पराजयका कारण र कारक तत्वहरु

बसन्तराज भट्टराई

२०७४ सालको स्थानीयतहको निर्वाचनमा धरान उप(महानगरपालीका भित्ररहेका २० वटै वडाहरुको निर्वाचन परिणामलाई हेर्दा केहीसंदेह हुनु ठूलोकुरा होइन। किनभने यसपल्टको निर्वाचनमा नेपाली काूग्रेशप्रति देखिएको जनलहर र कार्यकर्ताहरुले देखाएको तदरुक्तता, जिम्मेवारी र इमान्दारीतामा औंला उठाउने स्थानछैन। तापनि ठाउँ ठाउँमा देखिएका कमी–कमजोरीहरु र गैरजिम्मेवार हरकतहरुलाई सामुन्ने ल्याउनु जरुरी हुनेगर्छ। किनकि यी पक्षहरु नदेखाएमा सुधार असम्भव हुनजान्छ । त्यसैले आउूदै गरेको प्रांतीय जान्छ। चुनावलाई मध्यनजरराख्दै पार्टीले आÏनो कार्यनीति एवं चुनाव रणनीति तयगर्नु अघि यी कमी–कमजोरी हरुलाई उखेलेर ºयाूक्नु आवश्यक छ । गल्ति यसले ग¥योभन्दै एकार्कामा औंलो उठाउनु भन्दापनि रोग पत्तालगाई निवारण तर्फ लाग्नु सहीहुन्छ। निश्चयपनि यस चुनावमा एमालेको फटाई सामुन्ने आएको छ । किन्तु पागल कुकुरले टोक्योभने आफूपनि पागल कुकुरलाई टोक्नजानु मुर्खता हुन्छ। त्यसैले नेपाली काग्रेश स्वस्थ्य प्रतिस्पर्धामा विश्वासराख्ने संस्था भएकोले यस्ता कुठाराघातहरुलाई माफगर्दै अघिबढनुपर्छ। किनभने नेपाली काूग्रेशको संस्कार, परम्परा र प्रवृत्तिले यही नै भन्छ।नेपाली काूग्रेश सारैनै ठूलो हृदय भएको संस्था हो। यसका उदारताहरु ईतिहाँसका पानाहरुमा हेर्दा हुन्छ। त्यसैले विपीले सदैव भन्ने गर्थे कि संस्थाको मुल्य र मान्यता अनुरुप संस्थाचल्नु पर्छभनेर। नेपाली काँग्रेश आºनो विशालहृदय बोकेर त्याग र समर्पण अनि विद्रोहका ज्वालामूखीहरुलाई कतै मेलमिलापको नीति त कतै सम्झैता, समझदारी एवं सहकार्यको वातावरण बनाउदै निरन्तर अघि बढिरहेको छ। यस अनवरत यात्रामा यस संस्थाले शरणागत हुनआएका व्यक्ति या संस्थालाई तथास्तु सहीतको वरदान र गलतकार्य गर्नेलाई “क्षमादान” माफीपनि दिएको इतिहास देख्नसकिन्छ। सर्वप्रथम त राणाहरुको चंगुलबाट राजालाई मुक्तगर्ने नेपाली काँग्रश नै हो। फेरिपनि काूग्रेशीहरुलाई राजाले प्रजातन्त्रको हत्यागरि जेलजीवन बिताउन वाध्य गराउूछन्। अतः विशालहृदय बोकेको नेपाली काूग्रेश राजालाई माफगर्न पुग्छ। त्यस्त्यै २०३६ सालमा पनि नेपाली काूग्रेशलाई पतन गराउन यीनै एमाले बन्धुहरुका आफन्तहरु राजदरबारपक्षमा उभ्भिन पुग्छन्।तापनि विपीले यीनीहरुलाई क्षमादान गरिदिन्छन्। २०४६ सालको महा–जनआन्दोलनताका एमालेको एउटा चिरो गणतन्त्र घोषणागर्ने भन्दै उर्लेको थियो। किन्तु आन्दोलनका कमाण्डर गणेशमान सिंहलाई यो कुरा जानकारी हुनेवित्तीकै आन्दोलनको मर्यादा कसैले कुल्चेको खण्डमा आन्दोलन फीर्ता लिने घोषणा गर्नपुग्छन्। अनि यहाूपनि गणेशमानसिंह पार्टीको संस्कार र मर्यादाको कुरागर्दै वामपन्थीहरुलाई माफगर्न पुग्छन्। अनि आन्दोलनलाई अघिबढाउछन्। वि.पी.बाट प्रारम्भ भएको “क्षमादान” नामक दस्तावेजले आÏनो गरीमामय इतिहासको रचनागर्दै विशाल हृदय बोकेका नेपाली काूग्रेशका महायोद्धाहरुबाट अविरल रुपमा अघिबढ्दै, लामो समय परम्परामा आÏनोे मर्यादा अति आÏनोे ऐतिहासिक संस्कारलाई जीवन्त तुल्याउूदै अघि बढेकोल यो क्षमादानको दस्तावेज पुनः २०७४ सालको स्थानीयतहको चुनावमा आफूलाई पुनरुक्तीगर्न सफल हुन्छ । जसको श्रेय तिलक राईलाई जान्छ । लोकतन्त्रमा सबैभन्दा विश्वासिलो र भरपर्दो अङ्ग नै निर्वाचन आयोग हुनेगर्छ । जसको आचार संहितामा समुच्च राष्टू हिडेको हुन्छ । यस्तो सम्वेदनशील निकाय अनि मतगणना गरिने गम्भिर स्थानमा आÏनोे क्षुद्र एवं निकृष्ट प्रवृति देखाउनु भनेको सबैको लागी स्वभाविक कुरा होइन। किन कि यो भन्दा तल गिर्ने स्थान नै छैन । यस हरकतबाट तनाव श्रृजना हुनु त स्वभाविकै कुरा हो । किन्तु यस्तो विवादाष्पद घडीमा आÏनोे संस्थाको मुल्य र मान्यतालाई स्मरणगर्दै पार्टीको अविच्छिन्नभै चलेको परम्पराको जगेर्नागर्दै तिलक राई एकाएक “क्षमादान” भन्न पुग्छन् । अनि रोकिएको मत गणनालाई अघि बढाउने सल्लाहा दिन्छन् । वास्तवमा नेपाली कांग्रेशको आस्था र विश्वाश , सोच र विचार अनि मुल्य र मान्यता भनेको नै यही हो। वि.पी. ले जीवनभरि आÏनो कार्यकतर्काहरुमा खोजेको संस्कार नै यही हो।त्यसैले ठूला(ठूला भीडहरुमा सम्बोधनगर्ने वित्तिकै र पार्टीका ठूला–ठूला पदहरुमा बस्नेवित्तिकै यो सोच र संस्कारको जन्म हुन सक्दैन । किन कि यो एउटा प्रतिभा हो । न कि अभ्यास नै । त्यसैले बुझ्ने कुरा के छ भने एउटा व्यक्ति पराजित भए तापनि आÏनोे संस्थालाई विजय गराउन सफल भएको छ । अनि एउटा व्यक्ति विजयी भएतापनि पार्टीको दामनमा लागेको दागका धब्बाहरु कसिंगरहरु र हीलोका छिटाहरुलाई भोली आउने उसैका पुस्ताले कसरी मुल्याङ्कन गर्नेछ । त्यो चाूही हेर्नेकुरा भविष्यको गर्भमा नै छोडौं । २०७४ सालको स्थानीयतहको निर्वाचनमा नेपाली काूग्रेश किन पराजित भयो त? धरान उप(महानगर पालीका भित्र पराजित हुनुमा के कस्ता कारणहरु थिए त ? अनि पराजित हुनुमा प्रमुख कारक तत्वहरु के(के हुन् जस्ता विषयहरुलाई बुधागत ढंगबाट विवेचना गर्ने प्रयत्न गरिएको छ । जो सान्दर्भिक छ र आवश्यक पनि छ ।“दशजना नेपाली काूग्रशका नेता एवं कार्यकर्ताहरु बसेर गफ गरिरहेका छन्। त्यही स्थानमा पुगी एउटा कार्यकर्ताले नेताको हात समातेर अलिक परलगी कु्रागर्न थाल्छ भने त्यहाँ नौजना कार्यकर्ताको अस्तित्वमा घातहुन्छ। त्यसैले पाटी भाड्ने प्रमुख कुलंघार त्यही व्यक्ति हो। जसले नेताको हातसमातेर परलग्यो। तसर्थ अन्तरघाती र विश्वाशघाती पनि त्यसैलाई बुझ्दाहुन्छ। यीनै पिध विनाका लोटाहरुले पार्टीलाई कमजोर र नृह बनाएका छन्। अतः चुनावमा पटक(पटक पराजय झेल्नुको प्रथम कारण पनि यही हो।”“आफू सिवाय अरुलाई विश्वाश नगर्ने नेतृत्वकर्ता। अनुशासनविहीन कार्यकर्ता। आफूखुशीगर्ने भोटर्सहरु। मैमत्ता भै हिड्ने उम्मेद्वारहरु। गलत सल्लाहामा हिडाउने सल्लाहाकारहरु र अनावश्यक द्व्रन्द्व भिœयाउने समर्थकहरु यी सबै अन्तर्घाती र विश्वाशघाती हुन्। यीनीहरु कै
कारणबाट पार्टीले चुनाव हारेको छ।”“चुनावजित्ने रणनीति हुनेगर्छन्। चुनाव जित्ने नारा हुन्छन्।चुनाव जित्ने आधार हुन्छन्। चुनावजित्ने कारण बन्छन् । किन्तु यस चुनावमा त्यस्ता रणनीतिहरु, नाराहरु, कारणहरु र आधारहरु किन देखिएनन् त? यहाँ चुनाव त पार्टी लडिरहेको थियो नि? पार्टीकोे कार्यनीति, पार्टीको कार्यदिशा र पार्टीको नेतृत्व अनुरुप यहाू केहीपनि हुनसकेन वा गरिएन। यो कुरा स्पष्टहुनु जरुरी छ।”“२०५१ सालबाट यस संस्थाको संगठन जीरोमा छ। किन्तु नेतृत्वपक्ष गम्भिर देखिदैन। कार्यकर्ताहरु पद एवं सत्ताको सेरोफेरोमा मग्नछन्।नेपाली काूग्रेशप्रति प्रत्यक्ष एवं अप्रत्यक्षरुपमा आस्थाराख्ने व्यक्तिहरु काूग्रेशी शैली र काूग्रेशी प्रवृत्तिबाट वाक्क(दिक्क भैसकेकाछन्। परन्तु यीनीहरु तर्फ न त नेताको ध्यान जान्छ, न त कार्यकर्ताहरुकै दृष्टि पुग्छ। त्यसैले यो कारणपनि चुनावहार्ने आधारबन्न पुगेकोछ।”“भोट माग्नजाूदा उम्मेदवारहरुले ३ नम्बर मेरो, ५ नम्बर मेरो, ४ नम्बर मेरो भन्दै मागीएकोे छ। यसरी भोटमाग्न उनीहरुलाई कसले सिकायो ? भोट त पार्टीको लागी माग्नेकुरा हो। किन्तु उम्मेदवारहरु आ–आºनो लागी भोट कसरी मागी रहेका थिए त?”“यस चुनावमा नेता र कार्यकर्ता दुवै पृथक–पृथक मानसिकतामा देखिएका थिए। त्यसैले एउटा सामान्य कार्यकर्ताले बोलेको खण्डमा उसले तुरुन्तै जवाफ पाउूथ्यो कि “पार्टी तिमीले चलाएका छौ कि हामीले चलाएका छौं त?” यस्तो जवाफ पाएपछि त्यो कार्यकर्ता मौन भै बस्नपुग्छ। तसर्थ असक्षम नेतृत्वकर्ताको अपरिपक्वतामा त्यो जुझारु कार्यकर्ता निस्कृय हुनेवित्तिकै त्यो विजयी उम्मेदवार
पराजित हुनपुग्छ। के यो इत्तफाक हो? या नियति हो? या फेरि सोचेर, सम्झेर, बुझेर, गरिएको हरकत त होइनरु”“यतिठूलो निर्वाचनमा जाूदा क्षेत्र, नगर र वूथमा रहेका नेतृत्वकर्ताहरुको केही जिम्मेवारी हुनेगर्छ। अनि क्षेत्रिय प्रतिनिधी, महाधिवेशन प्रतिनिधी र महासमिति प्रतिनिधीहरुको एउटा दायिŒव हुनेगर्छ। साथै समय र परिस्थितिबाट ओझलमा परेका वा पारिएका नेतृत्वकर्ताहरुको पनि एउटा गम्भिर भुमीका हुनेगर्छ। के यी सबै इमान्दारीपुर्वक यस चुनावमा हाम्फालेका थिएत? हाम्फालेका थिएभने यस स्थानीयतहको निर्वाचनमा यस्तो लज्जास्प्रद परिणाम कसरी आयो त?”“एउटा पोलिङ् सदस्यलाई उसको काम र कर्तव्यको ज्ञान नै छैनभने उसलाई त्यसक्षेत्रमा कसले खटाएर पठायो त? साथै त्यो जानकारीविहीन व्यक्तिले पोलिङमा बस्ने रहर किन ग¥यो त?”“भोट काउन्टीङ ्गर्दा कुन(कुन कुरामा ध्यान पु¥याउनु पर्छ भन्ने जानकारी नभएका व्यक्तिहरु पनि त्यहाू खटिएर बसेका थिए। अतः यीनीहरुलाई कसैले चयनगरि पठायो, वा यी आफै पुगेका हुन् त?”“मतदान भएका स्थानहरुमा पार्टीका कार्यकर्ताहरु पर्यवेक्षक एवं स्वयंसेवकको भुमीका निर्वाह गरिरहेका हुन्छन्। किन्तु त्यस पर्यवेक्षकले निर्वाचन भएको स्थानमा कुन(कुन कुरामा ध्यान पु¥याउनु पर्छभन्ने ज्ञाननै छैन। त्यसैले त्यो पर्यवेक्षकरुपी कार्यकर्ता फगतमा चारैतर्फ दौडन्छ र “सीयोर् अनि कन्फर्म” भन्दै हिडछ। के यो विजयको लक्षण हो या पराजयको संकेत नै।” “वूथ समिति र उम्मेदवार समूह बिच प्राय गरेर धेरै वडाहरुमा एकप्रकारको शीतयुद्ध थियोभन्ने चर्चाहरु सुनिएकाछन्। यसको कारण के हो? यस्तो सम्वेदनशील घडीमा गरिएको द्वन्द्वले पार्टीलाई कुन स्थितिमा पु¥यायो त? अब यसको क्षतिपुर्ति गर्छुभन्दा हुन्छ त? पार्टी त गर्तमा पुगिसक्यो निरु साथै केही वडाहरुमा उप(समितिहरुको काम र कर्तव्यबाट रुष्ट भै उम्मेदवारहरुले उनीहरुको कार्यहरु पनि आफैले गरेभन्ने कुराहरु आएका छन्। के यी विषयहरुमा सच्चाई छ त? छैनभने यस्तो गम्भिर समयमा यसप्रकारका कुराहरु कसरी कुदे त ? किन कि कुनैपनि कारणविना कार्य त सम्भव नै छैन। यदि पत्ता हल्लिएको छभने हावा त अवश्य चलेको स्पष्ट हुन्छ निरुनिश्चयपनि मेयरको उम्मेदवारको लागि तिलक राई, किशोर राई, विनोद कुमार राई, सुजेन्द्र गोले, पर्वत राई, सन्दिप श्रेष्ठ, सन्तोष वि.क. अनि लक्ष्मी खतिवडा जस्ता धेरै युवाजमातहरुको नाम आएको थियो। किन्तु पार्टीले यी सबैलाई टीकट दिन त सक्दैनथियो। त्यसैले पार्टीले यीनै बिच चयनगरि तिलकराईलाई यो जिम्मेवारी सुम्पिनपुग्यो। आखिरीमा टीकट त पार्टीले दिनकुरा हो। त्यो जस कसैले पनि पाउन सक्छ। अर्थात पार्टीले जस(कसैलाई पनि दिनसक्छ। किन्तु कार्यकर्ताहरुको प्रमुख धर्मचाही पार्टीले दिएको उम्मेदवारलाई विजय गराई पठाउने जिम्मेवारी हुनेगर्छ। अतः त्यस जिम्मेवारीको पालना किन हुनसकेन त?” “नेतृत्वपक्तिमा रहेका नेतृत्वकर्ताहरुले, कार्यकर्ताहरुले, आस्थावान व्यक्तिहरुले अनि मतदाताहरुले जिम्मेवारी पुर्वक आºनो टोल, छर(छिमेकमा र वडामा संवेदनशील भै लागिपरेकाभए यस्ता परिणामहरु के आउने थिए त? अवश्यपनि आउने थिएन। त्यसैले यस निर्वाचनमा पराजयको कारणखोज्दा नेतृत्वकर्ता, कार्यकर्ता अनि मतदाता सबैनै हारका कारणबन्न पुग्छन्। किन्तु यीमध्ये प्रथम कारकतत्वचाूही असक्षम नेतृत्वकर्ता नै हुन्। वूथदेखि नगर, क्षेत्र,जिल्ला अनि केन्द्रसम्मैका नेताहरु आºनो पदलाई सुरक्षितराख्ने खेलमा सम्लग्न छन्। त्यसैले चुनाव जितेर कुनैउम्मेदवार माथी आएमा हाम्रो सम्पुर्ण राजनीतिमा औंला उठ्छभन्ने त्रासले सबैलाई भयभीत बनाएको स्पष्ट देख्न सकिन्छ। त्यसैले यो पनि कारण
पराजयका सन्दर्भमा सारै नै शक्तिशालीभै देखिन पुगेकोछ।”“सबैभन्दा ठूलोकुरा अनुशासन र नैतिकताको हुनेगर्छ। आचरण र मर्यादाको हुनेगर्छ। त्याग र समर्पणको हुनेगर्छ। विचार र उद्येश्यको हुनेगर्छ। नेपाली काूग्रेशले यी सबै यात्राहरु पारगरिसकेको छ । फेरीपनि काूग्रेशीहरु संस्थालाई त्यही उभ्याउन चाहँन्छन् भने कसको के लाग्छ त?”“यस सुनसरी क्षेत्र नं.१ अन्तर्गत
धरान उप–महानगरपालिकाको उम्मेदवार हेतु पार्टीले तिलक राईलाई मेयर र श्यामा रेम्मीलाई उप(मेयरको टीकट दिई पठायो। अब यीनीहरुलाई जिताउने कर्तव्य कसको हो? के यी दुईव्यक्ति चुनाव लड्दैथिए कि पार्टी चुनाव लड्दैथियो त? ठूला–ठूला भेलाहरुमा ठूला(ठूला स्वरले संस्थामा व्यक्ति गौड हुन्छभन्ने, अनि व्यवहारमा चाही लागू नगर्नेरु यो कस्तो प्रवृत्ति हो त?”“के यस २०७४ सालको स्थानीयतहको निर्वाचनमा तिलक राई एवं श्यामा रेग्मी पराजित भए त? अवश्यपनि पार्टी पराजित भयो। धरान उप–महानगरपालिका भित्र रहेका काूग्रेशीहरु पराजितभए। नेपाली काूग्रेशलाई विजयी गराउन लागीपरेका धराने जनता
पराजित भए। एउटा विकाशको गति नै पराजित भयो। अनि नेपाली काूग्रेशको विजयसंगै जोडिएको डिजिटल धरानको शम्भावना नै पराजित हुनपुग्यो।”“नेपाली काूग्रेश विधीको शासनप्रति समर्पित छ। त्यसैले समाजवादी सोचबाटै मुलुकको स्वरुप फेर्न सकिन्छभन्ने यात्राको यात्री नेपाली काूग्रेश हो। अनि यही समाजवादबाट मुलुकमँ सामाजिक न्याय, आर्थिक सम्वृद्धि अनि राष्टूप्रति इमान्दार एवं जिम्मेवार नागरिकहरुको निर्माणगर्न सकिन्छभन्ने सोच नेपाली काूग्रेशको प्रमुख मन्त्र हो। यही आस्था विश्वाशका साथमा नेपाली काूग्रेश आजसम्म लगाताररुपमा अघि
बढिरहेको छ । किन्तु यसको अनवरत यात्रामा गतिरोध पु¥याउनेकार्य कसले गरिरहेको छ तरु”“वर्तमान पुस्ताले एउटा कुरा विर्सिएको छ । जो आज वर्तमान छ, त्यो भोली भुतकालमा परिणत भै हाल्छ । अनि भविष्य पनि वर्तमानको स्वरुपलीई सामुन्ने आईहाल्छ। निश्चयपनि राजनीतिमा अग्रज र अनुजको निश्चित दायरा नहुन सक्ला। किन्तु व्यवहारिकता, मर्यादा र मानवियताका चरणहरु त अवश्य होला नि?निश्चय पनि पार्टीमा मुल्याङ्कनगर्ने प्रविधिको विकाश पुर्णरुपमा भैसकेको छैन। फेरिपनि घिस्रिंदै, लडदै, पड्दै पार्टी अघिबढि रहेकोछ । संस्थाको संगठन जीरोमा छ । फेरिपनि ५०० मत प्राप्त गरेको स्थानमा १३ सय मत र ३१५ मत प्राप्त भएको स्थानमा १२ सय मत प्राप्त गरेको छ। त्यसैले यही परिमाणले नेपाली काूग्रेश र नेपाली काँग्रेशका कार्यकर्तामा इमान्दारिता र एउटा छुट्टै जोसको संरचना भएको स्पष्टदेख्न सकिन्छ।” “यहाू ४३ वसन्तसंगै हिडेको युवाजमात नै पराजित भएको छ । धरानको विषयमा एउटा सामान्य साईनबोर्ड टाङदा तिलक राई अत्यधिक सम्वेदनशील भएका थिए भने यहाँ त समुच्च धरान कै अस्तित्वको कुरा छ। जुनव्यक्तिले नेपाली काूग्रेशको घोषणा(पत्रभन्दा माथि उठेर धरानको बारेमा सोचेका थिए किन्तु अकुशल नेतृत्व र असंगठित कार्यकर्ताहरुको उत्पातले पार्टीको अस्तित्वलाई हल्लाएरै छोडिदिए। त्यसैले युवाशक्तिको उर्जालाई नृह र कमजोर बनाउन पुग्यो। किन्तु यो संकेत संस्था र कार्यकर्ताहरुको सन्दर्भमा सही नहुन सक्ला।” “हुन त यस हारले एउटा यूवाको सोच र आस्थामा केही परिवर्तन पनि आउला। किन्तु यस पराजयले आउूदै गरेको प्रान्तीय चुनावमा आºनो प्रभाव नेपाली चाही भन्न सकिंदैन। किन कि धेरै समयपछि नेपाली काूग्रेशको पक्षमा धेरैठूलो जनलहर चलेको थियो। किन्तु यत्रो जनलहर पछि यस्तो परिणाम रु आखिरीमा त्यो जनलहर कसरी देखिएको थियो त?” “त्यसैले धराने जनता, नेपाली काँग्रेश र सम्पुर्ण कार्यकर्ताहरु त्यस पराजयको सन्दर्भमा जान्न चाहान्छन्। अतः कुन कारणबाट नेपाली काूग्रेश पराजित भयो त? अब यसहारलाई स्पष्टाउनु पर्ने हुन्छ । चाहे त्यो बुथ होस्। चाहे त्योक्षेत्र होस् या जिल्ला नै किन नहोस्। यस हारको कारण त बाहिर आउनै पर्छ।”“सर्वप्रथम चुनाव जित्नको लागि खाका कसले बनायोरु रोडम्याप कसले तैयार पारेको थियो? कसको अगुवाईमा यो चुनाव लडिएको थियो? के कस्ता उपसमितिहरु बनिएका थिए त? के ती समितिहरुले इमान्दारीपुर्वक कार्य सम्पन्न गरे त? यहाू कुनै एउटा व्यक्ति चुनाव लडिरहेको छैन। यहाू त समुच्च पार्टी चुनाव लडिरहेको छ । त्यसैले त्यस पार्टीका सम्पुर्ण अङ्गहरु चुनावको मैदानमा उत्रियो या उत्रिएनन् त? त्यसैले उक्त चुनावमा पराजय हुनुको कारक तत्व नेतृत्व पंक्तिमा रहेका जिम्मेवार व्यक्तिहरुले स्पष्ट
पार्नैपर्छ । किनभने पुरानै कारणबाट हामीहरु पराजित भएका छौं भने यो निर्वाचनमा जाने प्रकृया नै समाप्त गर्नुपर्ने हुन्छ। किनकि उपलब्धि बिहीन संघर्षले कसैलाई पनि फाइदा पु¥याँउदैन ।”

तपाईको प्रतिक्रिया