अचम्म छ वा
यो देश आठौ आश्चर्यको देश हो । अब हेरौ न पहिला पहिला ये दशका सांसदहरु हेल्मेट लगाएर सदनमा जान्थे नत्र अर्को विपक्षीले गतिलै टुटुल्को उठने री बजाइहाल्थे झन त्यो रामचन्दै बाजेलाई आफना गाला जोगाउन कम्ता हम्मे परेन । जोगाउँदा जोगाउँदै पनि गोल्छे सार्कीले पाँचै अैँलाका छाप देखिने गरी चड्याम्मै बजाएका थिए । फेरि अहिले आएर अर्को उत्पात मच्चिन लाग्या छ । अब उप्रान्त सरकारी भ्रष्ट कर्मचारी, मन्त्री, सचिवहरुलाई मुखम कलो पोत्ने भनेर माउवादीको विप्लव समूहले उर्दी जारी गरेपछि विचराहरु थोपडा करी जोगाउने भन्ने चिन्ताले पिरोलिन थालेका छन् । अदालतको परिषरमै लोकमन सिह कर्कीलाई कलो मोसो दलेका उनीहरुले झल्झली देखेका छन् । क्या फसाद थोपाडा जोगाउनै गाह«ो भयो भनेर गुनासा गर्न थाल्या छन् । विप्लव माउवदीले पनि किन त्यस्तो ग¥या हालान् निर्नय । बरु हात खुट्टा कट्याक कुटुक पार्नु, अस्सपतालतिर बस्न सक्ने व्यवस्था गर्नु, विचराहरुको अनुहारै त विगारी दिनु भएन नि र
लठ्यांग्रोको जिद्धी
लट्याग्रा, लठेप्रा, भकभकेले गर्छ भनेको करा गरेरै छाड्छ भन्थे हो रै’छ कि क्या हो ? यस्ताले जिद्धी कसेपछि चन्द्रेके बाबु इन्द्रे आए नि कसैले केहीलछारपाटो लगाउन सक्दैन भन्थे । अब चाहिँ घण्टाघरलाई पनि विश्वास लाग्न थाल्या छ । यतिबेला नेपालका नं. वान भकभके माने बुढानिलकण्ठे मुखिया हातखुट्टा फालेर बरिष्ठलाई छाडेर कनिष्ठलाई प्रहरी महानिरीक्षक बनाउनका लागि परेका छन् । घरेलु मन्त्रालय सम्हालेर बसेका टाटो ओठ भएका जनकपुरिया नीधिचाहिँ बरिष्ठलाई पहरी महानिरीक्षक बनाउने अड्डी कस्दै थिए तर भकभके मुखियाका अगाडि जोरबल चल्लाजस्तो तिन्लाई लाग्न छाडेछ भकभके काजीलाई उन्ले निक्कै घुक्र्याए, दंग्याए । घरेलु मन्त्रीबाट
राजीनामासम्म दिन्छु भने तर भकभके मुखिया टसको मस भएनन् ।
चुनाउ गर्ने रे ?
नेप्लीज लाँग्रेसको फुर्को अठ्याएर पर्धानमन्तरीको वैतरणी तर्दै गरेका प्रचण्डाउले अस्किा दिन भनेछन् स्थनीय निकायको निर्वाचन गर्छु । जेठ १ गते न गर्छु र ८ गते घोषण गर्छु भनेर डिङ हाँकेछन् ।, प्रचण्डाउले डिङ्ग हाँकेको देखे घण्टाघरलाई नि कुरी कुरी लागेर आयो । निर्वाचनको घोषणा गर्नु पहाड फोड्नु हैन । चुनाउ गरार देखा पो पहाड फडेको मानिन्छ । चुना घोषण गरेको दिन मधेशवादी दलले आन्दोलनको घोाा गने भनिसक्या छन् । ससोधन विधेयक ससदमा अलपत्र छाडेर चुनाउको घोषण गर्दा चुनाउ पनि अलपत्र पर्ने भयो । हैन है यी पचण्डाउ किन सवैतिर खुट्टा हाल्छन् हँ ? एउटा कम फत्ते गरिसकेपछि अनि अर्के कम थानु पनि । त्यसता करान्तीकारी मान्छे विचारा वल्लो घाट न पल्लोतिरको हुने भए ।
जन्मदा र मर्दा भात
ये लन्ठुतिराज सरकारले एउटा कामचाहिँ राम्रै गरेछ । कर्णालीका जन्ताले अब जन्मदा र मर्दा टन्न चामलको भत खान पाउने भएका छन् । काठमाण्डौमा बसेर दिनैपिच्छे मासुका भेराइटीर साप्रा लुछ्दै विदेशी विजुली पानीको घुट्केसगै ठ्यास ठ्यास बास्ना आउने चामलको ज्यूनार गर्दै र्आको मिसावट सरकराले कर्णलीका जनताको लागि गतिलै राहत कार्जेक्रमको घोषना र्दा घण्टाघर कम्ता दंग प¥या छैन । वितराहरुले अब जन्मदा र मर्दा २० किलो चामल पाउने भा’छनद् । तर क्यार्नु त्यो २० केजी चामल लिन जन्मदा जन्म दर्ताको पर्मानपत्र, गाविसको सिफारिर पनि लेर जानुपर्ने रे ? त्यता पर्मानपत्र र सिफारिस बनाउर्न एकदिन पैदलको गाविस कार्जेललयमा पुग्नुर्पे भये । फेरि मर्दा मृत्यु दर्ता, त्यस्तै सिफारिस अनि अस्पतालको कागज चाहिने रे । हगाई भन्दा पदाई ठूलो भन्या यही हो । जाबे २० कजजी चामल लिन यत्तिका झन्झट व्यहोर्नु भन्दा आफ्नै पाखाली उवा, जौ, कोदो, मकै नै वेश भन्न थाल्या छन् कर्णालीका मान्छेले ।
भकुर्नु भकुरे
प्रचण्डाउको सरसपाटी सरकारले संविधान संसोधन गर्न खोज्दा धुवाँधार विरोध गर्दैै आएको लारायनमान विजुक्छेका कार्जेकर्ताहरुलाई मधेशी मोर्चाका कार्जेकर्ताहरुले अस्किा दिन सप्तरीको
राजविराजमा दह«ै मालिस गरेछन् । किसान संघको अधिवेशन हुनैलाग्दा मोर्चाका कार्जेकर्ताहरु धोली सुर्कदै अधिवेशनस्थलमा पुगेछन् । भक्तपुरमा बसेर थुतुनोमा जे आयो त्यही मनलाग्दी बोल्ै अएका
लारायनमान विजुक्छेलाई अब त चेतना भया कि ? थुतुनो र खै के जाति त्यो जोगाउनु नत्र वितँस पर्छ भन्थे हो रै’छ ।, विजुक्छेले थुतुनोमात्र जोजाइद्या भए विचार कार्जेकर्ताहरुले त्यसरुी राम धुर्ला खानै पर्ने थिएन । धन्न कुपोषण लागेकै भएपनि नेपाल पुलिसका जवानहरुले हाट्टहुट्ट गरी हाडखोर भाचिनबाट जोगाइदिए । अब त लारायनमानलाई अलिकति चेतना भया कि ? नभए घण्टाघरलाई लुतो न कन्याई ।
हावा न चावाको सिफारिस
गर्ने भन्ने हनुमान पगरी गुथ्ने ढेडु त्यसै भन्या होइन । अब हेरौँ न राज्येको ढुकुटी काम न काज लत–लत हसुरेर संसद, मन्त्रालयका कुर्सीमा अपानवायु छाडेर बस्नेहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख लोकमानसिंह कर्कीलाई भविष्यम कुनैपनि सरकरी अंगलमा नियुक्ति हुन नदिन सबै निकायमा महाअभियोग लाग्न योग्य व्यक्तिका रुपमा कालो सूचिमा राख्न संसदको महाअभियोग सिफारिस समितिले प्रतिवेदन बुझाएछ । कार्की अयोग्य हुन भनेर समितिले कसरी भन्न सक्या होला ? के कार्की खरक्क गएर अख्तियारको कुर्सीमा बस्या हुन् र ? तिन्लाई नियुत्तः गर्ने एमाले, काँग्रेस, माउवादीका नेताहरु चाहिँ पानीमाथिको ओभानो कसरी
भए ? कार्कीलाई नियुक्तिको फिारिस गर्नेहरु पनि अब उप्रान्त दलको नेता बन्न नपाइने, चुनाव लड्न नपाइने भनेर प्रतिवेदन बनाउनु पर्नेै ? हुन त सबै बलेकै आगो ताप्ने त हुन नि ? सबै मिलेर नियुक्ति गर्ने अन्तेमा कार्कीमात्र दोषी भन्ने ? यो चाहिँ अलि हजम भएन है ?
लोप्पा खुवाउछन् कि क्या हो ?
एक अर्काका जानी दुश्मन भएका झालेमालेक अधयेक्षे खप्रओ र माउवादी केन्द्रका अध्येक्षे पचण्डउको अस्तिको हप्तादेखि फेरि इलु इलु चल्न थाल्या छ । उनीहरु बीचमा इलुइलु चलाउने कामचाहि लारायन काजीले गरेछन् । माने उन्ले लमीको कम गरेछन् । तयसपछि खप्रओ भीम रावललाई जन्ती लिएर प्रचण्डाउलाई भेट्न पुगेछन् । हुन त दुवैबीचमा इलुइलु पर्नु, डिभोर्स हुनु उही परालको अगो त हो नि । दुवै कम निष्ठा माने कम्युनिष्ट न परे । ढाँट्न, छल्न दुवै बबराबरी, केही समय ब्रेकअप भएको सम्बन्ध फेरि झाँर्गिएकोमा बधाई त दिनैपर्छ । तर देउवा काजीको पा विचल्ली हुने भयो । पर्धानमन्तरीको ९ महिने गर्भाधान
गरेका प्रचण्डाउले देउवा नभएर खप्रओ नै पो जन्माउलान् जस्तो छ । लहै देउवा काजी अलिकति चियो चर्चोचाहिँ गर्नु प¥यो , नत्र वित्याँस पर्ला ?
अन्तेमा
मधेशबाट झालेमालेलाई व्यान्ड बाजा बजर लखेट्छौ भन्ने नेपाल सद्भावना पार्टीका अध्येक्षे हिजो आज दुलो पसेछन् कि क्या हो ? अहिलेसम्म झलेमालेलाई लखेट्न कही व्याण्ड बाजा बजाएर सुनिदैन । बरु खप्रओ नै पंचेबाजा बजाएर मादल ठोक्दै मधेशतिर झर्नथाल्या छन् । संविधान ससोधन प्रस्तावको विरोध गर्ने, मधेशीका मागलाई ताइन तुईको भन्दै उडाइदिने गरेपछि राजिन्दर महतोले नांग्लो ठटाएर हात्ती तर्साउने गजबको आइडिया निकालेका थिए । तर त्यो सुत्रले झालेमालेलाई छेउटुप्पा नै नछोएपछि राजीन्दरको अपानवायु बन्द भएजस्तो छ ।
