धरान÷ विदेश गएर फर्किएका धनकुटाका युवाहरु कृषितर्फ आकर्षित हुन थालेका छन् । विदेशमा गएर श्रम वेच्दा पनि केही नभएपछि आफ्नो श्रम र लगानी गाउमै लगाउने र मनग्य आम्दानी लिने अभिलाषाका साथ उनीहरु कृषिमा आकर्षित बन्ने गरेका हुन् । विदेशी भूमिमा आफ्नो श्रम बेच्नुभन्दा स्वदेशमै गएर केही गर्ने उद्देश्य लिएर आएका युवाहरु पछिल्लो समय नगदेबाली साग, सब्जी सगै गाइ फर्म नै खोलेर पशुपालन गर्न थालेका हुन् ।
धनकुटाको छथर जोरपाटि तथा महालक्ष्मी नगरपालिकाका युवाहरु पछिल्लो समयमा कृषी तर्फ आकर्षितहून थालेका छन् । एक दशक अगाडी सम्म वैदेशिक
रोजगारको लागी खाडी मुलुक जान तछाडमछाडनै गर्दथे तर अहिले उनीहरु विदेशको नामै लिन चाहादैनन् । कारण हरियो साग सब्जि तथा गाइ पालनबाट
राम्रो आम्दालनि हुन थाले पछि उनिहरु गाउमै रहमाइरहेका छन् । ५६ सालमा कतार पुगेर राम्रो कमाउन नसकेपछि गाउँ फर्केका छथर जोरपाटि गाउपालिका ६ नाम्जाङका भरत गुरुङ अहिले राम्रो आम्दानी गरिरहेका छन् । करिव ३
करोडको लगानीमा गाइ फर्म सुरु गरेका गुरुङले अहिले ५० वटा गाइ पालेका छन् भने गाइको गोबर वाट ग्यास तथा अग्यार्निक साग सब्जि समेत उब्जाइरहेका छन् । दैनिक १ सय ५० देखी २ सय लिटर सम्म दुध बिक्रि गर्ने गुरुङ बार्षिक ५० लाख भन्दा वढिको कारोबार गर्छन् । विदेशमा गएर गर्न श्रम यहि नेपालमै गर्न सके रामा्रे आम्दानी हुने उनको भनाई छ ।
गुरुङले आफुले मात्र कमाएका छैनन ७ जनालाइ रोजगारी समेत दिएका छन् । गुरुङ जस्तै महालक्ष्मि नगर पालिका ९ मुर्तिढुङ्गाका भिमशंकर अधिकारी राजु पनि लामो समय विदेश वसे पनि राम्रो कमाउन सकेनन् । स्वेदश फर्केर केही गर्ने सोच बनाएर आएका उनले पनि गाइ फर्म सञ्चालन गरे सगै राम्रो आम्दानी गरिरहेका छन् । आधुनिक गाइ फर्म सञ्चालन गर्ने हो भने स्वदेशमै राम्रो आम्दानी हुने उनको विश्वास छ ।
गाई फर्मसँगै गाइको गोबरवाट अर्गानिक साग सब्जी खेती गर्न तथा खाना पकाउन ग्यास निकाल्न सकिने भएकोले पनि यो पेसा प्रति युवाहरुको आकर्षण बढेको हो । अधिकारी र गुरुङ त उदहारण मात्रै हुन उनीहरु जस्ता दुइदर्जन युवाहरु अहिले गाई पालन गरेर राम्रो आम्दानि गरिरहेका छन् । एकातिर यसले स्वदेशमै बसेर विदेशको भन्दा बढी आम्दानी हुने गर्दछ भने अर्कातर्फ अन्य युवाहरु समेत यसतर्फ आकर्षित हुदा युवाहरुलाई विदेसिनबाट समेत रोक्न मद्धत मिलेको छ । वैदेशिक
रोजगारकाको नामै सुन्न नचाहने देशमै केही गर्छु भनेर लागेका यस्ता युवाहरु राज्य पक्षवाट भने राम्रो सहयोग नपाएको गुनासो गर्छन । उनीहरुलाई सडक सँगै वजारीकरणको समस्या बढ्दै गएको छ । यस तर्फ राज्यको ध्यान जान आवश्यक छ ।
