यहँ“बाट भएका विभागीय कारबाहीमा धेरैलाई कारबाही भएको छ, १२ वटा जति हामीले स्टि· गरेका छौं

प्रेम प्रसाद भट्टराई । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीका कायम मुकायम क्षेत्रीय प्रमुख । प्रशासनिक क्षेत्रमा लामो अनुभव बटुल्नु भएका भट्टराईले विकास निर्माण, राजस्व, न्याय क्षेत्रमा समेत काम गरिसक्नु भएको छ ।
सानै उमेरमा सरकरी सेवामा प्रवेश गर्नुभएका भट्टराईले एजुकेटिव लेवल अर्थात अफिसर तहमा काम शुरु गर्दा क्षेत्रीय प्रशासन कार्यालय धनकुटा, प्रमुख जिल्ला अधिकारी तेह्रथुम, प्रमुख जिल्ला अधिकारी भोजपुर, स्थानीय विकास अधिकारी सुनसरी, स्थानीय विकास
अधिकारी सप्तरी, स्थानीय विकास अधिकारी धनकुटा, स्थानीय विकास अधिकारी काभ्रेकोसमेत कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।
कार्यक्षमता, दक्षता, कार्य कुशलता, लामो अनुभव र इमान्दारिताकै कारण उहाँ पछिल्लो पटक अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय हुँदै ८ महिना अगाडि आयोगको क्षेत्रीय कार्यालय इटहरी आइपुग्नु भएको हो । पूर्वाञ्चलका १६ जिल्लामा अख्तियार दुरुपयोग सम्बन्धी परेका उजुरीमाथि छानविन गर्ने, भ्रष्टाचार कसुर गर्दा गर्दैको अवस्थामा फेला परेकालाई
गिराफ्तार गरी कारबाहीका लागि सम्बन्धित निकायमा पठाउने, भ्रष्टााचार विरुद्ध जनचेतना मुलक कार्यक्रमहरु सञ्चालन गर्ने, राज्यको गुमेको राजस्व पुर्ताल गराउने जस्ता कार्यहरुले भट्टराईको कार्यकालमा तिब्रता पाएको छ । यसपटक हामीले इमान्दारितापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्ने, शालीन एवम् प्रष्ट व्यक्ति भट्टराईसँग उहाँकै कार्यक्षेत्र भित्र रहेर भलाकुसारी गरेका
छौं । प्रस्तुत छन् भलाकुसारीका सारसंक्षेप ः

७अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालयमा आउनु भन्दा अगाडि धेरै सरकारी कार्यालयहरुमा तपाईले आफ्नो अनुभव शेयर गरिसक्नु भएको छ । अन्य कार्यालय भन्दा भिन्न प्रकृतिको अख्तियारमा आउँदाचाहिँ हाल कस्तो अनुभव गदैै हुनुहुन्छ ?
–यो कायार्लयचाहिँ कस्तो हो भने अरुलाई रेगुलेट गर्ने भएकोले जनताका प्रत्यक्ष सरोकारसँग चाहिँ सम्पर्क कम हुने हुन्छ । हामीले जनताका लागि गरिएका कामहरुको अनुभवको विषयमा अथवा जनताका लागि
गरिएका कामको अनुगमन गर्नुपर्ने भएकोले यो अलि अप्ठेरो खालको सम्पर्क गर्न नमिल्ने हुन्छ । यहाँहरुको मिडिया पनि यसरी क्लोज कन्ट्याक्टमा रहेर सार्वजनिक हुनुपर्ने हुन्छ । एलडिओ, सिडियो भएको भए फिल्डबाटै मैले यो काम गरेँ यो मिडियामा पठाउँ भन्ने हुन्थ्यो । हामीले चाहिँ जनताका लागि काम गरिएका काममा हिनामिना भयो त्यहाँ स्वार्थ बाझियो, त्यहाँ आर्थिक
कारोबार भएको छ भने त्यसको छानबिन गर्नुपर्ने निकाय भएकोले योचाहिँ अलि भिन्न ठाउँ हो । खासगरी कार्यकारीको काममा निगरानी
राख्नुपर्ने भएकोले काम पनि फरक ढंगले नै गर्नुपर्ने हुन्छ । फरक ढंगले गर्नका लागि एउटा सीमाभित्र बस्नुपर्छ । त्यो सीमामित्र म बसेको छु । म यो पूर्वाञ्चलको १६ जिल्ला हेर्छु । म धेरै ठाउँमा भिजिवल हुन्न र मैले देखिनु पनि हुन्न । तर देखिने ठाउँमा देखिनु पनि पर्छ । त्यसैले यो अलिकति सीमा भित्र रहेर कार्य सम्पादन गर्नुपर्छ र यो काम कठिन पनि छ ।
७अहिले यो ठाउँमा बसेर काम गर्दा के कस्ता अप्ठेराहरुको महसुस गर्नुभएको छ यहाँले ?
–खासगरी अप्ठेरा भनेको यो कार्यालयले परिकल्पना गरेको भ्रष्टाचारमुक्त समाजको निर्माण हो । भ्रष्टाचारमुक्त समाज निर्माण अख्तियारले गरिदिओस् भन्ने जनताको चाहना हो । यो काम अख्तियारले मात्र गर्न सक्दैन भन्ने कुरा हामीलाई थाहा छ र हामीले त्यो कुरा जनतालाई बुझाउन सकिरहेका छैनां । भ्रष्टाचार नियन्त्रण गर्ने, भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने, भ्रष्टाचारमुक्त सार्वजनिक सेवा गर्ने कुराचाहिँ कार्यकारी मातहतको हो । मन्त्री परिषद्, प्रधानमन्त्री मातहतका सम्पूर्ण सरकारी कार्यालयहरुभित्र
रहन्छ । उहाँहरु अनियमितता गर्दै जाने हामीचाहिँ छानबिन गर्दै जाने हो भने यो चाहिँ नेभर इन्डिङ्ग अर्थात कहिल्यै समाधान हुँदैन । कहिल्यै नसकिने यात्रा हुन्छ । हामी १६ जिल्लामा क्रियाशील छौं, ५० जना स्टाफ छौं । १६ जिल्ला त एक बर्षमा हिडेर मात्र पुगिन्छ । १६ जिल्लामा कमसेकम एक सवालाख कारोबार हुन्छ । एक सवालाख कारोबारमा हामी १५ सय उजुरीमात्र हेर्छौं । एउटै मालपोत कार्यालय झापा, मोरङ्ग, सुनसीमा हेनेै को भने महिनाको १५ सय कारोबार हुन्छ । हामी उजुरीका आधारमा १५ सय कारोबारमात्र
हेछौं । त्यो पनि हामीलाई धेरै
भइरहेको छ ।
७यहाँले भन्न खोज्नुभएको जनशक्तिको अभाव हो ?
–जनशक्तिको अभाव भन्दा पनि हामीले साँकेतिक रुपमा काम गरिरहेका छौं । साँकेतिक रुपमा काम गर्दा कार्यकारी अस्थिर भएकोले वा कार्यकारी अस्थिरताको फाइदा कर्मचारी वर्गले उठाए, बीचका वर्गले उठाए । हाम्रो माहोल बन्न सकेन । मैले भन्न खोजेको कर्मचारी धेरै, जिल्लैपिच्छे राखेर पनि यो नियन्त्रण हुने स्थिति होइन । यो प्रवृत्ति हो । प्रवृत्तिमा कर्मचारीले इमान्दारिता देखाउनु प¥यो । कर्मचारीलाई इमान्दार बनाउन प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को माहतमा टपैदेखि प्रधानमन्त्री तथा मन्त्री परिषदको निकाय मन्त्रलयका मन्त्री, सचिव, महाशाखा प्रमुख, कार्यालय प्रमुखहरु बढी सजग हुनुभयो भने हामो कार्यालयको अब्जेक्टीव पूरा हुन्छ ।
७सबै इमान्दार होलान र ? किनकि यहाँ त सिस्टम नै बिग्रिसकेको छ । सबै अहिले अख्तियारकै भर परिरहेका छन् । यसलाई तपाई कसरी लिनुहुन्छ ?
–त्यही नहुँदा त हाम्रो स्टिङ्गमा पर्ने गरेका छन् । यो साउन महिनामात्र अर्थात आर्थिक बर्ष शुरु हुनासाथ तीन वटा स्टिङ्गमा
परिसकेका छन् ।
७तीनवटाको नाम भनिदिनोस् न ?
–तीनवटामा डिभिजन सहकारी कार्यालय लहान, दुहवी विद्युत प्राधिकरण ग्राहक सेवा कार्यालय, गाउपालिक ाबोरिया सप्तरीका कर्मचारी स्टिङ्गमा परिसकेका छन् । त्यसैले यो सुखद छैन । सबैले सुनिसक्नु भएको छ ६१ करोडको घोटालामा ८ जना कर्मचारी परिसकेका छन् । कार्यालय प्रमुख नै
रिटयर्ड हुन लागेको, रिटायर्ड भएको, एउटा अब्बल दर्जाको, दुई वटा लेखा अधिकृत, ती जना लेखा पाल परिसकेका छन् । यसरी जाँदा हामीले तलदेखि माथिसम्म सबैलाई हेरिरहेका छौं । यो बेथितिको पराकाष्ठा भएको कारणले यस्तो भएको हो । कार्यकारिीले नियन्त्रण गरिदिएको भए हरेक अड्डामा हुने मोलाइजाको हकमाचाहिँ त्यो कार्यालय प्रैमुख अपडेट हुनुपर्छ । मेरो अड्डामा कहाँ कहाँ लिकेज छ, कहाँ कहाँ क–कस्ले सेवाग्राहीसँग मोलाइजा गरिरहेका छन् त्यो नियन्त्रण गरिदिने हो भने सबै कुरा नियन्त्रण हुुन्छ । रामराज्य त संसारमा कहीँ छैन । संसारका १ सय ७५ वटा देशमा भ्रष्टाचारको अवस्था बारेमा छलफल हुँदा त्यसमा १ नं.मा वा सबैभन्दा कम भ्रष्टाचार हुने देशचाहिँ डेनमार्क, फिनल्याण्ड, स्विडेन हुन् । त्यो देशमा पनि सतप्रतिशत भ्रष्टाचारमुक्त छैन त्यहाँ पनि माछा मार्न पाइने, सेक्टरमा कर्मचारी सरुवा भएर जान चाहदा रहेछन् । भनेपछि त्यहा पनि सयमा सय छैन । त्यसैले रामराज्य त रामकै पालामा थियो होला । यो बढ्ने कारण धेरै छन् । यो अड्डाले मात्र सक्दैन नियन्त्रण गर्न मैले अघि पनि भनिसकेँ । एउटा घरमा बाबु छन् बाबुले घर सञ्चालन गर्ने, चार भाई छोरा छन् । तर ती
छोराहरुले घरैको धान चोरेका चो¥यै गरे भने बाबुले कतिलाई समाउने ? कतिलाई कुट्ने ? त्यसैले कार्यकारी मातहतका एजेन्सीहरुले आफूलाई ट्रान्परेन्सी राखिदिए पुग्छ । पहिला मन्त्री हुँदा, सचिव हुँदा सपथ खाएका थिए । म ईश्वरको नाममा सपथ लिन्छु, देश र जनताको हितमा लाग्छु भनेका थिए । सबैले हामी जनतालाई साथ दिन्छौं, इमान्दारीपूर्वक जनताको काम गछौंै भनेका थिए ।
७तर त्यस्तो कही देखिएन नि हैन ?
–त्यही त विडम्बना हो । मालपोतको कार्यकारी समातेका छौं, यातायातकालाइ समातेका छौं, विद्युत प्राधिकरण, सहकारीलाई समातेका छौं । त्यो चाहिँ हुनुहुन्थेन ।
७तपाई यो कार्यालयमा आउनु भएको आठ महिना भयो । यो अवधिमा सबैभन्दा बढी भ्रष्टाचारका उजुरी कहाँबाट आएका छन् ?
–त्यसमाचाहिँ एक नम्बर स्थानीय निकाय सप्तरी, सिराहा, दुईमा जिल्ला शिक्षा कार्यालय अन्तर्गतका निकाय त्यसमा पनि जिल्लागत रुपमा सप्तरी, सिराहा, अरु जिल्लामा पनि स्थानीय निकाय नै एक नम्बरमा छन् । हाम्रामा आउने उजुरीमध्ये सबैभन्दा बढी धेरै एकमा स्थानीय निकाय र दुईमा शिक्षा हो ।
७अहिले त ठूला ठूला उजुरीहरु आएका छन् । जस्तै बीपी
कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करोडौको भ्रष्टाचार भएको भन्ने सम्बन्धमा तपाईहरुले नै केही समय अगाडि फायलहरु जफत गर्नुभएको थियो । त्यहाँको कारबाही प्रक्रिया कसरी अगाडि बढेको छ ?
–बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पछिल्लो पटक एउटा विग इस्युमा उजुर आएको छ । १२ करोडमा पाइने मेसिनलाई १६ करोड हाले भन्ने छ । १८
करोडको टेन्डर आवहान गरिरहेको रहेछ । त्यसमा पनि हामीले इनफर्मेशन लिएका छौं र अहिले अनुसन्धान गरिरहेका छौं । एक लाइनमा भन्नुपर्दा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानचाहिँ आफैमा विरामी छ र त्यहाँका
धेरै विरामीका इस्युहरु मकहाँ
छन् । आफैमा विरामी छ, ठूला
र साना धेरै छन् । त्यसले वेल फङ्गसनिङ्ग गर्न सकेको छैन । जसरी विरामी मान्छेले फुटबल खेल्न सक्दैन, स्वास्थ्य ढंगले हिँड्न सक्दैन वेडमा बस्नुपर्छ । त्यसैगरी प्रतिष्ठान आफै विरामी बनेको छ ।
७त्यसो भए बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टाचारले क्यानरकै रुप धारण गरेको हो त ?
–यो लेवलको त नभनौं । विरामी छ, निकै विरामी छ । त्यो लेवल झाडा पखाला हो कि, खोकी हो कि, ज्वरो होकि त्यो हामी छानविन गर्दैछौं । समस्या धेरै छन् । काम त भइरहेको छ, विरामी जान्छन्, जाँच गर्छन्, निको हुन्छन् आउँछन् । तर त्यो देखे जति मात्र हो । त्यसले धेरै गर्नुपर्ने हो । गर्न सकेको छैन, आफैमा
विरामी छ ।
७तपाईसँग आएको उजुरीको आधारमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वर्तमान पदाधिकारीमथि
कारबाही हुने सम्भवना छ कि छैन ?
–डेफिनिट्ली हुन्छ । हामीसँग आएका उजुरीका आधारमा त्यहाँका पदाधिकारीहरुलाई नै बयान लिने तयारीमा छौं ।
७बयान त पहिला पनि लिइएको थियो हैन ? पहिलाको उजुरी तामेलमा राखेको थियो अहिलेको उजुरी पनि त तोमेलमै जाला नि ?
–काठमाण्डौमा अनुसन्धान हुँदैछ । तामेलमा राखिएको छ । उजुरीचाहिँ पुराना भए त्यसैले केही परक पर्दैन हाल आएको उजुरी विस्तृतमा गएको छ बयानको तयारीमा छौं । विस्तृत अनुसन्धानमा सिरियस छन् यतिमात्र भनौं ।
७कारबाही हुन्छ ?
–कारबाही हुन्छ, कारबाही भएका छन् । त्यहाँका पदाधिकारीलाई कारबाही हुन्छ भन्ने मात्र हैन प्रभावकारी र देखिने र सुनिने गरी कारबाही हुन्छ ।
७माथिको दबाबले प्रभाव त पार्दैन ?
–दबाब हैन । स्रेस्तागत प्रक्रिया हो । हामीले जति सुन्छौ त्यति नभएको भन्ने होला । उजुरीको गाम्भिर्यता, हामीले आफै बीपीलाई सुशासनको कसीमा राखेर त्यसलाई मात्र रोल मोडेल भनेर मेसिनले गएर त्यहाँको हरेक लु पोल अध्ययन गरेको छैन । आवश्यक परे हामी त्यो पनि गर्छौै । परेका उजुरको हकमाचाहिँ कानुनी ग्राउन्ड कमजोर भएकोले केही तामेलिमा गए, सबै तामेलीमा गएका छैन । कानुनी ग्राउन्डमा पूरा गरेको तर हिनामिना भएको अवस्थामाचाहिँ हामीले कारबाही गर्ने अधिकारचाहिँ संविधालने पनि दिएन अहिले । कानुनी प्रक्रिया पुरा नगरेको काम कारबाही रिजल्ट भएको र कहिलेकाहँँी प्रोसेस मिचेका कुराहरुमा विभागीय
कारबाही भनेको पदमुक्त गर्न सक्थ्यौ । त्यो विषयका कारबाहीचाहिँ अनुचित कारबाही संविधानले रोकिदिएकोले तामेलिमा गएका ती विषय हुन् । आर्थिक हिनामिना भएको अवस्था अर्थात कानुनी प्रक्रिया पुगेको अवस्था देखिए पनि कारबाही नहुने भन्ने छैन ।
७अहिलेसम्म यस क्षेत्रीय कार्यालयमार्फत हालसमम कति कारबाहीमा परे होलान् ?
–कारबाहीमा हामीले तथ्यांङ्गत उजुरी ति कर्मचारी कारबाहीमा परे, यति पैसा असुली भयो, यति जग्गा फिर्ता भयो नेपाल
सरकारलाई भन्नेचाहिँ एकीकृत डाटा हामीले निकालेका छैनौं हाम्रो कारबाहीमाचाहिँ धेरै कार्यालय प्रमुखलाई सचेत गरायौ, हाम्रा कारबाहीले केही मुद्धा लग्यौ, हाम्रो कारबाहीले सरकरको राजस्व जम्मा गरायौं । यसका लागि मैले फाइल नै पल्टाउनुपर्छ । यहाँबाट भएका विभागीय कारबाहीमा धेरैलाई कारबाही भएको छ । १२ वटा जति हामीले स्टिङ्ग
गरेका छौं । त्यो ठूलो उपलब्धी हो ।
७कहिलेकाँही काम गर्दै जाँदा तपाईहरुले क्षेत्राधिकार पनि मिच्यो भन्ने आवाज उठ्ने गरेको छ । तपाईहरुको क्षेत्राधिकार के हो ?
–आयोगले काम गर्दै जाँदा के हुन्छ भने सहकारी संस्थाहरुको हामीले हेर्न पाइँदैन । उजुरी लिन्छौ तर त्यसलाई डिभिजन सहकारी कार्यालयलाई लेखेर पठाउँछौं । त्यो छानबिन गर्ने क्रममा हामीलाई किन सोधेको भनेर क्षेत्राधिकार मिचेर ग¥यो भन्छन् । जहाँसम्म जनताका सरोकारका विषय छन् हामी माग्छौं, केलाउँछांै र सम्बन्धित निकायमा पठाउँछां । जस्तो राजस्वको विषयमा सम्बन्धितसँग असुल उपर गर भनेर लेखेर दिन्छौं । त्यस्र्तैे हाम्रो क्षेत्रधिकार मिचिएको विषय छ छैन । तर कहिलेकाहँी हामीले छानबिन गर्ने क्रममा गैर सरोकारका मान्छेलाई किन बोलाइयो भन्ने कहीँ न कहीँ सरकारी लिगासी भएको हुन्छ । त्यो थाहा नभएर त्यस्तो भएको हो । सहकारी जनताको सामुदायिक कम्पनी हो । सहकारीमा लगानी भएको सहकारी ऐन अनुसार स्विकृत भएको हुन्छ । सरकारको कानुनचाहिँ लागू भयो । हामीले कारबाही नगरेपनि डिभिजन सहकारीले त गर्छ ।
७तपाई विगतमा दर्जन भन्दा बढी सरकारी कार्यालयमा बसेर आउनु भएको हो। तपाईलाई भष्टाचार कहाँ हुन्छ भन्ने कुराको छिद्रा छिद्रा थाहा छ । त्यस अनुरुप तपाईको एक्टिभिटि हुनुपर्नेमा त्यो नभएको भन्ने गुनासो पनि सुनिन्छ । यसमा के भन्नुहुन्छ ?
–मेरो एक्टिभिटि बढेको छ । उजुरी परेका छन्, छानबिन हुँदैछ, स्टिङ्ग भएका छन् । म सप्तरीको जिविसमा जागिर खाएँ अहिले त्यहीको कर्मचारी स्टिङ्गमा परेको छ । मैले त्यहाँ काम कारबाही गर्द छिद्रा थाहा छ, कहाँ समस्या छ भन्ने थाहा छ । हामीले उजुरी प्राप्त
गरेको हिसाबमा र बढ्दो समस्या भएको ठाउँको प्रवद्र्धनात्मक गतिविधिबाट भन्छौं । उजुरी प्राप्त नगरी कसैलाई कारबाही गर्न मिल्दैन, उजुरी लिनुपर्छ,
जाहेरी लिनुपर्छ । त्यस हिसाबले भन्दा छिद्रा भएका ठाउँमा यहाँ यहाँ समस्या छ हामी कुनैपनि बेला आउन सक्छौ भन्छौंं । हामीले त्यो क्षेत्र सुधारका लागि भन्दै पनि हिडेका छौं ।
७त्यसरी भनिदिँदा उनीहरु सर्तक भएर भ्रष्टाचार गर्ने भए नि हैन ?
–सर्तक हुुनु राम्रो हो तर पैसा खानुचाहिँ भएन ।
७बजार अनुगमन गर्न जाँदा पहिला सूचना दिएर गएजस्तो हुँदैन र ?
–त्यो सामन्यतया हुन सक्छ । तर बजार अनुगमन गर्न जाँदा डेट एक्सपायरको सामान लगेर फाल्छौं र नयाँ सामन राख्छौ भन्यो भने डेट एक्सपायरको सामानचाहिँ कहाँ फाल्छन् ? बजार अुगमन गर्न जादा डेट एक्सपयर भएका औषधि लुकाउने अनि फेरि बेच्दा त
उजुरी आइहाल्छ नि । त्यसैले अख्तियाले प्रवद्धर्नात्मक गतिविधि गर्छ । निरोधात्मक गतिविधि
गर्छ । यसो भयो भने तपाईहरुलाई समस्या आउँछ भनेर निरोघात्मक गतिविधि वा रोक्ने काम गर्छ । भ्रष्टाचार नगर सुधार गरेर जाउ भन्ने हो । के के गर्दा भ्रष्टाचारमा पर्दैन, बद्मासी गर्दा च्याप्पै कलरमा समातेर कारबाही गर्ने हो । त्यसैले हाम्रा तीनखालका भूमिका छन् । एकपटक विराटनगरबाट म रंगेली जाँदै थिएँ । सडक कालोपत्रे हुँर्दै
रहेछ । अलकत्रा हालेको गिट्टीको ग्रेडिङ्गचाहि कमसल थियो । मैले तुरुन्त ठेकेदारलाई काम रोक्न लगाएँ, ड्रिल गरेर सामान ल्याव टेष्ट गराए । पैसा भुक्तान भइसकेको रहेछ । समाएर थुन्न पनि मिलेन । सरकारी हानी नोक्सानी नभएसम्म भ्रष्टाचार कहलिदैन । अनि हामीले एक हप्ता पछि ल्याव टेष्ट पछिको अवस्थामा उसले म सबै सुधार गर्छु भनेर सुधार ग¥यो । यस्ता स्थितिको सुधार पनि छन् ।
७अख्तियारप्रति सर्वसाधारणको गुनासो आउने गरेको छ त्यो के भने उजुरी हालेपछि मात्र अख्तियारले कारबाही गर्छ भनेर । के अख्तियारले आफै भ्रष्टाचार गर्नलाई अनुसन्धान गरेर कारबाही गर्न सक्दैन ?
–हामी स्थलगत प्रतिवेदन जहाँ समस्या छ त्यहाँको बनाउँछौं । टोली खटाउँछौं । जस्तो अहिले असार २५ गते देखि ३१ गतेसम्म कहाँ कहाँ रातभरि काम गर्ने र दिनभरि चेक काट्ने काम भयो र हुँदैछ भनेर सक्रियता बढायौं । तर हामी हरेक इस्युमा जान सक्दैनांै र भ्याउँदैनौ पनि । त्यसैले झापा, मोरङ, सुनसरी, सप्तरीमा असार २० देखि ३१ गतेसम्मको भुक्तानीका विवरणहरु र त्यहा भएका मुख्य मुख्य विकास निर्माणको स्थलगत रिपोर्ट तयार ग¥यौं । त्यसमा शंका लागेमा हामी कारबाही अगाडि बढाउँछौ ।ं हामीले भित्र भित्र धेरै गरेका छौं तर मिडियामा कम आएको मात्र हो ।
७अन्त्यमा केही भन्नु छ ?
–सरकारी सेवा प्रवाह गर्ने कार्यालयमा जान साधारणहरु जो जो जानु हुन्छ अलिकति दुःख दिए, घुमाउरो कुरा गरे भने अख्तियारको फोन नं. ९८५२०६१६५५ मा फोन गरिदिनु भयो भने तपाईहरुको त्यो घुमाउरो कुरा, पैसा मागेको रहेछ भने हाम्रै पैसा लगेर दिनुहोला नत्र उहाँले कानुनमा स्पष्ट छ सेवा दिन मान्नु भएन भने यही फोनमा फोन गरिदिनुभयो भने तुरुन्त हामी आइपुग्छौं । समस्याको तुरुन्तै समधान गरिदिन्छौं ।

तपाईको प्रतिक्रिया