धरान÷भारत सरकारले आफ्ना भूतपूर्व सैनिकहरुको पेन्सन लगायत अन्य सेवा सुविधामा सन् २०१६÷०१७ बाटै लागू हुने गरी वृद्धि गरेपछि पूर्वाञ्चलमा बसोबास गर्ने भारतीय भूतपूर्व सैनिकहरुले त्यसको स्वागत गरेका छन् ।
भूतपूर्व भारतीय सैनिकहरुको पेन्सन लगायत अन्य सेवा सुविधामा वृद्धि गरेपछि केही सञ्चारमाध्यम, केही राजनैतिकर्मीहरुले त्यसप्रति अनर्गल प्रचार र हल्ला गरेको प्रति उनीहरुले खेद व्यक्त गर्दै आपत्ति समेत जनाएका छन् ।
एक साता अगाडि भारतीय भूतपूर्व सैनिक केन्द्रीय कार्यालय धरानमा भेला भएका धरान लगायत अन्यत्र समेत बसोबास गर्दै आएका भूतपूर्व भारतीय सैनिकहरुले भारतले किन बढायो नेपाली भूतपूर्व भारतीय सैनिकको पेन्सन, नेपालको कुल रक्षा बजेट भन्दा ठूलो रकम भारतीय सेना तथा अर्धसैनिक बलबाट अवकास प्राप्तलाई यसै बर्ष देखि दिने पेन्सन नेपालको कुल रक्षा बजेटलाई समेत उछिनेको भन्दै गरिएको टिप्पणीप्रति उनीहरुले आपत्ति जनाएका हुन् ।
भारतीय सेनाका पर्व हवल्दार एवम् समाजसेवी कर्ण तमु (गुरुङ्ग) भन्नुहुन्छ भारत सरकारले गरेको निर्णय अत्यन्तै सकारात्मक छ । हाम्रो सेवा सुविधा बढ्दा किन कसैको टाउको दुख्नु ? वृद्धि भएको पेन्सन लगायत सेवा सुविधाले जीवन यापनमा सहज हुने तमुको कथन छ । घटेको पो नराम्रो बढ्नु त नराम्रो हैन ? भारत सरकारले आÏना भूतपूर्व सैनिकहरु चाहे भारतमा बसोबास गर्ने भारतीय नागरिक हुन् चाहे नेपालमा बसोबास गर्ने नेपाली भूतपूर्व सैनिक हुन् सबैलाई समान सेवा सुविधा दिएको छ हवल्दार कर्ण भन्नुहुन्छ । उहाँ भन्नुहुन्छ, वृटिशले जस्तो भेदभाव भारत सरकारले गरेको छैन । यसमा हामीलाई गौरव छ उहाँले भन्नुभयो ।
भारत सरकारले नेपालमा बसोबास गर्ने भूतपूर्व सैनिक अर्ध सैनिक वललाई छुट्याएको पेन्सन र सेवा सुविधालाई जोडे्ने हो भने नेपालको कुल रक्षा बजेट भन्दा दुई गुणा बढी हुन्छ भनेर गरिएको टिप्पणीप्रति अर्का भूपू इन्द्रबहादुर राई भन्नुहुन्छ, नेपाल सरकारले रक्षा बजेट बढाउँदा भैहाल्यो नि । किन टाउको दुखाउनु ? उता भारतीय भूतपूर्व सैनिक केन्द्रीय कार्य समितिका अध्यक्ष विङ्ग कमाण्डर के गुरुङ्ग भन्नुहुन्छ यस्ता कुरामा अनावश्यक टिप्पणी गर्नु नै वाहियात हो । हामीले पाउने पैसा नेपालमै आउने हो । यही खर्च हुने हो । भारत सरकारले नेपालमा रहेका भूपपूहरुको पेन्सनका लागि ४० अर्ब रुपैया छुट्याएको छ । नेपालमा भारतीय सेना तथा अर्ध सैनिक बलबाट अवकाश प्राप्त १ लाख २७ हजार रहेका छन भने पूर्वाञ्चलमा मात्र साढे १३ हजार रहेका छन् । हाल सेनामा ३२ हजार नेपालीहरु कार्यरत रहेका छन् । सेवारत ३२ हजार गोर्खा सैनिकको सेवा सुविधाका लागि भारत सरकारले यसपटक २० अर्ब रुपैयाँ छुट्याएको छ । थ्रि जिआरका नायक भिम केशर गुरुङ्ग भन्नुहुन्छ, भारत सरकारले पेन्सनसँगै जस्तोसुकै रोगको औषधोपचार, दैवी विपत्तीमा परेकाहरुलाई आर्थिक सहयोग, नानीहरुको शिक्षा स्वास्थ्यमा सहयोग, विवाह खर्च लगायत दर्जनौ लोककल्याणकारी योजनामार्फत सहयोग गरिरहेको छ । हाल सेवारत एकजना भारतीय सैनिकको औषत मासिक ३३ हजार भारतीय रुपैयाँ नेपाली ५२ हजार ८सय रहेको छ ।
भारत सरकारले नेपालमा बसोबास गर्ने भूतपूर्व गोरखा सैनिक र उनीहरुको पारिवारिक स्वास्थ्य, शिक्षा लगायत दर्जन भन्दा बढी लोककल्याणकारी कार्यका लागि ५ अर्ब रुपैयाँ छुट्याउदै आएको छ । दुर्गम क्षेत्रमा रहेकाहरुलाई समय समयमा मेडिकल टिम लिएर गई स्वास्थ्य परीक्षण गराउने, निःशुल्क अैषधि वितरण गर्ने जस्ता कार्य समेत गर्दै आएको छ । भूतपूर्व भारतीय सैनिक धनबहादुर राई भन्नुहुन्छ, हामीले भारत सरकारबाट अवकाश पछि जुन सेवा सुविधा पाएका छौं त्यसबाट हामी अत्यन्तै सन्तुष्ट छौं । भारत सरकारले नेपालमा रहेका भेट्रानहरुलाई प्रतिबर्ष ३१ अर्ब रुपैयाँ समेत उपलब्ध गराउँदै आएको छ । उसले चालु आर्थिक बर्षमा भेट्रानहरुका लागि ४० अर्ब रुपैयाँ वितरण गर्ने योजना समेत बनाएको छ । नेपालबाट पेन्सन बुझ्ने ९० हजार भारतीय सैनिकबाट अवकाश प्राप्त गर्नेहरु छन् भने ३७ हजार अर्ध सैनिक वल रहेका छन् ।
