फुटपाथका पसलहरु उठाउन थाल्यो धरान उपमहानगरपालिकाले

धरान÷धरान उपहानगर पालिकामा फुटपाथ अतिक्रमण बढेसगै समस्या हुन थाले पछि उपमहानगर पालिकाले फुटपाथ हटाउन थालेको छ । फुटपाथ अतिक्रमणको कारण सडक दुर्घटनासगै सवारी जाम समेत हुन थालेपछि उपहानगर पालिकाले ट्राफिक प्रहरीको सहयोगमा नगर प्रहरी लगाएर फुटपाथ हटाएको हो ।
उपहानगर पालिकाले सोमबार धरानको भानुचौकदेखी छाता चौकसम्म तथा धरान ९ स्थित पुरानो शब्जि बजार क्षेत्रमा रहेको अतिक्रमण हटाएको हो । धरान ९ स्थित पुरानो शब्जी बजार क्षेत्रमा फुटपाथ मात्र नभई सडक नै अतिक्रमण गरी व्यापार व्यावसाय सञ्चालन भइरहेको थियो । धरान उपमहानगर पालिका कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालाको सहित पुगेको नगर प्रहरीको टोली देशीलाइन क्षेत्रमा समेत रहेका फुटपाथ हटाएको थियो । पहिलो चरणमा सबै व्यपारीहरुलाई सम्झाएर अतिक्रमीत क्षेत्र खाली गराएको र पुन अतिक्रमण गरे कारबाही गरिने धरान उपमहानगर पालिकाका कार्यकारी अधिकृत विष्णु कोइरालाले जानकारी दिनुभयो । अतिक्रमणका कारण नगर पैदल यात्रीसगै दुर्घटना बढ्नुका साथै नगरको सुन्दरतामा समेत आच पुगेकोले यो फुटपाथ खाली गर्न थालीको उहाँको भनाई छ ।
कार्यकारी कोइरालाले मुख्य वजार क्षेत्रमात्र नभइ अन्य क्षेत्रमा समेत रहेको फुटमाथ अतिक्रमणको अन्त्य गर्ने वताउनुभयो । धरानको मूख्य चौक भानुचौक देखि छाता चौकसम्मको
राजमार्ग आपसपासमा रहेका व्यापारीहरुले फुटपाथ पुरै अतिक्रमण गरेका कारण सर्वसाधरणलाई पैदल हिड्न समस्या भएको मात्र थिएन सवारी दुर्घटानमा समेत बढाएको थियो ।

तपाईको प्रतिक्रिया