राज्यकोष लुट्ने प्रपञ्च बन्द गरिनुपर्छ

यो मुलुकको समृछि, जनहित, विकास आदिका बारेमा सोच्ने, सोच अनुसारको काम गर्ने कुनै पनि दलका नेतृतवमा देखिएन । जुनसुकै विधी अपनाएर भएपनि शक्तिमा पुग्ने अनि त्यही शक्तिको आडमा आÏनो लागि मात्र मार्ग प्रसस्त गर्ने कामले
जरा गाड्न थालेको छ ।
भर्खरै मात्र नेपालका पूर्व विशिष्टहरुको लागि यतिबेला अरबौ रुपैया लुटाउँदै आएको छ । नेपालका पूर्व विशिष्टहरु कुनैपनि दृष्टिले कमजोर छैनन् । प्रायः सबै पूर्व शिष्पिटहरुको राजधानीमा आलिसान बंगला छ, करोडौ रुपैया पर्ने लक्चरियस सवारी साधन छ, राजधानीमा मत्र नभएर देशका प्रमुख शहरहरुमा घर–जग्गा जमिन छ, करोडौ रुपैया बैंक व्यालेन्स छ, सेवामै छँदा आफ्ना सन्तानको उचित व्यवस्थापन गरिसकेका छन् । तर पनि उनीहरुको लागि राज्यले आजीवन औषधोपचारको व्यवस्था, जीवनवृत्तिका लागि मासिक लाखौ रुपैया प्रदान, इन्धन, घर भाडा वापतको अतिरिक्त रकम प्रदान गर्दै आएको छ ।
अब हुँदाहुँदा पूर्व सांसदहरुले पनि आÏनो सुविधामा बढोत्तरी हुुनुपर्ने माग अगाडि सारेका छन् । संसदमा प्रतिनिधित्व गर्ने दलका सामान्य नेतादेखि शीर्ष नेताहरुले मनपरि ढंगले सेवा सुविधा लिइरहेका छन् । सामान्य रुघाखोकी लाग्दा राज्यको ढुकुटीबाट लाखौ करोडौ रुपैया लिएर महंगो उपचारका लागि विदेश पुग्छन् । आफू खुशी राज्यको ढुकुटी आफ्ना लागि प्रयोग गर्छन् । सर्वसाधारणले उठाएको आवाज, विरोधलाई निर्लज्जतापूर्वक पचाइदिन्छन् । अब राज्यकोष लुट्ने प्रपञच बन्द गरिनुपर्छ । एउटा राजनैतिक नेतृत्वले उपचारवापत राज्यकोषबाट लिएको रकमले लाखौ सर्वसाधारणके उपचार हुन सक्छ । उनीहरुले बिलासिताका लागि राज्यकोषबाट लिएको रकमले लाखौ
घरबार विहीनहरुको बासस्थन निर्माण हुन सक्छ । आÏनैदेशमा बर्षैदेखि शरणार्थी जस्तो जीवन विताउदै आएकाहरु देशप्रतिको अपनत्व महसुस गर्न सक्ने थिए ।
तर यी सबै अव दुरदराजका कुरा जस्तो हुन थालेको छ । आफ्नो हरेक व्यवस्थापनका लागि राज्यको ढुकुटीबाट लिनेर दिने दुवैलाई लाज लाग्नुपर्ने हो । तर त्यसो हुनुको सट्टा अझ बढ्दै गएको छ । पूर्व सांसदहरुले वहालमा छउन्ज्याल राज्यका तर्mबाट सुविधा पाएपछि जीवन पर्यन्तसम्म पाउनुपर्छ भन्ने माग राख्नु नै सर्वथा अनुचित हो । कुनै पनि श्रमको मूल्य एकपटक भुत्तानही हुन्छ । तर यहाँ बारम्बार हने गरेको छ । पूर्व सांसदमात्र होइन वहालवला सांसदहरु पनि संसदमा जागिर खान गएको मानसिकताले ग्रसित भएका देखिन्छन् । सासद हुनु भनेको एउटा निश्चित अवधिसम्म जनताका आवाजलाई प्रतिनिधित्व गर्नु, आÏनो क्षेत्रमा आधारभति आवश्यकताहरु विद्यालय, स्वास्थ्य, खानेपनी, सडक आदिका लागि सम्बन्धित निकायसँग पहल र समन्वय गरेर पूरा गर्नु हो । नकि एकपटक सांसद भएपछि जीवन पर्यन्त सुविधा लिने हो । जबसम्म जनताका प्रतिनिधि हौ भन्नेहरुले जागिरे मानसिकता त्याग्दैनन् तवसम्म मुलुकले फड्को मार्न सक्दैन ।

तपाईको प्रतिक्रिया