धरान÷झण्डै १९ बर्ष पछि हुन लागेको स्थानीय तहको निर्वाचन हुन अब चालीस दिन मात्र समय रहँदा धरान उपमहानगरपालिकाको प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरुमा नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्रबाट आकांक्षीहरु अधिक देनि थालेका छन् ।
यद्यपि, हालसम्म कुनैपनि दलले आÏनो आधिकारिक उमेद्वार घोषणा गरिसकेका छैनन् । उमेद्वार छनौट सम्बन्धी नेपाली काँग्रेस, नेकपा एमालेले मापदण्ड बनाइसकेका छन् भने माओवादी केन्द्रले उमेद्वार तय गर्ने मापदण्ड हालसम्म सार्वजनिक गरेको छैन । निर्वाचन नजिकी सक्दा पनि प्रमुख दलहरुले उमेद्वार घोषणा नगर्नुको प्रमुख कारण एकले अर्को दलको उमेद्वार हेरेर सोही अनुरुपको निर्णय गर्ने तयारी गरेको हुन सक्ने मतदाताहरुको अनुमान रहेको छ ।
दलहरुले उमेद्वार घोषणा नगरेपनि आकांक्षीहरु टिकटको प्रतिष्पर्धामा देखिएका छन् । प्रत्येक वडाबाट नगर, क्षेत्रमा नेपाली काँग्रेसले प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यहरुको नाम सिफारिसलाई तिब्रता दिएको छ । धरानका २० वटा वडाबाट प्रमुख र उपप्रमुखमा धमाधम नामहरु सिफारिस भइरहेका छन् । प्रमुखमा प्रत्येक वडाबाट पूर्व नगर सभापति किशोर राई र वर्तमान नगर सभापति तिलक राईको नाम सिफारिस भएका छन् । केही वडाहरुबाट यो दुई नामसँगै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी सुजेन्द तामाङ्ग, नेपाल तरुण दल धरान नगर समितिका संस्थापक अध्यक्ष सन्दिप श्रेष्ठ, महासमिति सदस्य पर्वत राईको नाम समेत सिफारिस भएको छ । स्रोतका अनुसार सुनसरी क्षेत्र नं. १ का पूर्व सभापति चन्द्रप्रसाद श्रेष्ठ, विनोदकुमार राईको नाम समेत प्रमुखको लागि चर्चामा आउन थालेको छ ।
नेपाली काँग्रेसको उमेदवारहरुको चर्चा हुन थालेसँगै एमालेभित्र काँग्रेसका सम्भावित उमेद्वारहरुलाई लिएर बहस समेत हुन थालेको छ । एमालेका एक संगठित सदस्यका अनुसार काँग्रेसले किशोर राईलाई उमेद्वारी बनाएमा अत्यन्तै कडा प्रतिष्पर्धा हुने देखिन्छ । धरान उपमहानगरपालिकाको प्रमुखमा एमालेले नगर इन्चार्ज तारा सुब्बालाई अगाडि सार्ने कुरामा दुई मत छैन । सुब्बाको नाममा एमालेभित्र कुनै विवाद देखिदैन । कँग्रेसले किशोर
राई बाहेक अन्यलाई अगाडि सारेमा पाँच हजार बढी मतले एमालेले निर्वाचन जित्ने तर किशोर राईलाई उमेद्वार बनाएमा मुस्किलले हजार पन्द्रसयको फरक पर्न सक्ने एमालेभित्रै बहस हुन थालेको छ । बाम गढ तोड्न पनि किशोर
राईको विकल्प छैन प्राध्यापक चन्द्रकुमार फोम्बोको कथन छ । एमालेहरुले कँग्रेसका सम्भावित उमेद्वाहरुमध्ये किशोर राइले उमेद्वारी पाएमा आफूहरुलाई ठूलो धक्का लाग्ने महसुस गरिसकेका छन् । यसैगरी काँग्रेसबाट उपप्रमुखमा श्यामा रेग्मी, नेत्रकुमारी राई, उर्मिला प्रधान र मिना पुलामीमध्ये एकलाई अगाडि सार्ने निश्चित देखिएको छ । उता एमालेको उपप्रमुखमा वेणु खतिडा, मञ्जु भण्डरी, सावित्रा श्रेष्ठमध्ये एकलाई उमेद्वारी बनाउने एमाले संगठित सदस्य कृष्ण ताम्राकारको कथन छ । माओवादीबाट केन्द्रीय सदस्य अइन्द्रविक्रम बेघालाइ नै उमेद्वारी दिने निश्चित प्रायः भएको बुझिएको छ ।
यसैगरी नेपाली काँग्रेसले वडा नं. १ बाट ईश्वरी रेग्मी, यज्ञमणि आचार्य, सागर प्रसाई, जय प्रकाश शर्मा, विकास आचार्य, रोशन अधिकारीमध्ये एकलाई वडा अध्यक्षमा उमेद्वारी बनाउने देखिएको छ । यसमध्ये पनि नेपाली काँग्रेस धरान नगर समितिका पूर्व सह सचिव रोशन अधिकारीको वडाध्यक्षमा सम्भावना बढ्दै गएको देखिन्छ । युवाहरुमाझ लोकप्रिय देखिने अधिकारीले उमेद्वारी घोषणा अगावै प्रचारप्रसार थालिसक्नु भएको छ । यस्तै वडा नं. २ बाट माधवगोविन्द श्रेष्ठ, सुधिरसिंह लिम्बु, इच्छाराज श्रेष्ठ, अञ्जु श्रेष्ठ, विक्रमगोविन्द श्रेष्ठ र सन्ध्या श्रेष्ठको नाम सिफारिस भएको वडा अध्यक्ष छत्र श्रेष्ठले जानकारी दिनुभएको छ । यस्तै वडा नं. ३ बाट राजीव ताम्राकार, वडा नं. ७ बाट समर वमजन, वडा न. ८ बाट उत्तम राई, नन्दराज राई, धनबहादुर राई, उमेश पौड्याल, वसन्त भट्टराई, राम तामाङ्ग, वडा नं. ९ बाट निर्मल आचार्य, अलिम अन्सारी (सत्रुघन), रुपेश आचार्य, वडा नं. १० बाट डम्बर लिम्बु, वडा नं. ११ बाट लोकेन्द्र फागु, वडा नं. १२ बाट भोजराज न्यौपाने, विनोद थापा, राजु थापा, नरेश शाक्य, विष्णु तामाङ्ग, वडा नं. १३ बाट डम्बर तामाङ्ग, वडा नं. १४ बाट श्याम श्रेष्ठ, सीता पौड्याल र कृष्ण भट्टराई, वडा नं. १५ बाट गणेश सुब्बा, वडा नं. १६ बाट सुरज अधिकारी, मुरारी भट्टराई, हरिहर कोइराला, हिमाल श्रेष्ठ, वडा नं. १७ बाट पुष्पा राई, रामकुमार तामाङ्ग, वडा नं. ५ बाट नविन राई, वडा नं. १८ बाट नवराज श्रेष्ठ, वडा नं. १९ बाट जितेन्द्र राई, वडा नं. २० बाट राजकुमार लिम्बु, देवेन्द्र राई, लक्ष्मीराम कार्र्की र राजकुमार तामाङ्गको नाम चर्चामा रहेको छ ।
