विश्व हिन्दु महासंघ सुनसरीको अध्यक्षमा पुन ः आनन्दप्रसाद आचार्यलाई चयन गरिएको छ ।
महासंघको भदौ १६ र १७ गते भएको तेस्रो महाधिवेशनबाट अध्यक्षमा आचार्यसहित पदाधिकारी चयन गरिएको हो ।
यसैगरी उपाध्यक्षमा लोकनाथ सुवेदी, लक्ष्मी पराजुली, प्रा.डा. चन्द्रमणि नेपाल रहनु भएको छ भने सचिव र कोषाध्यक्षमा क्रमशः हरेराम कर्माचार्य र खजाञ्चीदाश अग्रवाल रहनु भएको
छ । यस्तै सदस्यहरुमा क्रमश ः सह प्राध्यापक पूर्णशंकर गौतम, विनायक वस्ती, शिवकुमारी खनाल, उद्धवपसाद अधिकारी, लोकनाथ लुइटेल, देवेन्द्र वास्तोला, वीरेन्द्रसिंह थापा, भक्त श्रेष्ठ, दुर्गा काफ्ले, सुभद्रा सवेदी, सुशिला श्रेष्ठ, चन्द्रबहादुर घिमिरे, भक्तबहादुर कटुवाल, कमल दाहाल र प्रवक्तामा धर्मराज तिम्सिना रहनु भएको छ ।
सम्मेलनका अवसरमा सहभागीहरुले २५ बुदे प्रास्ताव महासंघ जिल्ला सुनसरीका सल्लाहकार डा. गोपालप्रसाद भण्डारीले पढेर सुनाउनु भएको थियो । जसमा नेपाली जनताले परापूर्वकालदेखि अवलम्बन गर्दै आएको वैद्धिक सनातन हिन्दु धर्म र आस्थालाई अक्षुण्ण राख्न नेपालको मूल संविधान र प्रादेशिक नियम कानुन यसको स–सम्मान उल्लेख हुनुपर्र्छ, वैद्धिक सनातन हिन्दु धर्मको रक्षा र पालना गर्न, जनतामा नैतिक आचारण कायम राख्न, राष्ट्र र राष्ट्रियताप्रति इमान्दर बनिरहन ज्ञानको अखण्ड स्रोतका रुपमा रहेको संस्कृत भाषाको पठन पाठनलाई सबै शैक्षिक तहमा अनिवार्य रुपमा समावेश गराइनु पर्ने उल्ललेख
गरिएको छ । यसैगरी २५ बुदे प्रस्ताव पत्रमा प्रत्येक जाति, समुदायद्वारा मान्दै आएका सँस्कार, संस्कृति र आस्थालाई खलल पुग्ने कुनै नियम, कानुनन तर्जुमा गरिनु हुन्न साथै जनताका वौद्धिक र आर्थिक कमजोरीको दुरुपयोग गर्दैै जबरजस्ती धर्म परिवर्तन गराउने प्रवृत्तिको अन्त्य गराउनु पर्छ, सामाजिक विभेद, छुटाछुत तथा दलित जातिलाई अपदृश्य मान्ने पमपराको अन्त्य गराउनु पर्छ र दलितको जात सूचक पदलाई सहमतिय आधारमा परिवर्तन गर्नेपर्ने रहेको छ । भगवान पशुपतिनाथको दर्शन गर्न आउने जुनुुकै रंग वा वर्णका मानव समुदायलाई पूजा आराधना गर्ने छुट दिनुपर्छ,, गोरा वा काला रंगका दिन्दुलाई विभेद गर्ने पूर्व परम्परको अन्त्य गर्नुपर्दछ, वैदिक सनातन धर्ममा मूल ग्रैन्थहरु वेद, उपनिषद वेद, रामायण, महाभारत, अठार पुराण, श्रीमदभगवद्, गीता आदिका मूल अभिप्राय, तात्पर्य र ज्ञानका सुत्रहरु जनसमक्ष ल्याउन वातावरण बन्नुपर्दछ, हिन्दु धर्मका मूल आधार मानिएको मन्त्रीमा ॐ कार उच्चारण गर्ने सम्पूर्ण वैदिक सनातन, वौद्ध, जैन, शिख, सूर्य, प्रकृति, पथ्वी, जल, आकाश र अन्तरिक्ष पुजक समुदायका आस्था, विश्वास र अनुषठानप्रति सम्मानभाव दर्शाउदै विश्ववन्धुत्वलाई घनीभूत बनाउदै लैजानु पर्दछ भनी प्रस्ताव पत्रमा उल्लेख गरिएको छ । यसैगरी गोवंशको सुरक्षाको लागि कानुन निर्माण गरी प्रत्येक प्रदेशमा गौशालाहरु सञ्चालन गर्ने र र राष्ट्रलाई दूध उत्पादनमा आत्मनिर्भर बनाउनुपर्छ, मठ मन्दिर, गुम्बा, धर्मशाला, विहारहरुको सुरक्षा र संरक्षणका लागि तिनीहरुका आयस्रोतमा लगाइदै आएको कर छुट गरिनुपर्छ, नेपालको प्रतिष्ठा अन्तर्राष्ट्रय क्षेत्रमा पु¥याउन आजीवन आध्यात्मिक क्षेत्रमा समर्पित हुनुहुने योगी नरहरीनाथ, डा. स्वामी प्रपन्नचार्य, डा. स्वामीरामानन्द गिरी, सन्तशिरोमणि आयार्च, खेपराज केवशरण, आचार्य छविलाल पोख्रेल, वाचन शिरोमणि नारायप्रसाद पोख्रेल, युवा विद्वान जनार्दन घिमिरेहरुका योगदान अविस्मरणीय बनाइरहन उहाँहरुको नाममा अक्षय कोष स्थापना गरी हिन्दु धर्म र दर्शनमा अब्बल ठहरिएका प्रतिभावहरुलाई विद्वत्वृत्ति प्रदान गरी ज्ञान र दर्शनका खोजलाई पुनर्ताजगी बनाउनुपर्छ, नेपालका वृक्ष वनस्पतिहरुको विशद अध्ययन गरी प्रादेशिक स्तरमा आयुर्वेदिक प्रयोगशालाहरु स्थापना गर्दै आयुर्वेदिक औषधि उत्पादनबाट राष्ट्रलाई आत्मनिर्भर बनाउनुपर्छ, बालबालिका, नारी तथा श्रमिकवर्गप्रति गरिने कुनै किसिमका भेदभाव, अन्याय, अत्याचार, शोषण, दमन र मानवताविरोधी गतिविधि असहमति जनाउदै तत्काल तिनीहरुको सुरक्षा स्वाभिमान स्थापित गराउन जोड दिनुपर्छ । यसैगरी धार्मिक विकृति, संकीर्णता र अधविश्वासको अन्त्यका लागि पहल गर्नुपर्छ, धार्मिक अहङ्कार प्रदर्शन नगर्ने र सबै धमप्रति सद्भाव र सहिष्णुता कायम गर्ने साथै धार्मिक कलह नगर्ने नगराउने वातावरण तयार गर्नुपर्छ, पारिवारिक विखण्डननलाई
रोकने चेष्टा गरी परिवार र समाजका ज्येष्ठ अभिावकको सम्मान, सेवा र सुरक्षामा सचेष्ट रहनुपर्छ, श्रीमद्भागवत सप्ताहजस्ता पौराणिक अुनष्ठानलाई मर्यादालाई विचलन हुन दिनुहुदैन, पूर्वाञ्चलको प्रसिद्ध तीर्थस्थल बराहक्षेत्र लगायत धार्मिक केन्द्रहरुको दीगो
सुरक्षा प्रबन्ध मिलाई बराहक्षेत्रमा कोका र कौशिकी संगममा सन्ध्या आरती सञ्चालन गरिनुपर्छ, सप्तकोशी नदीको पवित्रतालाई अक्षुण्ण राख्न पहल
गरिनुपर्छ, भक्तजनलाई आवातजावत गर्न धरान–चतरा सडक, चतरा–बराहक्षेत्र पक्की र सुरीक्षत सडक अविलम्ब निर्माण हुनुपर्छ, बराहक्षेत्र, दन्तकाली, पिण्डेश्वर, बुढासुब्बा, पञ्चकन्या जस्ता यस जिल्लाका सम्पूर्ण मठमन्दिर, गुम्बा, विहारहरुलाई समयसापेक्ष बजेट निकासा हुनुपर्छ यस जिल्लामा रहेका असहाय, अपांग तथा अशक्त सेवा केन्द्रहरुलाई भरपर्दो आर्थिक सहयोग उपलब्ध गराउनुपर्छ, जिल्ला
स्तरमा धार्मिक समन्वय समिति गठन गरिनुपर्छ, प्रदेश र केन्द्रस्तरमा धर्मसंरक्षण मन्त्रालय स्थापित हुनुपर्छ, रुद्राक्षण्यको महिमा प्रवद्र्धन गर्न जनतालाई जागरुक गराउन प्रभावकारी कार्यक्रम ल्याउनुपर्छ, प्राचीन ग्रन्थहरुको संकलन र संरक्षण गरी पुस्तकालय स्थापना गरिनुपर्छ भन्ने कुरा उल्लेख गरिएको छ ।

