विराटनगर÷भारतीय जनता पार्टीका प्रवक्ता एवम् पूर्व मन्त्री शैयद साहनवाज हुसैनले नेपाल भारतबीच धर्मले सेतुको काम गरेर बनाइदिएको रगतको सम्बन्ध रहेको बताउनु भएको छ ।
मोरङ्ग व्यापार संघले शुक्रबार प्रवक्ता एवम् पूर्वमन्त्री शैयदको सम्मानमा आयोजित विशेष कार्यक्रममा उहाँले उक्त कुरा बताउनु भएको हो । उहाँले भन्नुभयो नेपाल आउँदा मलाई आÏनै घर आँगनमा आए जस्तो लाग्छ । सदियैदेखि दुई देशबीचमा रहेको भाइचाराको सम्बन्धमा आँच आउन नदिन चनाखो हुनपर्ने
कुरामा उहाँले जोड दिनुभयो ।
प्रवक्ता हुसैनले भन्नुभयो हामी बीचका सम्बन्धका धेरै आयामहरु छन् । रोटीबेटी, धर्म, सँस्कृति जस्ता जुन सम्बन्ध नेपाल र भारतबीचमा छ त्यस्तो सम्बन्ध संसारका अन्य कुनै देशसँग छैन । उहाँले जोड दिएरै भन्नुभयो नेपाल र भारतको जस्तो सम्बन्ध विश्वका कुनैपनि छिमेकी मुलुकसँग हुन सक्र्दन । प्रगाढ र गहिरो सम्बन्धकै कारण नेपालका बारेमा चिन्ता र चासो राख्नु भारतको अधिकार हो । नेपालबारे भारतले चिन्ता र चासो लिएपनि हस्तक्षेप भने कहिल्यै गर्दैैन । नेपाल एउटा सार्वभौम स्वतन्त्र राष्ट्र भएकोले यहाँका नगारिकहरु आफै सक्षम, सवल,क्षमतावान भएकोले नेपाल मामलामा भारतको कहिल्यै हस्क्षेप नहुने उहाँले पटक पटक दोहो¥याउनु भएको थियो ।
उहाँले भन्नुभयो हामी बीचको सम्बन्ध विगार्न केही तत्वहरु विगतदेखि नै सक्रिय रहेकोले त्यस्ता तत्वबाट हामी सचेत रहनुपर्छ । यद्यपि उहाँले सम्बन्ध विगार्न चाहने तत्वका बारेमा खुलासा भने गर्नुभएन । उहाँले तीन बर्ष अगडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउनु हुँदा नेपाली जनताले गरेको आतिथ्य सत्कार, उच्च सम्मानको समेत स्मरण गर्नुभयो । नेपाल र भारत बीचमा पशुपतिनाथको अनुकम्पाले दर्बिलो सम्बन्ध स्थापित भएको छ । यो सम्बन्धलाई अझ प्रगााढ बनाएर लैजानैपर्छ ।
धर्म र संस्कृतिले जाडेको सम्बन्ध
नेपालको सीमावर्ती राज्य विहारका राजनीतिकर्मी हरि अग्रवालको निमन्त्रणमा किशनजञ्ज आउनु भएका भारतीय जनता पार्टीका प्रवक्ता शैयद साहनवाज हुसैन मोरङ्ग व्यापार संघका अध्यक्ष पवन सारढाको आग्रहमा विहीबार साँझै
विराटनगर आउनु भएको थियो ।
विराटनगर आएपछि उहाँसँग उद्योगी, व्यापारी, राजनीतिकर्मी, बौद्धिक समुदायले भेटघाट गर्नुभएको थियो । सबैसँगको भेटमा उहाँले भन्नुभयो धर्म, सँस्कृतिले जोडेको नेपाल भारतबीचको सम्बन्ध दाजुभाईको जस्तो छ । नेपालको प्रसिद्ध धार्मिक स्थल पशुपति नाथको उहाँले पटक पटक उच्चारण गर्नुभएको थियो । उहाँले स्वागत तथा सम्मान कार्यक्रममा भन्नुभयो पशुपति नाथको दर्शन गर्न प्रत्येक बर्ष भारतबाट लाखौ मानिसहरु आउने गर्छन् । लुम्बिनी, जनकपुर, मुक्तिनाथ लगायतका स्थानको दर्शनमा लाखै
भारतीयहरु आएजस्तै भारतका ठूला धार्मिक स्थलहरु दर्शन गर्न लाखौ नेपालीहरु जाने गर्छन् । धार्मिक पर्यटकका कारण बलिया दुई देशको सम्बन्ध सामान्य होइन, देश दुईवटा भएपनि सम्बन्ध परिवारको जस्तो छ । उहँले पटक पटक दोहो¥याउनु भयो हाम्रो सम्बन्ध रोटीबेटीमा मात्र सीमित छैन हामी बीचमा रगतको सम्बन्ध छ ।
निर्णय गर्ने अधिकार नेपालीको
मन्तव्यका क्रममा नेपाललाइ हिन्दु राज्य कायम गर्ने सन्दर्भमा मगिएको
धारणका सम्बन्धमा प्रवक्ता एवम् पूर्व केन्द्रीय मन्त्री हुसैनले भन्नुभयो आफ्नो बारेमा निर्णय गर्ने अधिकार नेपाल र नेपाली जनतालाई नै छ । धार्मिक विषय पनि नेपाली जनताको आफ्नै विषय हो, नेपाली जनताको इच्छाको विषय हो । आन्तरिक धार्मिक मामलामा भारतको कहिल्यै कुनै हस्तक्षेप रहँदैन । उहाँको कथन थियो भारत सदैव नेपालको उन्नति, समृद्धि र हित चाहने भएकोले नेपालको र्साभौमिकताको उच्च सम्मान गर्छ । त्यसैले यहाँका हरेक कुराको निर्णय नेपाली जनता आफैले गर्नुपर्छ ।
अध्यक्ष सारढाद्वारा समस्या अवगत
मोरङ्ग व्यापार संघका अध्यक्ष पवनकुमार साराढाले दुई देशबीचको सम्बन्धको चर्चा गर्दे आर्थिक, व्यापारिक र अन्य क्षेत्रमा भारतीय पक्षबाट देखिएका समस्या समाधानका लागि आग्रह गनुृभएको थियो ।
अध्यक्ष सारढाको आग्रह सुनेपछि प्रवक्ता हुसैनले भन्नुभयो नेपाल
भारतबीचको व्यापार घाटा कम गर्न सीमावर्ती सहरहरुमा भव्य विवाह भवन, होटल र रिसोर्टहरु सञ्चालनमा ल्याउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो विहारका रात्री भोजहरुमा त्यति रौनक छैन । उहाँको संकेत मदिरा तर्फ थियो । हाल विहार
सरकारले मदिरामा रोक लागाएको
छ । भारतीयहरु नेपालको मदिरा पिउन मन पराउँछन् । उहाँले भन्नुभयो सीमवर्र्ती सहरमा राम्रा होटल, रिसोर्ट खोल्नुभयो भने धेरै कार्यक्रमहरु ती ठाउँमा गर्न सकिन्छ । हाल विहारका धनाढ्याहरु थाइल्याण्ड तथा अन्य मुलुकमा पुगेर कार्यक्रम गर्न थालेका छन् । अब उनीहरुलाइ त्यो सुविधा यही दिनुभयो भने उनीहरु यहाँ आउँछन् र पर्यटनको राम्रो प्रवन्ध पनि हुन्छ ।
पूर्णियामा एयरपोर्ट बन्ने
नेपालको औद्योगिक नगरीको रुपमा रहेको विराटनगरका उद्योगी व्यापारीहरुले हालसम्म झेल्दै आएको अर्को सबैभन्दा ठूलो समस्या भनेको भारतको सीमावर्ती सहरमा हवाई सुविधा नहुनु पनि हो ।
प्रवक्ता हुसनैले व्यापारीहरुको यही समस्यालाई बुझेर भारत सरकारले पूर्णियामा एयरपोर्ट बनाउने कामको थालनी गरिसकेको समेत प्रष्ट पार्नुभएको थियो । उहाँले भन्नुभयो विमान स्थल बनाउन जग्गा अधिग्रहणको काम अगाडि बढिसकेको छ । नेपालको सीमाबाट नजिक रहेको पूर्णियामा जग्गा अधिग्रहण भइसकेपछि एयरपोर्टका लागि टर्मिनल बनाउने काम अगाडि बढ्छ । यसैगरी जोगबनीमा रहेको भारती रेल्वे प्लेटफर्मको सुधार गर्नेतर्फ काम अगाडि बढिसकेको छ प्रवक्ता हुसैनले भन्नुभयो ।
