निर्दाेष थापालाई फँसाउन खोजेको भन्दै दुहवीबासीद्वारा आन्दोलनको घोषणा

दुहवी÷नियतबस प्रहरीले समाजका सम्मानित र निर्दोष तथा दुहवी ४ स्थित माउन्ट मनास्लु बोर्डिङ्ग स्कुलका प्रिन्सिपल शंकर थापालाई फँसाउने षड्यन्त्र गरेको भन्दै स्थानीय नागरिक समाजले प्रहरीको ज्यादतिका विरुद्धमा आन्दोलन घोषणा गरेका छन् ।
समाजको सोमबार बसेको वृहत भेलाले आज बुधबारदेखि प्रहरीको ज्यादतिका विरुद्धमा बजार पसल, कलकारखाना, यातायात अनिश्चितकालीका लागि बन्द गर्ने घोषणा गरेको छ । भेलामा झण्डै पाँचसय स्थनीयको उपस्थिति रहेको थियो । भेलामा स्थानीय सबै राजनैतिक दल, उद्योगी, व्यवसायी, प्रवुद्ध व्यक्तिहरु, महिला सञ्जाल आमा समूह लगायतको उपस्थिति रहेको थियो ।
दुहवीको साह भवनमा आयोजित नागरिक समाजको भेला पश्चात थापाप्रति प्रहरीले गरेको ज्यादतिका विरुद्धमा एक विज्ञप्ती समेत प्रकाशित गरिएको छ । विज्ञप्तीमा भनिएको छ पौष १४ गते दुहवी ४ स्थित माउन्ट मनास्लु इङ्गलिस बोर्डिङ्ग स्कुलका संस्थापक शंकर थापाको घरमा भएको चोरी तथा हत्या प्रकरणप्रति आम दुहवीका नागरिक समाजको गम्भीर ध्यानाकर्षण भएको छ । दुहवी –भलुवा नगरपालिका वडा नं. ४ निवासी शंकर थापा सदैव करिब ५ बजे मर्निङवाकमा जाने गर्नुहुन्थ्यो । सदा झै त्यसदिन पनि त्यसैगरी मर्निङ्गवाकमा जानु भएको थियो । उहाँको घरमा काम गर्दै आउनु भएकी, कम श्रवण शक्ति भएकी, अपांग समेत
रहनु भएकी पवित्रा विष्टको फर्केर आउँदा हत्या भएको थियो ।
विज्ञप्तीमा भनिएको छ , मर्निङ्गवाकबाट करिब ६ बजे फर्कदा घरको पश्चिम उत्तरपट्टि जहाँ प्रायः दिउँसै
अध्यारो हुन्छ, सोही स्थानमा पवित्रालाई मृत अवस्थामा भटियो । थापाले बत्ती बालेर हेर्दा पवित्रा विष्ट लडिरहेको देखेपछि तत्काल छरछिमेक तथा इलाका प्रहरी कार्यालयलाई खबर गर्नुभयो । सो दिनभरि प्रहरीले घट्नास्थलमा आई अनुसन्धान गरेर प्रहरी फर्कने क्रममा केही बुझ्नु छ भन्दै परिवारको सहमतिमै शंकर थापालाई लगियो । अनुसन्धानको क्रममा प्रहरीले शंकर थापालाई त्यसरी लगेपछि उहाँलाई त्यही साँझदेखि कहिले धरान, कहिले
विराटनगर, कहिले दमक, कहिले इनरुवा पु¥याइयो । विज्ञप्तीमा भनिएको छ
परिवारले उहाँर्ला भेट्न खोज्द अनेक बहाना बनाएर भेट्न समेत दिइएन । घट्ना भएको दुई दिन वेपत्ता बनाइयो । परिवारजन अन्यौल र त्रासमा बस्नुको विकल्प
थिएन । पौष १५ गते विदा र १६ गते शनिवार भएकोले चारदिनपछि अर्थात १६ गते प्रहरी प्रतिवेदनको आधारमा शंकर थापालाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अहिले अत्यन्तै अमानवीय ढंगबाट प्रहरी हिरासतमा राखिएको जो केहीले भावुक हुँदै बताउँछन् ।
अदालतबाट म्याद थप पछि शंकर थापासँग प्रत्यक्ष भेटमा आफू निर्दोष भएको र आफूलाई हरेक डर त्रासमा अपराध
गरेको हो भन्न लगाइन्छ भनी बताउनुहुन्छ । उहाँलाई शुरुका दिनमा तेरा घरमा यहाँका जनतालाई डर धम्की दिएर उचालेर आगो लगाउन लगाए, घर तोडफोड भएको छ । तेरो विरुद्धमा दुहवीबासी आक्रोसित छन्, तसर्थ अपराध कबुल गर हामी समाधान गर्छौ जस्ता झुठा कुरा सुनाउदै डर र त्रासको बीचमा म बाँच्दै आएको छु भनी थापाले प्रत्यक्ष भेटमा सुनाउनु भएको छ । आखिरी किन यस्तो अमानवियता र
बर्बरताबाट अनुसन्धान हुँदैछ ? प्रहरीबाट दुहवीका आम जनता जवाफ चाहन्छन् । विज्ञप्तीमा भनिएको छ सत्यतथ्यको छानबिन भई दोषीमाथि सजाय हुनुपर्छ । अनुसन्धान भनेको विश्वासनीयताको आधारमा हुनुपर्छ । तर शंकर थापाको घरबाट त्यसदिन जुन बेला विष्टको हत्या भयो त्यसैदिन दुईलाखभन्दा बढी धनमाल
चोरी भएको र हामी आफै पीडित हौ भनी उहाँकी छोरी डा. सदिक्षा थापाले दिनुभएको जाहेरी प्रहरीले दर्ता नगरेपछि घट्नाको सूचना हुलाकबाट पठाउन बाध्य बनाइएको छ । यो घट्ना प्रहरीले मौकामै देखेपनि कानुनको अनुसन्धानले देख्न पाएको छैन । शंकर थापाको अनुपस्थितिमा उहाँको घरमा त्यो चोरी कसले ग¥यो ? यसको खोजी प्रहरीको विषय किन बन्न
सकिरहेको छैन ? सोझै डर, धाक, धम्की दिएर अपराध कवुल गर भन्ने आधारबाट बढेको अनुसन्धान आम दुहबीबासीका लागि रहस्यको विषय बनेको छ ।
आखिरी शंकर थापा को हुन त ? एलेमेन एरोज क्लब दुहवीका संस्थापक सदस्य हुँदै दुहवी जेसिजको अध्यक्ष, दुहवी रंगशालाको अध्यक्ष समेत हुनुभएका शंकर थापा हाल माउन्ट मनास्लु बोर्डिङ्ग स्कुलका बर्षाै अघि स्थापना भई शिक्षाको माध्यमबाट दुहवीमा सबैका लागि लोकप्रिय हुनुहुन्छ । समाजका कोही कसैलाई आपतविपत्त पर्दा, जुनसुकै अवस्थामा अग्रणी भूमिका निर्वाह गर्नु हुने शंकर थापा जसलाई तत्कालीन सुनसरी एसपी चुडाबहादुर श्रेष्ठले २०५४ सालमा स्थापना भएको सामुदायिक विकास सेवा, दुहवीको अध्यक्ष बनाई आजसम्म सो पदमा आसिन हुनुहुन्छ । प्याब्सनको पूर्व जिल्ला अध्यक्ष, हाल केन्द्रीय सदस्य समेत रहनु भएको
छ । खाँदबारी क्यामपसका पूर्व प्राध्यापक समेत रहनु भएका थापालाई प्रहरीले षड्यन्त्रपूर्ण ढंगबाट फँसाउन खाजेको हाम्रो् ठहर छ । सैयौ अपराधी छुटुन तर एउटा निर्दोषलाई अपराधी भन्नु गलत हो । प्रहरीले दुहवीबासीको विश्वासलाई तोड्ने काम जबरजस्ती गरेको छ, विज्ञप्तीमा भनिएको छ ।
यहाँ स्मरणीय कुरा के छ भने प्रहरीले थापाका परिवारलाई आज नभए भोलि भोलि नभए पर्सी अपराध कवुल गराएरै छाड्ने धम्की समेत दिएको छ । शंकर थापाका दाई कुमार थापा भन्नुहुन्छ घट्ना भएको दिन परिवारका सदस्य भेला हुनु भन्दा अगडि एसएसपी
पोषराज पोख्रेल, एपीएफसँगै पोष्टमार्टम गर्ने डाक्टर समेत आइपुगेका थिए । आजसम्म पोष्टमार्टम गर्ने डाक्टरलाई कुनै घट्ना स्थलमा ल्याइएको देखिदैन । बीपीका ती डाक्टरलाई तत्कालै कसले बोलायो ? अरुबेला घट्ना हुँदा प्रहरीलाई बोलाउँदा आघा घण्टापछि पुग्छन् तर त्यसदिन प्रहरी नै अगाडि देखिए । प्रहरीले मृतक विष्टका आफन्त कहाँ कहाँ छन् भनेर व्यापक खोजी समेत गरेको छ । मृतकका एकजना भाइ दमक र मामा विराटनगरमा भएको पत्ता लगाई उनीहरुलाई समेत धाकधम्की दिएर किटानी जाहेरी दिन भने । यतिमात्र हैन मृतककी दिदीलाई समेत किटानी जाहेरी दिन कोरामै पुगेर धम्क्याए । तर मृतकका सबै आफन्तले हामीलाई थापाप्रति शंकै छैन । छोरीको जस्तो व्यवहार गरेर राखिएको थियो भनेर पन्छिए । आज सम्म थापाका विरुद्ध कसैले किटानी जाहेरी दिएको छैन । तर प्रहरी एकोहोरो उनलाई फँसाउने एकसुत्रीय षड्यन्त्रमा विभिन्न तिकडम गरिरहेको छ । अदालतबाट समेत प्रहरीले आफ्नै जाहरीमा म्याद थप गर्नु र अदालतले हउदय रोगी थापालाई उपचारार्थ बीपी काइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाउँदा चिकित्सकलाई हप्काएर उपचारै गर्न नदिई आÏनो कष्टडमीमा राख्नुले प्रहरीको नियत उदांगो भएको छ ।

तपाईको प्रतिक्रिया