दोसो मुना कपको उपाधि जोगिनलाई

धरान÷दोस्रो मुना कप फुटबल प्रतियोगिताको उपाधि दोस्रो पटक पनि जोगिन कलेक्सन क्लब धरानले हात पारेको छ ।
धरान ५ देवी गाउमा चैत्र २६ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा जोगिनले फ्यान क्लबलाई ट्राइबेकरको आधारमा ५–३ गोल अन्तरले विजयी बन्दै दोस्रो पटक उपाधि उचालेको हो ।
देवी गाउ खेल मैदानमा आइतबार भएको फाइनल खेलमा खेल शुरु भएको ७ मिनेट वित्न नपाउदै जोगिनका दोर्जे तामाङले गोल गर्दै आफ्नो टिमको लागि खाता खोलेका थिए भने मध्यान्तरपछिको खेलमा फ्यान क्लबका बसन्त क्षेत्रीले १ गोल फर्काएर खेल बराबरीमा पु¥याएपछि खेल ट्राइबेकरमा गएको थियो ।
उपाधिसंगै विजेता जोगिन क्लबले नगद १५ हजार, ट्रफी र प्रमाणपत्र हात पारेको थियो भने उपविजेतामा चित्त बुझाएको फ्यान क्लबले नगद १० हजार, ट्रफी र प्रमाणपत्र हात पारेको थियो । प्रतियोगितामा म्यान अफ म्याच, वेष्ट स्टाइकर र म्यान अफ सिरिजको उपाधि जोगिनका दोर्जे तामाङ घोषित भए । प्रतियोगिताका विजेता तथा उविजेता टिमलाई नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ का सभासद मिन विश्वकर्मा, एन्फा उपाध्यक्ष किशोर राईले पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगितामा ८ टिमले सहभागिता जनाएका थिए ।
स्थानीय स्तरबाट खेलकुदको विकास गर्ने उद्देश्यले २०५३ सालमा गठन भएको मुना क्लबले विविध कारणले गत बर्षदेखि मात्र क्लबस्तरीय फुटबल प्रतियोगिता आयोजना गर्दै आएको हो ।

तपाईको प्रतिक्रिया