सिटी सफारीमा बेहुला, साइकलमा जन्ति

धरान÷ हाम्रो समाजमा विवाहका समयमा दुलाहालाई महंगो गाडी प्रयोग गरेर बेहुलीको घरसम्म जन्ति जाने प्रचलन छ । दुलहालाई आधुनिक महंगो कार, मर्सेडिज, भेन लगायतका सवारी साधनमा राख्ने र जन्तिलाई बसमा चढाएर बेहुलीको घरसम्म लाने प्रचलन भएपनि धरानमा भएको एक विवाहमा भने बेहुला सिटी सफारी र जन्ति साइकलमा चढेर बेहुलीको घरसम्म पुगेका छन्
धरान ७ मानमारा बसपार्क छेउमा घर भएका शैल श्रेष्ठले वातावरण प्रदुषण जोगाउन तथा फजुल खर्च जोगाउन जनचेतना फैल्याउने उद्देश्यले सो प्रकारको विहे गरेको दुलाहा श्रेष्ठले बताउनुहुन्छ । काठमाण्डौ साइकल सिटी नेटवर्क नेपाल नामक संस्थाका अध्यक्ष समेत रहनु भएका दुलाहा श्रेष्ठले विराटनगर निवासी दुलाही दृष्टि श्रेष्ठसंगको विहेमा यस्तो नौलो
प्रकारको कार्य गरेका हुन् । फजुल खर्च र वातावरण जोगाउन सबैलाई जनचेतना फैलाउने उद्देश्यले विवाह तडकभडक नगरी नौलो प्रकारको गरेको दुलहा शैल श्रेष्ठ बताउनुहुन्छ ।
नेपाललाई नै वातवारणमैत्री बनाउने र हरेक सहरलाई साइकलको सहर बनाउने उद्देश्यले गठन भएको यो संस्थाका पदाधिकारीहरुको विवाह सबैको यस्तै हुने दाबी अन्य सदस्यले समेत गरेका छन् । यस संस्थाका एक सदस्य शैलेन्द्र डंगोलले एक बर्ष अगाडि काठमाण्डौमा समेत रिक्सामा चढेर बेहुली लिन गएका थिए । संस्थाको तर्फबाट पहिलो पटक रिक्सामा चढेर जन्ति सहित बहुली लिन गएका डंगोलले वातावरण सन्तुलन र फजुल खर्च जोगाउन यस्तो प्रकारको विवाह आयोजना गरिएको बताउनुभयो । समाजले जे भने पनि त्यसको पछाडि नलागी संस्थाले यो अभियानलाई
निरन्तता दिने उहाको भनाई छ ।
पूर्वाञ्चलमै पहिलो पटक भएको नौलो विवाह हेर्न भीड नै लागेको थियो । यो भन्दा अगाडि पूर्वाञ्चलमै यस्तो
प्रकारको विवाह नभएका कारण विवाहमा सामेत जन्ति र विवाहमा उपस्थित समेत उत्सुक थिए । त्यहा उपस्थितिहरुले त्यसबेला यस प्रकारको विवाह गर्न सबैलाई प्रँेत्साहन गर्नुपर्ने सुझाएका समेत थिए ।

तपाईको प्रतिक्रिया