भदौको अन्तिम साताबाट पूर्वाञ्चल सिंगिङ्ग स्टारको अडिनस शुरु

धरान÷ पूर्वाञ्चल बागिनी कला केन्द्रले लगातार रुपमा आयोजना गर्दै आएको पूर्वाञ्चल सिंगिङ्ग स्टारको पाचौ संस्करण आगामी भदौको अन्तिमबाट शुरु गर्ने भएको छ ।
केन्द्रले सोमबार धरानमा पत्रकार सम्मेलनको आयोजना गरी २०७० सालदेखि शुरु गरेको गायन प्रतियोगिता यस बर्ष पनि निरन्तता दिने जानकारी दिएको हो
‘युवा प्रतिभा गायन, खोजी हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजना हुदै आएको सो प्रतियोगितामा पूर्वाञ्चलका १६ जिल्ला र रामेछाप, सिन्धुली, पोखरा र काठमाण्डौ गरी २० जिल्लाका १ हजार भन्दा बढीले प्रतिष्पर्धा गर्ने कार्यक्रमका संयोजक भक्तिराज राईले जानकारी दिनुभयो ।
लुकेको प्रतिभालाई गाउ गाउबाट खोजी गर्ने अभियान अन्तर्गत नै विगत चारबर्षदेखि लगातार रुपमा आयोजना गर्दै आइरहेको र यसपटक भने विकट जिल्ला सोलुखुम्बुबाट भदौ अन्तिम साताबाट अडिसान राउन सुरुवात गर्ने उहाले जानकारी दिनुभयो ।
प्रतियोगितामा पहिलो स्थान ल्याउने गायकलाई नगद ५० हजार, दुई वटा गीत निःशुल्क रेकर्ड र एक बर्ष निःशुल्क म्युजिक कोर्षको व्यवस्था गरिएको छ भने प्रतियागितामा दोस्रो र तेस्रो हुनेलाई नगद क्रमश ः २५ र १५ हजारका साथै एक एक वटा गीतमा निशुल्क रेकर्ड र म्युजिक कोर्षको व्यवस्था गरिएको छ ।
२०६९ सालमा स्थापना भएको केन्द्रले आयोजना गरेको प्रतियागिता अन्तर्गत २०७० सालमा तेह्रथुमका संगम चोङवाङ, २०७१ सालमा ताप्लेजुङकी प्रकृति थलङ, २०७२ सालमा भोजपुरकी सिर्जना तामाङ्ग र २०७३ सालमा तेह्रथुमका दिनेशबाबु लिम्बुले प्रथम स्थान हासिल गरेका थिए ।

तपाईको प्रतिक्रिया