कराँते खेलाडी उज्ज्वल ठकुरीलाई अमेरिकी मार्सल आर्टस् एलाइन्स
(एएमएए)ले प्रतिष्ठित सम्मान मानिने ‘हुज हु लिजेन्ड अवार्ड’ प्रदान गरेको छ ।
अमेरिकी मार्सल आर्टस् विधामा साहसिक एवम उत्कृष्ट सम्मान मानिने यो विधामा सूचिकृत हुने ठकुरी सम्भवत पहिलो नेपाली खेलाडी हुन् । साहसिक एवम उत्कृष्ट खेल कला प्रर्दशनको आधारमा यो अवार्ड प्रदान गरिन्छ ।
गत शुक्रबार अगस्ट ४ तारिखमा मेरिल्याण्ड राज्यको नेशनल हर्वरमा आयोजित बिशेष समारोहमा ठकुरीलाई ‘ब्ल्याकबेल्ट लिजेन्ड’ अवार्डले सम्मान गरिनुको साथै अमेरीकी किताबमा उज्ज्वल ठकुरीको नाम सदाका लागि छापिएको छ ।
सो अवसरमा विभिन्न पाँच विधामा साहसिक एवम उत्कृष्ट खेलाडीहरुलाई अवार्ड प्रदान गरिएको थियो । जसमध्ये अमेरिकी मार्सल आर्टस्का बिशिष्ट ब्यक्ति मानिने ग्राण्ड मास्टर झुन री,पाईनीयर एचीभमेन्ट अवार्डबाट पुरस्कृत भए ।
यो महत्वपूर्ण किताबमा हाँलीवुडका ‘माइकल जे व्हाइट’ सिन्थिया रोदक सँगसंगै प्रचलित व्यक्तिको नाम र फोटो छापिएको छ ।
अमेरिकी मार्सल आर्टस् एलाईन्सको यो सम्मानसँगै पुरस्कृत व्यक्तित्वको योगदान, चिनारी एवम उपलब्धी बारे आयोजकले पुस्तक प्रकाशनमा ल्याउने प्रचलन छ । जस अनुसार यस पटकको पुस्तकमा ठकुरीको योगदान,कला एवम साहसिक यात्रा बारे उल्लेख
गरिएको छ ।

