मृत प्रेमिकाको अस्तुसँग बिहे !

प्रेमको कुनै सीमा र दायरा हुँदैन । प्रेममा चुलुम्म डुबेका मानिसहरुले पनि गर्न सक्छन् । यही उदाहरण पेश गरेका छन् एक ताइवानीले । प्रेममा डुबेर उनले जे गरे त्यो पत्याइसक्नु छैन ।
ताइवानको ताइचुङ भन्ने ठाउँमा बस्ने लाइ नाम गरेका व्यक्ति आफ्नी प्रेमिकासँग विवाहको तयारीमा थिए । तर दुर्भाग्यवस उनकी प्रेमिकाको मृत्यू भयो । आहत भएका लाइले प्रेमिकालाई आफ्नो मनबाट हटाउन सकेनन् । उनी प्रेमिकाप्रति आफ्नो समर्पण दुनियालाई देखाउन चाहन्थे । त्यसैले उनले उनले मृत प्रेमिकाको अस्तुसँगै विहे गर्ने अनौठो निर्णय लिए र विहे पनि गरे ।
प्रेमिकालाई दाहसंस्कार गरिसकेपछि दर्जनौं साथीभाई तथा आफन्तहरुलाई डाकेर उनले अस्तुसँग बिहे गरेका थिए । सो बिहेको भिडियो इन्टरनेटमा सार्वजनिक भएको छ । ६० सेकेन्डको भिडियोमा लाइ सेतो सुट र कालो सनग्लासमा देखिन्छन् । उनले धुप भरिएको एउटा कालो र सुनौलो रंगको भाँडो, जसमा मृतकको अस्तु राखिएको छ, लाई कसिलो गरी समातिरहेका छन् । उक्त भाँडोको तल्लो भागमा सेतो रंगको विवाह(पहिरन पनि लगाइएको छ । सेतो पञ्जा लगाएको लाइको औंलामा विवाहको ब्यान्ड लगाइन्छ ।
त्यसपछि विवाह गराइदिने व्यक्तिले एउटा पातलो रातो कपडाको टुक्रा अस्तुको भाँडोमाथि ओढाइदिन्छन् । यतिबेला वरिपरी बसेर हेररहेका व्यक्तिहरु अत्यन्तै भावुक बन्छन् । केहीको आँखामा आँशु छचल्किन्छ ।
विवाह समारोहपछि अस्तुको भाँडो बोकेर दुलाहा बाहिर सडकमा निस्किन्छन् र अरुले उनलाई पछ्याउँछन् । दुलाहाले अस्तुको भाँडो एउटी महिलालाई सुम्पिन्छन् । उनी भाँडो लिएर त्यहाँ रहेको एउटा कारभित्र पस्छिन् ।
लाइकी प्रेमिकाको मृत्यू कसरी भएको थियो भन्ने खुलेको छैन । अनलाइनमा केही व्यक्तिहरुले लाइको झूटो चरित्रले गर्दा उनले आत्महत्या गरेको चर्चा चलाइरहेका छन् तर यसको पुष्टी भएको छैन । लाइले पनि आफ्नो प्रेमिकाको मृत्यू सम्वन्धमा केही बोल्न चाहेनन् । उनले आफ्नो मनको घाउ शान्त पार्न प्रेमिकाको अस्तुसँग बिहे गरेको बताएका छन् ।

तपाईको प्रतिक्रिया