राजस्वद्वारा पाँच करोड संकलन

इटहरी÷राजस्व अनुसन्धान पूर्व क्षेत्रीय कार्यालय इटहरीले आ.व. २०७३÷०७४ मा राजस्व जोखिम भएका क्षेत्रहरु, विलविजक (भ्याट) विल नलिइकन सामान आसोरपसार गर्ने मालवाहक सवारी साधन आदिबाट पाँच करोड राजस्व संकलन गरेको छ ।
विगतका बर्षहरुमा चोरीका सवारी साधनहरु ठूलो संख्यामा प्रहरीले राजस्व अनुसन्धान कार्यालयम बुझाए पनि चालु आर्थिक बर्षमा एउटै पनि चोरीका सवारी साधन नबुझाइएकोमा कार्यालय प्रमुख जयबहादुर भण्डारी आश्चर्य व्यक्त गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ म आएको ६ महिना भन्दा बढी भयो तर त्यस्ता सवारी साधन अहिलेसम्म यहाँ बुझाइएको छैन । चोरीका सवारी साधन प्रक्राउ नै नपरेर हो कि भन्ने जिज्ञासाम उहाँले भन्नुभयो हुन सक्छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका एक प्रहरीका अनुसार चोरीका सवारी साधन प्रक्राउ नपर्ने भन्ने होइन । त्यस्ता सवारी साधनहरु प्रहरीहरु आफैले चलाइहेका
छन् । जसका कारण त्यस्ता सवारी साधन राजस्वमा दाखिला नभएको हो । हाल राजस्व अनुसन्धान पूर्व क्षेत्रीय कार्यालयले ६ महिना अगाडि प्रहरीले बुझाएका सवारी साधनहरुको बेला बेलामा लिलाम गर्ने गरेको छ । कार्यालयका प्रमुख अनुसन्धान अधिकृत जयबहादुर भण्डारी भन्नुहुन्छ, कार्यालयले पौष यता मात्र ५० पटक अनुसन्धान अधिकृतको नेतृत्वमा गस्ती परिचालन गरेको छ । खासगरी राजस्व जोखिम भएका क्षेत्रहरु सीमा नाका, व्यापारीहरुले सामान गोदाम गर्ने स्थान आदिमा त्यस्ता गस्ती परिचालन गरिएको छ । भ्याट बिल नलिइकन सामान ओारपार गर्ने मालवाहक सवारी साधनलाई अन्तरिक ओसरपसार नियन्त्रण ऐन बमाेिजम शंका लागेमा कार्यालयमै ल्याएर चेकजाँच गरी रु ५ हजार जरिवाना गर्ने गरिएको र यो अवधिमा एक सयवटा त्यस्ता मालवाहक सवारी साधनलाई कारबाही गरिएको प्रमुख अनुसन्धान अधिकृत भण्डारीले जानकारी दिनुभयो ।
उहाँ भन्नुहुन्छ, राजस्व अनुसन्धान कार्यालय राजस्व असुली गर्ने कार्यालय होइन । यसले राजस्व उठ्तीमा सकारात्मक प्रभाव मात्र पार्ने काम गर्छ । राजस्व छलीको आशंका भएमा, राजस्व छली धेरै हुने स्थानहरुमा कार्यालयले छापा मार्ने गरेको छ । चालु आर्थिक बर्षमा कार्यालयले अनुसन्धान अधिकृतको नेतृत्वमा धरान, विराटनगर, काँकडभिट्टा, कटहरी, लहान, विर्तामोड, दमक, इटहरी लगायतका स्थानका ४० वटा फर्ममा छापा मारेर
राजस्व चोरी गर्नेलाई निरुत्साहित गरेको थियो । त्यसरी राजस्व छली गर्ने फर्महरुमा छापा मार्दा पब्लिक र मिडियाको सपोर्ट आफूहरुले नपाउँदा दुःख लाग्ने गरेको पनि प्रमुख भण्डारीले बताउनुभयो । उहाँ भन्नुहुन्छ मिडिया र पब्लिक राजस्व छली गर्नेकै पक्षमा बोल्छन्, व्यापारीलाई आतंकित बनाउनुभयो भन्छन् । त्यसैले
राजस्व छलीका विरुद्धमा कारबाही गर्दा हामीलाई पब्लिक र मिडियाको सपोर्ट चाहिन्छ, उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया