धरान÷नेपाल कम्युनिष्ट पार्टी
(नेत्रविक्रम चन्द) ले कुनैपनि हालतमा भारतर्लाइ कोशी हाइड्याम बनाउन नदिने घोषणा गरेको छ । कोशी हाइड्यामको प्रारम्भ देखि नै विरोध गर्दै आएको नेकपाले हाइडयाम नेपाल र नेपालीको हितमा नभएको भन्दै शनिवार पत्रकार सम्मेलन मार्फत एक विज्ञप्ती समेत प्रकाशित
गरेको छ ।
नेकपा सुनसरीका इन्चार्ज प्रज्वल श्रेष्ठ, सुनसरी सेक्रेटरी पवन, नेकपाका केन्द्रीय सदस्य एवम् कोशी व्युरो इन्चार्ज नविन, पार्टीका केन्द्रीय जलस्रोत विभाग प्रमुख रामपसाद राईको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा जारी विज्ञप्तीमा भनिएको छ नेपालका शासक वर्गले आफनो सत्ता, कुर्सी र स्वार्थका लागि राष्ट्रघाती तथा जनघाती सन्धी सम्झौताहरु गर्दै आएका छन् ।
विज्ञप्तीमा भनिएको छ भारतीय शासक वर्गले नेपालको जलसं्रोतमाथि सदैव गिद्धेदृष्टि राख्दै आएको छ । सत्ताका लागि जलस्रोत सुम्पने पुरानै परम्परालाई
निरन्तता दिँदै हालै प्रधानमन्त्री शेरबहादर देउवाले भारत भ्रमणको सिलसिलामा
भारतीय प्रधानन्त्री नरेन्द्र मोदीसँग गरेको ४६ बुँदे सहमतिको २८ नं. बुँदामा कोशी नदीमा उच्च ड्याम बनाउने उल्लेख छ जुन राष्ट्रघाती सहमति प्रति नेपाल कम्युनिष्ट पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।
सम्झौता अनुसार पूर्वी पहाडी जिल्लाहरुलाई तालमा परिणत गरेर
भारतमा पानी र विजुली लैजाने भारतीय शासक वर्गको पुरानै योजना हो । यसलाई कुनै पनि देशभक्त नागरिकहरुले स्विकार गर्दैनन् र यसको जनस्तरबाट विरोध र प्रतिरोध आवश्यक छ । विज्ञप्तीमा भनिएको छ सुनसरी जिल्ला अन्तरर्गत बराह क्षेत्रदेखि १.६ किमी माथि सुनखम्बीमा धनकुटा जिल्लाको आहाले र उदयपुर जिल्लाको मैनामैनीसम्म १ किमी लामो २ सय ६९ मिटर अग्लो बाँधमा १३ अर्ब ४५ करोड घनमिटरको विशाल ताल बनाउँदा धनकुटा, उदयपुर, भोजपुर, सिन्धुली, ओखलढुंगा, रामेछाप, खोटाङ, तेह्रथुम, पाँचथर, संखुवासभा लगायतका जिल्लामा अरुण, तमोर, सुनकोशी नदीको जलाधार क्षेत्रका भुभागहरु डुब्ने र लाखौ नागरिक विस्थापित हुने र तल्लो क्षेत्रमा रहेको पूर्वी मधेशको सम्पूर्ण भुभाग उच्च जोखिम र क्षति हुने सम्भवना
रहन्छ । पूर्वी क्षेत्रको चुरे पहाडको भु–बनोट अत्यन्तै कमजोर भएको हुँदा भौगर्भिक तथा वैज्ञानिक दृष्टिले समेत उपयुक्त नभएकोले सप्तकोशीमा उच्च बाँध बनाउन दिनुहुँदैन ।
विज्ञप्तीमा अगाडि भनिएको छ सम्झौताका विरुद्धमा र खारेजीको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी कोशी व्युरोले भाद्र २२ गते धरानमा वृहत जनप्रर्दशनको आयोजना गर्ने जनाएको छ ।
त्र
