज राईका अनुसार प्रत्येक सांझ धरानका दर्जन स्थानीय सांगितिक व्याण्डले आफ्नो प्रस्तुती सकेपछि असोज ८ गते सविन राई र विल्सनविक्रम
राई तक्मे वुढा, ९ गते इन्दिरा जोशि, १० गते सुगम पोख्रेल, ११ गते कोलकाताका जिन्फर फिट व्याण्डका अभिषेक गुरुङ्ग र १२ गते कमल खत्रि, नायीका शुष्मा कार्की र नायक पल शाहको प्रस्तुति रहनेछ ।
धरानको व्याण्डहरुमा तपस्वि व्याण्ड, वायल डिङ्कस, पल एण्ड फ्रेन्डस, प्रोजेक्ट फाइभ, महेन्द्र एण्ड टिम, नेक्सस व्याण्ड र गरिमा डान्सको प्रस्तुति रहने इजिराइर्डस विजनेस ग्रुप प्रालिका निर्देशक दोर्पध्वज राईले बताए ।
