घण्टाघरबाट हेर्दा

फर्क रे
हैन हाम्रा पर्धानमन्तरी सुशिल वा के भा’का हा ? राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका बाले त्यहाा बसेका नेपालीलाई आफ्नै देशमा फर्केर केही गर भन्नुभएछ । सुशिलवाले कसरी त्यो भन्न सक्या होलान् ? न्याय माग्दा नन्दप्रसाद अधिकारीले ज्यान गुमाउनु पर्ने देश, गुण्डागर्दीले पराकाष्ठा नाघेको देश, दिनदहाडै लुटपाट, बलात्कार, हत्या हुने देश, रोजगारी दिन नसक्ने देश, एक थान संविधान दिन नसक्ने निकम्बा नेताहरु भएको देशमा फर्किएर विचाराहरुले के पिाध कन्याएर बस्नु ? विरामी हुादा सिटामोल खान नसक्ने नागरिक भएपनि राज्यकोषबाट करोडौ बोकेर विदेश हुइाकिने नेताहरु भएको देशमा फर्किएर विचराहरुको भाग्य शुशिल वाले किन बिगार्न खोज्या होलान् ? बल्लतल्ल
विचराहरु घरबारी बेचेर, आमाको माखा मुन्द्रा स्वाहा पारेर अमिेरिका पुगेर शान्तिको सास लिन पाएका छन् । फेरि यता बोलाएर अशान्ति बनाउन खोज्नु त भएन नि ?
चेकि· अनुगमन
अबचाहिा दशौ आएछ । दशौ आएको स्पस्ट संकेत देखिन थालेको छ । जव ट्राफिक प्रहरीले रसदिको ठेली हातमा लिएर एक एक किलोमिटरको दूरीमा सवारी साधन चेक गरे भने आयो भन्ने सबैले बुझे हुन्छ । आखिरी दशैमा सबैलाई मालै चाहिया त हो नि । सक्नेले  राज्यकै ढुकुटी हसुर्छ, नसक्नेले चोरेर भएपनि दशै मनाउाछ । हिजो आज चोरी चकारीका घटना बढी सुन्न थालिएको छ यो दशै आएकै संकेत हो । सबैलाई दशै आएपछि ट्राफिकलाई दशै किन नआउने ? दुई सय देखि हजारसम्म खुतु माल जो झार्न पाइन्छ । अनुगमन पनि त्यही त हो नि , व्यापारीले चर्को मूल्य लिएर माल सामान बेचे भनेर कहीकतै कारबाही भा’छैन । अबचाहिा दशै आएछ भनेर घण्टाघरलाई नि लाइरा छ ।
प्रचण्डाउको घिटघिटो
पदमा बसेर ताली लतार्ने बानी परेकाहरुलाई पदमा बस्न नपाउादा नरकै गएजस्तो लाग्दो रै’छ । अब हेरौ न एमाउवादीका अध्येक्षे प्रचण्डाउ यतिबेला कम्ता छट्टपटिएका छैनन् । पद विहीन भएका प्रचण्डाउलाई पद चाहियो रे । उच्च स्तरीय राजनीतक संयन्त्र बनाई त्यसको अध्येक्षे मलाई दिनुपर्‍यो भनेर प्रचण्डाउले कााग्रेस एमालेसाग रोइकराई गर्दा दुवैले मान्दिएनन् त्यसपछि उन्ले जनताले जोरलात्ती हानेर लखेटेका मेधशवादी दलललाई कााधमा बोकेर संसद अवरुद्ध गर्न थाल्या छन् । यो पद भन्ने कुरा पनि साह्रै मापाको हुदो रै’छ । कााग्रेस एमाले पनि उस्तै छन् । एउटा कुनै पद सिर्जना गरेर प्रचण्डाउलाई थान्को लगाइ दिनु नि । त्यसपछि त तिन्ले ससद अवरुद्ध नै गर्दैनन्  । खै कुरो बुझ्या ?
सुजुले देखाइदिने रे
गिर्जाउ पुत्री सुजु मेम यतिबेला अचेटन नसक्ने भा’छिन् । गिर्जाउकी पुत्री जस्तालाई पनि पार्टीको केन्द्रीय अनुशासन समितिले साधारण सदस्य नै नरहने  गरी तीन महिनाका लागि कारबाही गर्दियो । गिर्जाउ बााच्द्या भे कसले छुन सक्थ्यो ? जसले कारबाही गर्‍यो उसैलाई बारबाही गर्दिन्थिन । सुजुलाई कारबाही गर्दा गिर्जाउको आत्माले शान्ति पाउादैन भन्ने कुरा अनुशासन समितिका स्वााठहरुले कस्तो नबुझेको ? त्यसैले अब सुजुमेमले सबलाई देखाइदिने घोषणा गरेकी
छन् । तर उन्ले के देखाउने हो
भयो भने अहिले सम्म उन्ले बताएकी छैनन् । सुजु मेम के देखाउाछिन भनेर हेर्न घण्टाघर पनि व्यग्र प्रतिक्षा गरेर बस्या छ ।

तपाईको प्रतिक्रिया