गोरखा डिपार्टमेन्ट स्टोरमा परिवारसहित सपिङ्ग गर्नुको मज्जा नै बेग्लै ; अत्यावश्कीय उपभोग्य देखि स्वदेशी तथा विदेशी ब्राण्डमा समान सँगै किचेनको आनन्द

इटहरी÷भारतको पश्चिम बंगाल सिलगुडी हस्पिटल रोड बस्ने आयुष शर्मा सोमबार गोरखा डिपार्टमेन्ट
स्टोरमा पाँचजना परिवारका साथ सपिङ्ग गर्न व्यस्त थिए । स–परिवार काठमाण्डौ घुमफिर गरेर फर्किएका शर्मा भन्दै थिए जस्तो सुन्नमा आएको थियो गोरखा डिपार्टमेन्ट स्टोर त्यस्तै रहेछ ।
उनले परिवारसँग झण्डै चारघण्टा गोरखा डिपार्टमेन्ट स्टोर इटहरीमा बिताए । कहिले उनी इलेक्ट्रोनिक्स आइटम, कहिले पाँचौ तलामा रहेको बच्चाहरुको कपडा, कहिले सर्टिङ्ग सुटिङ्ग त कहिले ब्राण्डेड जुत्ता चप्पलको सपिङ्ग सेन्टरमा भेटिन्थे । अन्तमा छैठौ तलमा रहेको
गोरखा किचनमा बसेर आफ्नो चाहना बमोजिम परिकारको स्वाद लिइरहेका
थिए । किचनमा भेटिएका शर्मासँग सोध्यौ काठमाण्डौमा सपिङ्ग गर्नु भएन ? यहाँ आएर किन सपिङ्ग गर्नुभयो त ?
प्रत्युत्तरमा उनले भने हाम्रो चाहना थियो पशुपति नाथको दर्शन गरेर फर्किएपछि इटहरीस्थित गोरखा डिपार्टमेन्ट स्टोरमा सपिङ्ग गर्ने । उनले भने सिलगुडीमै पनि हामी सामान खरिद गर्न सक्थ्यौ तर गोरखामा जुन प्रकारको विदेशी व्राण्डका सामान सुपथ मूल्यमा पाइन्छ त्यो सिलगुडीमा पाइदैन ।
पश्चिम बंगालकै सुकिया
पोखरीकी सर्मिला गुरुङ्ग गोरखा डिपार्टमेन्ट स्टोरमा सोमबार भेटिइन् । संखुवासभामा आफन्त भेटेर फर्किएकी गुरुङ्ग हतार हतार सामान खरिद गरिरहेकी थिइन् । आयुष शार्माले झै उनले पनि परिवारकै साथ त्यसरी सामान खरिद गर्दे गर्दा हामीले सोध्यौ यहाँ जस्तो सामान उता पाइदैन र ? हाम्रो सोधाई पश्चात उनले हाँस्दै भनिन् म बर्षमा एक दुई पटक नेपाल आउँछु । यहाँ आएर फर्किदा गोरखा डिपार्टमेन्ट स्टोरमा नआई चित्तै बुझ्दैन यहाँ सपिङ्ग गर्नुको मज्जै बेल्लै हुन्छ उनले भनिन् ।
अत्यन्तै सफा, एउटै छानो मुनि विश्वका सम्पूर्ण सामान पाइने भएपछि नेपाली ग्राहकहरुमात्र हैन भारत, भुटान सम्मका ग्राहक आउने गरेको डिपार्टमेन्ट स्टोरका म्यानेजर श्रीप्रसाद गौतमको कथन छ । वैसाखको समय बाहिर टन्टलापुर घाम, उत्पात गर्मीको डिपार्टमेन्ट स्टोरमा कुनै अनुभवै हुँदैन । एसीको आनन्दमा चाहिएको सामान
खरिद गर्नु, गोरखा किचनमा विभिन्न परिकारको मनोरम दृश्यावोकन गर्दै स्वाद लिन पाइने भएकाले पूर्वाञ्चलका नेपाली गाहकहरुका लागि पनि सपिङ्गको पहिलो रोजाइको स्थिल गोरखा डिपार्टमेन्ट स्टोर नै भएको छ । गोरखा डिपार्टमेन्ट स्टोरमा स्थानीय देखि पूर्वाञ्चलको
धरान, धनकुटा, संखुवासभा, तेह्रथुम, मोरङ्ग, झापा, इलाम,पाँचथर सम्मका ग्राहकहरु आउने गर्छन् ।
गोरखा डिपार्टमेन्ट स्टोरमा ग्राहकहरु कस्मेटिक, किचन वायर, गिÏट आइटम, जेन्स तथा लेडिज कपडा, जुत्ता चप्पल, सुट, ट्रली व्यागेज, ब्लांककेट, खाद्यान्न, पेय पदार्थ, इलेक्ट्रोनिक्स आइटम, घडी, मोवाइल, टिभी फ्रिज, साग सब्जी, फ्रोजन आइटम लगायत खरिद गर्ने गर्छन् । हाल गोरखा डिपार्टमेन्ट स्टोरमा ४ लाख ५० हजार प्रकारका सामान रहेको स्टोरका सञ्चालक बलराम आचार्यले बताउनुभयो ।

किचेनमा खाना खानु बेग्लै मञ्जा

पूर्वपश्चिम महेन्द्र राजमार्गसँगै जोडिएको नव घोषित दुलारी नगरपालिका वडा नं. ९ का सविन विष्ट परिवारका साथ आइतबार गोरखा डिपार्टमेन्ट स्टोरको किचेनमा खाना खाइरहेका थिए । उनीमात्र हैन इटहरी–९ का नव विवाहित जोडी रमेश बस्नेत पनि खानाको स्वाद लिइरहेका थिए । उनीहरु जस्तै अन्य दर्जनौ व्यक्तिहरु पनि गोरखा किचेनमा उपलब्ध विभिन्न भेराइटीहरु गफिदै खाइरहेका थिए । कोही उत्तरतिरको पहाडी दृश्यमा आँखा डुलाइरहेका थिए भने कोही इटहरी उपमहानगरपालिकाको सहरी दृश्यको अवलोकन गर्दै रमाइरहेका थिए ।
अत्यन्तै सफा, विसुद्ध आर्गनिक साग सब्जी, आÏनै उत्पादनको सुद्ध दूध, दही, घ्यु प्रयोग गरी पकाइएका खाना र खानाका अन्य परिकारका लागि गोरखा किचेनमा ग्राहकको भीड ह्वत्तै बढेको छ । डिपार्टमेन्ट स्टोरका सञ्चालक आचार्य भन्नुहुन्छ सस्तो र विसुद्ध खानाकै लागि ग्राहकहरुको भीड बढेको हुन सक्छ । झण्डै दुई महिना अगाडिदेखि गोरखा डिपार्टमेन्ट स्टोरले ५० रुपैयाँमा सादा खाना र ९० रुपैयाँमा चिकेन खाना खुवाउदै आएको छ । अन्यत्र सादा खानाको १ सय ३० र चिकेन खानाको २ सय तिर्न बाध्य ग्राहकहरु १०औं किलोमिटर ढाटाबाट गोरखा डिपार्टमेन्ट स्टोरको किचेनमा आइपुग्छन् । सुद्ध, सफा र सस्तो भएपछि ग्राहकहरु झुम्मिनु स्वभाविक हो । हाल इटहरीमा खाना खानेको संख्या दैनिक एक हजारको हाराहारीमा पग्ने गरेका छन् भने मोरङ्गको विराटचौकमा ५ सय पुग्ने गरेका छन्, यसमा उपभोक्ताको सुविधालाई ध्यानमा राखेर थप सुधार गर्दै लैजाने सञ्चालक आचार्यले प्रष्ट पार्नु भयो ।

विहानैदेखि ग्राहकहरु खचाखच
छोटो समयमा पथरीस्थित गोरखा डिपार्टमेन्ट स्टोरको दोस्रो शाखाले उपभोक्ता एवम् ग्राहकहरुको मन जित्न सफल भएको छ । स्टोरका ग्राउन्ड Ïलोरको पश्चिम भागमा रहेको बेकरी आइटममा त्यहाँ पुग्ने जोकोहीको पनि एकपटक आँखा नपुगी रहन सक्दैन । गोरखा डिपार्टमेन्ट स्टोर आफैले सञ्चालन गरेको सुनसरीको एकम्बास्थित गोरखा डेरी उद्योगबाट उत्पादित सुद्ध गाई भैँसीको दूध घ्युबाट उत्पादित बेकरी स्वादिस्ष्ट र ताजा भएकै कारण उपभोक्ताहरुको आँखा त्यहाँ पुग्नु स्वभाविक हो । यदाकदा ग्राहकहरु बेकरी आइटम तथा मिठाई खरिद गर्नकै लागि घण्टौ लाइनमा बस्छन् ।
बेकरी तथा स्वादिष्ट मिठाइहरु गोरखा डिपार्टमेन्ट स्टोरका आÏनै उत्पादन हुन् । ग्राउन्ड Ïलोरमा बेकरी आइटम र मिठाइसँग पेय पदार्थहरु समेत रहेका छन् । बेकरी सपमा वर्थ डे केक, सुजी पप, क्याटबरी रोल, फ्रुट केक, स्लाइस केक, आइसक्रिम, मिल्क ब्रेड, रसबरी, लालमोहन, चटपट, सुगर फ्रि खुवा, स्मल पप, नमकिन पप, पेटिज पप, बटर पाइनापल, क्वाटबरी विस्कुट, ग्लोेसेर, तिल विस्कुट, स्विट पिनट, काजु विस्कुट, खजुरी, कोकोनट पिन, चोको विस्कुट, जुली विस्कुट, क्रिम डुनट, सादा डुनट, काजु वर्फी, बदाम वर्फी, कालाकन्द, वर्फी लड्डु, गोरखा टोष्ट, वर्फी पप, नरिबल विस्कुट लगायत दर्जनौ आइटमहरु रहेका छन् । यसका अलावा ग्राउन्ड Ïलोरमै खाद्यान्न लगायतका हजारौ आइटमहरु समेत रहेका छन् । गोरखा डिपार्टमेन्ट स्टोरको इटहरीस्थित मुख्यालयको पहिलो तलामा जे जति आइटमहरु रहेका छन् पथरी र विराटचौकको विस्तारित शाखामा समेत त्यति नै प्रकारका सामानहरु रहेका छन् र मुल्य समेत एकै नाश रहेको छ । जसका कारण ती क्षेत्रका स्थानीय बासिन्दा तथा उपभोक्ताहरुले इटहरी आइरहनु पर्न झन्झटबाट मुक्ति पाएका छन् । यसले गर्दा उनीहरुको समयको समेत बचत भएको छ ।
ग्राउण्ड फ्लोर र गोरखा गल्लीमा पनि उस्तै

गोरखा डिपार्टमेन्ट स्टोरको ग्राउन्ड फ्लोर र अन्डर ग्राउन्डमा खास गरेर गृहणीहरुको भीड लाग्ने गरेको छ । अन्डरग्राउन्डमा ताजा सागसब्जी जो कोही गृहणी पनि एकपटक लोभिन्छन् । अन्डर ग्राउन्डमा पाइने साग सब्जी, वेसिनजनका तकारीहरु जुन गोरखाले आर्गनिक ढंगले आफै उत्पादन
गरेको हो । सुद्ध गाइभैसीको गोवर मलबाट उत्पादन भएका सागसब्जी किन्न धरान, विराटनगरबाट समेत उपभोक्ता पुग्ने गरेको गोरखाले जनाएको छ । त्यहाँ दर्जनभन्दा बढी प्रकारका सागसब्जी राखिएका छन् । ग्राउन्ड Ïलोरको उत्तरपट्टि रहेको बेकरी पसल सातैदिन खुल्ला रहन्छ । आÏनै गाइगोठबाट उत्पादित दूध, घ्यूबाट बनाइएका अत्यन्तै स्वादिष्ट मिठाई,
बेकरीहरुका लागि राति अवेरसम्म ग्राहकको भीड लाग्छ । यसैगरी गोरखा गल्लीमा पाइने फलफूल, Ïलोर ग्राउन्डमै पाइने खाद्यान्न, फ्रोजन आइटमका माछा मासुमा समेत ग्राहकहरु झुम्मिने गरेका छन् ।

तपाईको प्रतिक्रिया