टेलिकमको प्रशासन र लेखाको कार्यालय इटहरी सारियो

धरान÷ नेपाल टेलिकमको धरानस्थित शाखा कार्यालयमा रहेको प्रशासन र लेखाको कार्यालय इटहरी उपमहानगरपालिकामा रातारात सारिएको छ । प्रसाशन र लेखा फांट इटहरी सारिएको बारेमा टेलिकमका कर्मचारीलाई समेत जानकारी थिएन । लेखा र प्रशासन सारिएपछि धरानमा महसुल तिर्ने काउण्टरमात्र राखिएको छ ।
प्रशासन र लेखा सारिएको बारेमा एक अधिकृतले भने, ‘हामीलाई पनि थाहा भएन । लेखा र प्रशासन सम्बन्धी सर्वर नचले पछि मात्र थाहा भयो ।’ लेखा र प्रशासन कार्यालय इटहरी सारिएको विषयमा धरान उपमहानगरपालिका, स्थानीय राजनितिक दलका प्रतिनिधिलाई कुनै जानकारी छैन । टेलिकमका कर्मचारीहरुलाई तीनदिन पछिमात्र थाहा भएको थियो ।
पुर्वककै पुरानो टेलिकमको धरान कार्यालयले धरानसहित बराहक्षेत्र, विष्णुपादुका, पाचकन्या क्षेत्र पनि हेर्दै आएको छ । धरानमा टेलिकमको सेवाग्राहीहरु इटहरीको भन्दा दोव्वर बढी छ । लेखा र प्रशासन इटहरी सारिएपछि धरान क्षेत्रमा थप सेवा विस्तार गर्नु परेमा, तार तथा उपकरणहरु र्ममत सम्भार गर्नु परेका इटहरीस्थित टेलिकमको कार्यालयले स्वीकृत गर्नु पर्ने हुन्छ ।
धरानमा टेलिकमको बढ्दो सेवाग्राहीका कारण मोबाइल, टेलिफोन र इन्टर्नेट सुविधालाई थप प्रभावकारी बनाउन दक्ष जनशक्ति, अन्य आधुनिक उपकरण थप्न माग गर्दै तीन महिनाअघि सवै राजनितिक दलले संयुक्तरुपमा आग्रह समेत गरेका थिए ।
धरानबाट अढाइदशकको अवधिमा दर्जन बढी पुर्वाञ्चल क्षेत्रीय स्तरका कार्यायलहरु विभिन्न सरकारी कार्यालयहरु अन्यत्र स्थानान्तर गरिएकाले ती सवै कार्यालय धरानमै पुनस्थापित गर्न पनि दहरुले त्यसबेलमा माग गरेका थिए ।
पहिला स्थापित भएका कार्यालयलाई अद्यावधिक गर्दै लैजानु पर्नेमा थाहै नपाई रातारात सारिनु उचित निर्णय नभएको टेलिकमकै कर्मचारीहरुले बताउदै आएका छन् । कार्यालय स्थानान्तरण गरिएको विषयमा धरान उपमहानगरपालिकाका उपमेयर मन्जु भण्डारीले भनिन्, ‘कार्यालय सारेको चारदिन पछि थाहा पाएर मैले धरानमा भएको कार्यालय किन सारेको भनेर सोधिखोजी गरें । जवाफमा टेलिकमको केन्द्रीय बोर्डले एक बर्ष अघि नै सार्ने निर्णय गरेकाले सारेको जानकारी दियो ।’
उनले टेलिकम अर्ध सरकारी निकाय भएकाले कार्यालय सारिएको विषयमा थप बुभ्mने र सकेसम्म धरानमै पुनस्थापना गर्न पहल गर्ने बताइन् ।

तपाईको प्रतिक्रिया