धरानमा अब बादर आतंक नियन्त्रण हुने भएको छ । बढ्दो सहरीकरणसागै बासस्थानको अभवमा धरान–१४ स्थित विजयपुरका बादरहरु धरान वडा नं. १, २, ४, ५, ६ र १५ मा प्रवेश गरी आतंक मच्चाउन थालेपछि नियन्त्रणका लागि दुई बर्ष अगाडि देखि नै आवाज उठ्न थालेको थियो । धरान उपमहानगरपालिका र स्थानीयको आर्थिक साझेदारीमा भारतको लखनउबाट आएका बाँदर नियन्त्रण्हरुले तीन दिनमा झण्डै ३ सय बाँदरलाई पासोमा पारी बर्दिया राष्ट्रिय निकुञ्जमा लगेर छाडेका छन् । –तस्विर अमन श्रेष्ठ
