श्रेष्ठको सरुवामा एडिबीको दलालबाट जिएमलाई दुई करोडको अफर

धरान/यो मुलुकलाई सतिले
सरापेको त्यसै भनिएका हैन । यहाा
राम्रो र इमान्दारितापूर्वक काम गर्ने कर्मचारीहरुलाई प्रोत्साहनको सट्टामा विदेशी दलालहरुको चंगुलमा फसेर माथिल्लो ओहदामा बसेकाहरुले कसरी कोपभाजनको सिकार बनाउाछन् भन्ने पछिल्लो उदाहरण बनेका छन् नेपाल खानेपानी संीस्थान धरान शाखाका प्रमुख दिपक श्रेष्ठ ।
एक बर्ष अगाडि अर्थात २०७० साल साउनमा आएका श्रेष्ठलाई सहरी विकास मन्त्रालयका सचिव अर्जुनबहादुर कार्की, सह–सचिव डा. महेन्द्र सुब्बा, एडिवीका दलालहरु मनिराम गेलाल, पराग कायस्थ, लक्ष्मण श्रेष्ठ, खेम डल्लाकोटी, अनिल नेपाल, कोशलनाथ भट्टराईको दबाबमा एक बर्ष नपुग्दै सरुवा गरिएको छ । यसका लागि मन्त्रालयका सचिव, सह सचिव, र एडिबीका दलालहरुले नेपाल खानेपानी संस्थानका महानिर्देशक अर्जुन ढकाललाई दुई करोडको अफर दिएको स्रोतले जनाएको छ ।
एसियाली विकास बैंकले दुई अर्ब २० करोड ७ लाख ऋण धराने जनताको थाप्लोका बोकाई सन् २०३१ सम्ममात्र अल्पकालीन रुपमा पानी उपलब्ध
गराउने भन्दै खानेपानी संस्थान कब्जा गर्ने रणनीति अपनाएपछि धरानको खानेपानीको दीर्घकालीनसमाधान चतरा नै हुने र त्यसका लागि ८० देखि ९० करोडमा योजना सफल हुने अभिव्यक्ति दिएपछि जिएम ढकाललाई दुई करोडको अफर दिएर श्रेष्ठको सरुवा गराएको स्रोतले जनाएको छ । यो लागत इस्टिमेट नेपाल खानेपानी संस्थानकै पूर्व जिएम तथा हालका एडिबीका दलाल कौशलनाथ
भट्टराईले बनाएका हुन् । धराने जनतालाई अल्पकालीन रुपमा अर्थात २०३१ सम्म मात्र पानी खुवाउने हो भने ३० करोडले पुग्ने श्रेष्ठले बताएपछि एडिबीका दलाल र मन्त्रालयका सचिवहरुलाई टाउको दुखाई शुरु भएको थियो ।
यसै सम्बन्धमा हामीले नेपाल खानेपानी संस्थान केन्द्रीय कार्यालयका प्रशासन प्रमुख हेमराज भट्टराईसाग ९८४१३१०६७८मा सम्पर्क गर्दा उहााले भन्नुभयो मैले दिपक श्रेष्ठको सरुवा गर्नु हुादैन भनेर लेखेको छु । उहााले थप्नुभयो, जमिनमुनिको पानीको सतह हरेक बर्ष सुक्दै जान्छ  त्यसैले धरानको खानेपानीको दीर्घकालीन समाधान चतराकै पानी हो । धरानका उपभोक्ता सबैले यसमा चासो दिनुपर्छ । एडिबीले किन चतराको पानी धरानमा ल्याउन नचाहेको ? जथाभावि विदेशी  ऋण धराने जनताको टाउकोमा थुपारिनु हुादैन । यहाा स्मरणीय कुरा के छ भने जिएम अर्जुन ढकाल गत शनिवार धरान आई भौतिक संरचना, पानीको वितरण प्रणाली, थप सुधार गर्नुपर्ने विषयमा कर्मचरीहरुसाग जानकारी लिएर फर्किएका थिए । उनले धरानको खानेपानीमा गरिएकाृे सुधारप्रति खुशी व्यक्त गर्दे दिपक श्रेष्ठको सरुवा नगर्ने भन्दै फर्किएका थिए । तर काठमाण्डौ पुग्नासाथ शनिवार सााझमा अफिस खोली आफैले श्रेष्ठको सरुवाको टिप्पणी उठाए । राति कुनचाहिा सरकारी कार्यालयमा काम हुन्छ त्यो पनि शनिवार ? रकमको चलखेल नभएको भए यिनले
राति सरुवाको टिप्पणी आफै किन उठाए ? यसै सम्बन्धमा शहरी विकास मन्त्रालयका सचिव अर्जुनबहादुर कार्कीलाई सरकारको तलब खाएर एडिबीको दलाली गरेर कर्मचारीको सरुवा गराउनुभयो हैन भन्ने जिज्ञासा राख्दा उनले अक्ममाउदै मलाई थाहा छैन भने । त्यो जिएमले जान्ने कुरा हो । श्रेष्ठको सरुवामा मेरो कुनै हात छैन भन्दै पन्छिन खोजे ।

तपाईको प्रतिक्रिया