एउटै कार्यक्रममा दुई कृति विमोचित

धरान÷पछिला दिनमा पुस्तक प्रकाशन र पढ्ने बानीमा कमी आउन थालेको चौतर्फी महसुस गरिए तापनि आइतबार धरानमा आयोजित एक कार्यक्रममा एकै साथ दुई कृति विमोचित भएको छ ।
नेपाल लेखक सघ सुनसरी धरानले एकैसाथ ती दुई कृति विमोचनको अवसर जुराई दिएको थियो । कृति लोकापर्ण तथा परिचर्चा कार्यक्रम नाम दिइएको उक्त अवसरमा योगेश्वर भट्टराईद्वारा लिखित स्वान्त ः काव्य सगरमाथाको उद्बोधन र सिद्धिकर्ण शर्माद्वारा लेखिएको पूर्वाञ्चलमा नेपाली साहित्यको विकास नाममा दुई कृतिको नेपाली लेखक संघका केन्द्रीय अध्यक्ष विवश पोख्रेलले विमोचन गर्नुभएको थियो ।
धरानस्थित महेन्द्र वहुमुखी क्याम्पसको सभा हलमा आयोजित कार्यक्रममा भट्टराईको सागरमाथाको उद्बोधन कृतिमाथि प्राज्ञ दधिराज सुवेदीले परिचर्चा गर्नुभएको थियो भने शर्माद्वारा लिखित पूर्वाञ्चलमा नेपाली साहित्यको विकास कृतिमाथि सागरमणि सुवेदीले विवेचना गर्नुभएको थियो ।
नेपाली लेखक संघ सुनसरी धरानका अध्यक्ष प्रा.डा. गोपाल भण्डारीको सभापतित्वमा भएको उक्त कार्यक्रममा कृष्ण अधिकारी, नेपाल लेखक संघका केन्द्रीय अध्यक्ष, सह प्रा. कविराज न्यौपाने,
रमेश घिमिरे लगायतले प्रकाशित पुस्तकका बारेमा चर्चा परिचर्चा गर्नुभएको थियो । सो अवसरमा साहित्यकार एवम. पत्रकार
गिरिराज आचार्य, प्रा. हरिप्रसाद दाहाल, बद्री पलिखे, गोविन्द तिम्सिना, राममणि पोख्रेल, गोपी कृष्ण खतिवडा, गोपाल शाक्य, कविता चापावाई, बम देवान, गिरिराज पाठक, हर्ष सुब्बा, पुष्प ढकाल लगायतको उपस्थिति रहेको थियो भने सञ्चालन अमरबहादुर ढकालले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया