धरान÷नेपाल कम्युनिष्ट पार्टी
(नेत्रविक्रम चन्दको) ले आसन्न स्थानीय तहको निर्वाचन विथोल्न यतिबेला सुनसरी, मोरङ्ग, झापा,, पाँचथर, ताप्लेजुङ्ग, धनकुटा, तेह्रथुम, ओखलढुंगा, उदयपुर लगायतका जिल्लाहरुमा व्यापक भित्ते लेखन, पोष्टरिङ्ग गरिरहेको छ ।
मतपेटिकामा आगो लाग्दै गरेको पोष्टरिङ्गमा भनिएको छ कथित स्थानीय चुनाव खारेज गरौ, शान्ति, समानाता, स्वाधिनता र समृद्धिका लागि वैज्ञानिक समजवाद स्थापना
गरौ । सार्वजनिक स्थानमा
गरिएका त्यस्ता पोष्टरिङ्गले मतदाताहरु झस्किन थालेका छन भने वैसाख ३१ गते स्थानय तहको निर्वाचन नै नहोला की भन्ने आशंका बढेर गएको छ ।
स्रोतले दिएको जानकारी अनुसार यतिबेला नेत्रविक्रम चन्द समूहका केन्द्रीय स्तरका मात्र नभएर जिल्ला, क्षेत्र, नगर र गाउँका कार्यकर्ताहरु भूमिगत, अर्ध भूमिगत भएका छन् । इन्चार्जहरु समेत फेर बदल भएका छन् । पहिचान नखुलोस भन्ने हेतुले पूर्वका इन्चार्जहरु पश्चिम, पहाडमा इन्चार्जहरु
तराईमा खटिएको स्रोतले जानकारी दिएको छ । नेत्रविक्रम चन्दमात्र नभएर संघीय लिम्बुवान
राज्य परिषदेले समेत लिम्बुवान क्षेत्रमा निर्वाचन विथोल्ने निर्णय १५ दिन अगडि विर्तामोडमा बसेको वैठकले गरिसकेको छ । पार्टी अध्यक्ष सञ्जुहा पालुङ्गवाद्वारा नेतृत्व गरेको परिषद्ले स्थानीय निर्वाचन धोका भएकोले लिम्बुवान प्राप्ति नहुन्ज्याल कुनैपनि निर्वाचन हुन नदिने निर्णय गरेको छ ।
त्र
