धरान÷ चन्द्रग्रहण र आइतबारको लिम्बुवाने बन्दका कारण आज अत्यन्तै न्यून संख्यामा बोलबम भक्तजनरु पिण्डेश्वर मन्दिरमा जल चढाउन आएका छन् ।
सोमबार राति ११ बजेर ११ मिनेटदेखि चन्द्रग्रहण लाग्ने भएपनि १२ घण्टा अगावै सुतक पर्ने जनविश्वास भएका कारण मन्दिरमा जल चढाउन न्यून भक्तजन आएको पिण्डेश्वर बाबाधाम समितिले जनाएको छ ।
सधै भीडभाडका कारण व्यवस्थापन गर्न नै कठिन हुने समितिका पदाधिकारीहरु आज भने फुर्सदमा देखिन्थे भने सुरक्षामा खटिएका प्रहरी, भक्तजनहरुको सेवामा आएका विभिन्न संघ संस्थाका स्वयम्सेवकहरु, निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका संघ संस्थाहरु फुर्सदिला देखिन्थे । धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा विगतका हप्तामा डेढ देखि दुईलाख भक्तजन आउने भएपनि यस पटकको बोलबममा भने २० देखि ३० हजारको हाराहारीमा भक्तजनहरु आएको पिण्डेश्वर बाबाधाम समितिका सचिव जयन्त गौतमले बताउनुभयो । कालो दिनको संज्ञा दिदै हिजो लिम्बुवानले गरेको बन्दसँगै चन्द्रग्रहणको प्रभाव भक्तजनहरुमा परेका कारण यसपटक बोलबम आउनेको संख्या अत्यन्तै न्यून रहेको उहाको भनाई छ ।
तथापि अन्तिम सोमबार भने भक्तजनहरुको आगामनमा वृद्धि हुने र भीड नियन्त्रण गर्न कठिन हुने सचिव गैतमले बताउनुभयो । बोलबममा समयावधिभर ५ लाख भन्दा बढी भक्तजन आउने अपेक्षा समेत समितिले गरेको छ । विगतदेखि नै बोलबमका समयमा सहयोग पु¥याउदै आउनु भएका धरान १४ का प्रेमप्रसाद भट्राईले समेत विगतको भीडलाई हेर्दा आजको संख्या न्यून रहेको बताउनुभयो । ग्रहणका समयमा पूजा आजा गर्नु हुन्न भन्ने मान्यता भएकै कारण भक्तजनहरु आउन नसकेको उहाको भनाई छ । उहाले विगतको बर्षभन्दा यस बर्ष भक्तजन बढ्ने पनि विश्वास व्यक्त गर्नुभयो ।
तथापि व्यवस्थापन पक्ष भने समितिले चुस्तदुरुस्त राखेको पाइएको थियो । खानेपानी, शौचालय, स्वयम्सेवक, सुरक्षा व्यवस्था, टूाफिक व्यवस्थापन लगायतका कुराहरुमा भने मन्दिर व्यवस्थापन गम्भीर रहेको पाइएको छ । यस्तै विगतदेखि नै भक्तजनहरुलाई केही समस्या नहोस् भनेर धरान उपमहानगरपालिकाले खानेपानी लगायका अन्य कुरामा सहयोग पु¥याएको छ भने बोलबम समय अवधिभर कुनै अप्रिय घट्ना नहोस् भन्ने इलाका प्रहरी कार्यालय, अञ्चल प्रहरी कार्यालय, सशस्त्र प्रहरी कार्यालयका प्रहरीहरुले सुरक्षा प्रदान गर्दै आइरहेको त्यहा खटिएका सुरक्षा कर्मीहरुले बताएका छन् । भक्तजनहरुलाई बाटोमा हिड्डुल गर्न अफ्ट्यारो नहोस र सहज आवागमन होस् भन्ने उद्देश्यले धरानका चौक चौकमा ट्राफिक प्रहरी खटाइएको र मन्दिर आसपास जहातही गरिने पार्किङ्गलाई व्यवस्थिति गरिएको टूाफिक प्रहरीले बताएको छ ।

