नेपाली काँग्रेसको टोल कमिटी गठन

धरान÷स्थानीय निकायको निर्वाचनलाई लक्षित गरी नेपाली काँग्रेस धरान वडा नं. १६ ले संगठन विस्तारलाई तिब्रता दिएको छ ।
शनिवार मात्र वडा नं. १६ ले मुस्कानचौकमा नेपाली काँग्रेस र तरुण दलको वडा कार्य समिति विस्तार गरेको छ । मुस्कान चोक टोल कमिटीको अध्यक्षमा श्रीमाया राई, उपाध्यक्षमा
रविन राई, सचिवमा हरि थापा, कोषाध्यक्षमा आरती वन र सहसचिवमा जीवन घतानीलाई चयन गरेको छ । यसैगरी सदस्यहरुमा कृष्ण राई, रतन शाक्य, बुद्ध थापा, जीवनकला राई, पदम घिमिरे,
रन्जना शाक्य, शिवकुमारी राई, सुशिला श्रेष्ठ र सुनिता राईलाई चयन गरेको छ ।
उता तरुण दलको वडा कार्यसमतिको अध्यक्षमा रविन तामाङ्ग, उपाध्यक्षमा सन्तोष राई, सचिवमा निर्मित कालिकोटे, कोषाध्यक्षमा शितल भट्टराई, सहसचिवमा विवेक श्रेष्ठ र सदस्यहरुमा निरज जंग शाही, सरोज गहतराज (नितेश), सनम भट्टराई, आरजु श्रेष्ठ, सविना लिम्बु, विमल याक्सो, रामकुमार लिम्बु र विशाल राईलाई चयन गरेको छ ।
नेपाली काँग्रेस वडा नं. १६ का सभापति दिलिप कुमार भण्डारीको सभापतित्व तथा धरान उपमहानगर समितिका सभापति तिलक राईको प्रमुख आतिथ्यमा गठन गरिएको कमिटी गठनका अवसरमा नेपाली काँग्रेस जिल्ला सदस्य गोविन्द बस्नेत, क्षेत्रीय सचिव मुरारी भट्टराई, तरुण दल धरान उपमहानगर समितिका सभापति हिमाल श्रेष्ठ, पूर्व महाधिवेशन प्रतिनिधि सिसाम्बर झा, वडा समिति उपाध्यक्ष कुमार बाजे आङ्गबुहाङ्गको समेत उपस्थितिरहेको थियो भने सञ्चालन वडा सचिव विजय घिमिरेले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया