नेपाल विद्यार्थी संघद्वारा ज्ञानचक्षु विद्यालयमा तालाबन्दी

धरान÷धरानस्थित रहेको ज्ञानचक्षु विद्यालयमा नेपाल विद्यार्थी संघ क्षेत्रीय समितिले तालाबन्दी गरेको छ ।
केही समयदेखि विद्यालयका प्रअ र शिक्षकबीच भएको विवादका
कारण विद्यार्थीहरुको पढाई नै प्रभावित हुदै आएकोले यस्ता गतिविधिको बन्द गर्नुपर्ने भन्दै नेविसंघका क्षेत्रीय कार्यवाहक सभापति बालकुमार
राईको अगुवाईमा गएका विद्यार्थी संगठनले विद्यालयमा तालाबन्दी
गरिदिएका हुन् ।
विद्यालयकी प्रद्यानाध्यापक केशरी थापा र त्यहा अध्यापन गराउदै आएका शिक्षक बीचको झगडाका कारण त्यहा रहेका विद्यार्थीहरुको पठाइ डावाडोल भएको भन्दै यसको समाधान गर्न माग समेत गरेको छ ।
विद्यालयका शिक्षकलाई प्रअले अनावश्यक दुःख दिने गरेको त्यहा अध्यापन गराउने ६ जना शिक्षकले कालोपट्टी लगाएर काम गर्नेदेखि लिएर पढाइ छोडेर धर्नामा बस्ने कार्य गर्न थालेपछि भने नेविसंघले चाडो समस्या समाधानको बाटो खोज्नुपर्ने भन्दै तालाबन्दी गरिदिएको नेविसंघका केन्दं्रीय सदस्य सागर प्रसाईले बताउनुभयो ।

तपाईको प्रतिक्रिया